अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

367B408218B985F-icon.png
2005views
B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

काठमाडौं । बुढानीलकण्ठमा निर्माणा भइरहेको पाँचतारे होटेल सञ्‍चालनको अन्तिम तयारीमा छ । करिव ८० प्रतिशत निर्माण कार्य सम्पन्‍न भइसकेको ‘होटेल फरेष्ट इन’ अशोजदेखि सञ्‍चालनमा आउने भएको हो ।

होटेलको व्यवस्थापन अमेरिकी होटेल चेन कम्पनी इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आइएचजी)को चर्चित ब्रान्ड ‘होलिडे इन’ले गर्नेछ । यो बुढानीलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे होटेल हुनेछ ।

‘होलिडे इन’ अमेरिकी होटल चेन आइएचजीको मिडस्केल ब्रान्ड हो । होलिडे इनले विश्वभरि ११ सय ९२ होटल सञ्‍चालन गर्दै आएको छ, जहाँ दुई लाख १४ हजार ५९७ कोठा छन् ।

एक लाख ४२ हजार ७ सय ८३ वर्गफिट क्षेत्रफलमा फैलिएको पाँचतारे होटेलमा १०२ कोठा रहनेछन् । होटेलमा करीव तीन अर्ब रुपैयाँ लगानी हुँदैछ, जसमध्ये दुई अर्ब १३ करोड (७२ प्रतिशत) बैंकको ऋण र ८४ करोड (२८ प्रतिशत) रुपैयाँ आफ्नै पुँजी लगानी रहेको छ ।

बुढानीलकण्ठमा पाँचतारे होटेल सञ्‍चालनमा ल्याउन लागेका व्यवसायी हुन्, कांग्रेस सांसद दीपक खड्का । उनले पूर्वको झापामा पनि पाँचतारे होटेल इस्टर्न निर्माण गरिरहेका छन् । 

उनी मन्छियाम हाइड्रोपावर कम्पनीका अध्यक्ष पनि हुन् । बुढानीलकण्ठ र झापाको होटेलमा कुल पाँच अर्ब लगानी हुने बताइएको छ ।

होटलमा फुड एन्ड बेभरेज, क्यासिनो, स्विमिङ पुल, ब्यांक्वेट हल, रेस्टुरेन्ट, कन्फेरेन्स हल, स्पालगायत सुविधा उपलब्ध हुनेछन् । होटेलमा पूर्ण क्षमताको ठूलो क्यासिनो सञ्‍चालनको तयारी भइरहेको छ ।

बुढानीलकण्ठमै थप दुईवटा पाँचतारे पाइपलाइनमा

बुढानिलकण्ठमै अर्को पाँचतारे होटेल बुढानीलकण्ठ हेरिटेज निर्माणको अन्तिम चरणमा छ ।  सिए दीपक पाण्डे, सेयर व्यवसायी अम्बिकाप्रसाद पाण्डे, सिए नवराज बुर्लाकोटीलगायतको संयुक्त लगानी एक अर्ब ६० करोड रुपैयाँमा होटेल सञ्‍चालनमा ल्याउन लागिएको हो ।

करिव १२ रोपनी क्षेत्रफलमा फैलिएको होटेलमा १०२ कोठा हुनेछन् । 

बुढानिलकण्ठमै सूर्य नेपालले ६ अर्ब रुपैयाँ लगानी गरेर पाँचतारे लक्जरी होटेल खोल्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल

BFD1856065AC322-Padhma-Colony.jpg

ठुलो भर्‍याङमा बन्दैछ ‘पद्म आइकोनिक टावर’, १० तले अपार्टमेन्टको प्रि–बुकिङ सुरु