लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

367B408218B985F-icon.png
6271views
CB025F79598F172-heritage hills.JPG

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–५ लेलेमा हेरिटेज ह्याभेन हिल्स कोलोनी बन्‍ने भएको छ ।

दी पिएम ग्रुप अफ कम्पनी प्रालि र युवा विकासको सहकार्यमा लेलेमा विशाल कोलोनी निर्माण हुन लागेको हो । 

५१ रोपनी क्षेत्रफलको परियोजनाभित्र १३० वटा घडेरी हुनेछन् । जसमा २८ वटा अढाई तलाको बंग्लो र १०२ घडेरी नै बिक्री गर्ने योजना छ । अहिले घर तथा घडेरीहरु धमाधम बुकिङ भइरहेको बताइएको छ ।

परियोजनामा सरकारको मापदण्ड बमोजिम न्यूनतम चार आना दुई दामदेखि माथिका घडेरीहरु हुनेछन् । 

चार आना दुई दाममा बन्‍ने २.५ तले बंग्लोको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकिएको छ । यस्तै, घडेरी खरिद गर्न चाहनेले प्रतिआना १४ लाख ७५ हजार रुपैयाँ मूल्य तिर्नुपर्ने हुन्छ । 

कोलोनी परियोजना सातदोबाटो रिङरोडबाट १३.४ किलोमिटर दुरीमा लेले बसपार्कबाट दुई सय मिटर भित्र पर्छ । जग्गामा २० फिट र १६ फिटको बाटो हुनेछ ।

जग्गामा पञ्‍चमुखे बाटो आर्थत पाँचतिरबाट पुग्‍न सकिन्छ । तत्कालै घर बनाएर बस्‍न सकिने हुँदा 

जग्गामा पिच रोड, पार्क, बिजुली र पानीको राम्रो सुविधा हुनेछ । चारैतिर हरियाली सुन्दर वातावरण र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मनोरम दृश्यको अवलोकन गर्न सकिनेछ ।

पाँच वर्षसम्मको ५५ प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध छ । यदि वैदेशिक रोजगारीमा भएकाहरुले जग्गा खरिद गर्न चाहेमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

जग्गा खरिद गर्नेलाई दुई वर्षभित्र डेढी मूल्यमा जग्गा रिटर्न ब्याक ग्यारेन्टी रहेको कमपनीको दाबी छ ।

साउन मसान्तभित्र बैना वा पास गर्नेहरुलाई विशेष छुट र लक्की ड्र मार्फत टाटा नेक्सन कार जित्‍न सक्नेछन् । हेकर जग्गा खरिदकर्तालाई जग्गाा बैना गरेकै समयमा एउटा आइफोन १४ प्रो म्याक्स उपहारमा दिने बताइएको छ ।

 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल

BFD1856065AC322-Padhma-Colony.jpg

ठुलो भर्‍याङमा बन्दैछ ‘पद्म आइकोनिक टावर’, १० तले अपार्टमेन्टको प्रि–बुकिङ सुरु