मनकामना केवलकारले गोरखामा लक्जरी रिसोर्ट बनाउँदै, ४८ करोड लगानी

कम्पनीले देशमै पहिलो पटक केबलकार सेवा सञ्चालनमा ल्याएको २४ वर्ष पुरा भएको अवसर पारेर रिसोर्टको नयाँ प्रोजेक्ट निर्माण थालेको हो । 

367B408218B985F-icon.png
1542views
952B0656779D599-Manakamana--Cable-Car.jpg

काठमाडौं । मनकामना दर्शन प्रालिले लक्जरी रिसोर्ट सञ्‍चालनमा ल्याउने भएको छ । कम्पनीले मनकामना केवलकारको टप स्टेसनमा हाइ इन्ड रिसोर्ट सञ्‍चालनको तयारी थालेको हो ।

कम्पनीले देशमै पहिलो पटक केबलकार सेवा सञ्‍चालनमा ल्याएको २४ वर्ष पुरा भएको अवसर पारेर रिसोर्टको नयाँ प्रोजेक्ट निर्माण थालेको हो । 

नौ रोपनी क्षेत्रफलमा फैलिने ४० कोठाको रिसोर्ट निर्माण यसै बर्षदेखि सुरु हुने कम्पनीले जनाएको छ । रिसोर्ट निर्माणमा ४८ करोड रुपैयाँ लगानी हुने अनुमान छ । मनकामना मन्दिरमा दर्शन गर्न जाने पर्यटक तथा भक्तालुलाई सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

रिसोर्ट सञ्‍चालनमा आएपछि त्यस क्षेत्रम धार्मिक तथा पर्यटकीय गतिविधि अझै बढ्ने अनुमान गरिएको छ । साथै, स्थानीय स्तरमा रोजगारी सिर्जना हुने र स्थानीय उत्पादन पनि खपत हुने छ । देशका विभिन्‍न ठाउँबाट विदाको दिनमा स–परिवार घुम्‍न निस्कने र भारतीय तथा नेपाली धार्मिक पर्यटकलाई ध्यानमा राखेर लक्जरी रिसोर्ट सञ्‍चालन गर्न लागिएको हो ।

यो रिसोर्टको स्ट्रक्चर निर्माणको काम चाँडै थाल्ने कम्पनीको भनाई छ । रिसोर्ट निर्माण सुरु भएको साढे एक वर्षमा सञ्‍चालनमा ल्याइसक्ने लक्ष्य छ । 

रिसोर्टमा रेष्टुरेण्ट, सय जना क्षमताको कन्फ्रेन्स हललगायत सुविधा हुनेछन् । 
 

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

धुलिखेलमा आमासँगै जिपलाइन गर्न जाँदा ५० प्रतिशत छुट, अफर शुक्रबारसम्म

डिल्लीबजारबाट वर्षमा २३ सय घरजग्गा किनबेच, किन घट्यो कोर सिटीमा कारोबार ?

दक्षिणपूर्वी एशियाका देशले रियल इस्टेटमा फड्को मारिसके, हामीले कहिले ?

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल