ठुलो भर्‍याङमा बन्दैछ ‘पद्म आइकोनिक टावर’, १० तले अपार्टमेन्टको प्रि–बुकिङ सुरु

स्वयम्भूबाट आठ सय मिटर दुरीमा रहने अपार्टमेन्ट पाँच रोपनी नौ आना क्षेत्रफलमा निर्माण हुनेछ, जसमा तीन प्रकारका १३४ युनिट फ्ल्याट रहने छन् । 

367B408218B985F-icon.png
6298views
BFD1856065AC322-Padhma-Colony.jpg

काठमाडौं । हाउजिङ परियोजनामा पायोनियर मानिएको पद्म कोलोनीले बहुतले अपार्टमेन्ट निर्माण गर्ने भएको छ । कम्पनीले ठूलो भर्याङमा १० तले अपार्टमेन्ट ‘पद्म आइकोनिक टावर’ निर्माण सुरु गर्न लागेको हो । 

पद्म कोलोनीले पहिलो पटक अपार्टमेन्टमा हात हालेको हो । रिङरोडसँगै जोडिने अपार्टमेन्ट परियोजना छिट्टै निर्माण सुरु गर्ने कम्पनीको सिनियर सेल्स एन्ड मार्केटिङ म्यानेजर सुशीला सुवेदीले बताइन् ।  

पद्मले हाउजिङको चौथो फेजसम्म निर्माण सम्पन्‍न गरिसकेको छ । पाँचौ फेज काठमाडौंकै डाँडापौवा र छैठौं फेज पूर्वी नेपालको ‘इमर्जिङ सिटी’ इटहरीमा निर्माण गर्ने कम्पनीको तयारी छ ।

स्वयम्भूबाट आठ सय मिटर दुरीमा रहने अपार्टमेन्ट पाँच रोपनी नौ आना क्षेत्रफलमा निर्माण हुनेछ । अपार्टमेन्टमा तीन प्रकारका कुल एक सय ३४ युनिट फ्ल्याट रहने सुवेदीले बताइन् । 

चाडै नै लञ्‍च गर्ने तयारी भइरहेको पद्म आइकोनिक टावरमा प्रि–बुकिङ सुरु भइसकेको छ । अहिलेसम्म ३५ प्रतिशत युनिट बुकिङ भइसकेको उनको भनाई छ । 

अपार्टमेन्टमा एक, दुई र तीन बीएचके युनिट रहनेछन् । सबैभन्दा सानो युनिट ६७६.६५ वर्गफिटको र सबैभन्दा ठूलो ११८०.६४ वर्गफिटको हुनेछ । 

वान बीचएके १८ युनिट, टु बीएचके ६८ युनिट र थ्रि बीएचके ४८ युनिट रहने सुवेदीले जानकारी दिइन । 

वान बिएचके अपार्टमेन्ट पनि दुई प्रकारका हुनेछन् । एउटामा एट्याच र कमन गरी दुई बाथरुम हुनेछन् भने अर्कोमा कमन बाथरुम मात्र हुनेछ । टु बीएचके ८२६.६७ वर्गफिटदेखि १११९.३७ वर्गफिटसम्म सात प्रकारका हुनेछन् । 

थ्री बीएचके युनिट १०९१.४४ वर्गफिटदेखि ११८०.६४ वर्गफिटसम्मका हुनेछन् । अपार्टमेन्टको मूल्य प्रतिबर्गफिट २१ हजार रुपैयाँबाट सुरु हुने सुवेदीले बताइन् । 

अपार्टमेन्टका विशेषताहरु

अपार्टमेन्टमा ड्राईङ एन्ड डाइनिङ रुम, बेडरुम, किचेन, बाल्कोनी, बाथरुम, लबी/करिडोर लगायत हुनेछन् । सबै फ्ल्याटहरुमा टिक काठको ढोका, प्रिमियम पोलिससहितका युपिभिसी झ्याल, भेन्सर र लाक्कर पोलिससहितको फ्लस डोर, पुटिङ लगाएर फिनिसिङ गरिएका चिल्ला वालहरु हुनेछन् । 

ड्राईङ एन्ड डाइनिङ रुममा इटालियन मार्बल प्रयोग गरिनेछ । बेड रुममा भिट्रिफाइड टायल फ्लोरिङ हुनेछ । किचनमा पनि भिट्रिफाइड टायल फ्लोरिङ, ग्रेनाइट लगाइएको मोडुलर किचन हुनेछ । बाथरुममा एन्टिस्किड सेरामिक टायल फ्लोरिङ राखिने बताइएको छ ।

आधुनिक डिजाइनमा बनाइने भूकम्प प्रतिरोधी अपार्टमेन्टमा चौबिसै घण्टा सेकुरिटीको सुविधा हुनेछ । यस्तै, ग्राहकले अपार्टमेन्टको फुल अनरसीप पाउनेछन् । अपार्टमेन्ट परिसरमै पार्टी हल, इन्डोर गेम, स्वीमिङ पुल, स्पा, योगा, जीम हल हुनेछन् ।

रिङरोडसँग जोडिने अपार्टमेन्ट शहरको सुविधायूक्त ठाउँमा रहेको छ । ग्राहकहरुले अफर्डेवल मूल्यमा विलासी सुविधायूक्त आवासमा बस्‍न पाउने कम्पनीको भनाई छ । वास्तुलाई विशेष ध्यान दिइएको अपार्टमेन्टमा प्रिमियम सामाग्रीहरु प्रयोग गरिने बताइएको छ । 

अपार्टमेन्टमा बस्दा शान्त र खुलापन महशुस हुनेछ ।

पद्मको चौथो फिज निर्माण सम्पन्‍न भएर पनि घरहरु बिक्री भईसकेका छन् । पाँचौं फेज डाँडापौवामा बनाउँदै छ । यस्तै, इटहरीमा छैठौं फेजको हाउजिङ प्रोजेक्ट निर्माणको तयारी भइरहेको छ । 

‘सातौं फेजको रुपमा अपार्टमेन्ट निर्माण गर्न लागेका छौं’ सुवेदीले भनिन्, ‘पाँचौं र सातौं फेजको निर्माण सँगसँगै अगाडि बढाउने योजना छ ।’

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल