काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल

दुसित थानी ‘अपर अपस्केल’ ब्रान्ड हो भने दुसित प्रिन्सेस ‘अपर मिडस्केल’ ब्रान्ड हो ।

367B408218B985F-icon.png
3866views
AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं । काठमाडौंको लाजिम्पाट र काभ्रेको धुलिखेलमा एकसाथ दुईवटा पाँचतारे होटेल सञ्‍चालनमा आएका छन् । लाजिम्पाटमा ‘दुसित प्रिन्सेस काठमाडौं’ र धुलिखेलमा ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्‍चालनमा आएका हुन् ।

एकसाथ सञ्‍चालनमा आएका दुईवटा होटेलमार्फत थाइल्यान्डको प्रख्यात हस्पिटालिटी कम्पनी ‘दुसित इन्टरनेशनल’ नेपाल भित्रिएको छ । ‘दुसित थानी’ र ‘दुसित प्रिन्सेस’ दुबै दुसित ग्रुपका चेन होटेल एन्ड रिसोर्ट ब्रान्ड हुन् । 

दुसित थानी ‘अपर अपस्केल’ ब्रान्ड हो भने दुसित प्रिन्सेस ‘अपर मिडस्केल’ ब्रान्ड हो ।

एकै पटक सञ्‍चालनमा आएका दुईवटै होटेल/रिसोर्टमा साढे दुई अर्ब रुपैयाँका दरले कुल पाँच अर्ब रुपैयाँ लगानी भएको छ ।

धुलिखेलको रिसोर्टमा दुसित थानी लगानीकर्ताकै रुपमा भित्रिएको हो भने काठमाडौंमा दुसित प्रिन्सेस होटेल व्यवस्थापकका रुपमा मात्र भित्रिएको हो ।

दुसित प्रिन्सेस काठमाडौं

होटल लासा इन्टरनेसनलको लाजिम्पाटमा सञ्‍चालनमा ल्याएको होटलमा थाइल्यान्डको चर्चित चेन ब्रान्ड दुसित प्रिन्सेस भित्रिएको हो । यो होटेल औपचारिक सञ्‍चालनमा आएको शनिबारदेखि हो । तर, सफ्ट ओपनिङ पहिल्यै भएको थियो ।

दसित प्रिन्सेसमा १०७ कोठा छन्, जसमा प्रेसिडेन्सियल स्वीट, सुपेरियर किङ, सुपेरियर ट्वीन, जुनियर स्वीट, एक्जुकेटिभ किङ, एक्जुकेटिभ ट्वीन, डिलक्स किङ र डिलक्स ट्वीन छन् ।

यस्तै दुईवटा विशाल सभाहल छन् । 

होटलमा करिव साढे दुई अर्ब रुपैयाँ लगानी भएको अध्यक्ष तेन्जिङ लामाले बताए । यो होटेल सन् २०१६ मै निर्माण सुरु गरिएको थियो । तर, कोभिड महामारी लगायत विविध कारणले होटल निर्माण सम्पन्‍न गर्न सात वर्ष लागेको उनको भनाई छ ।

१२ तले होटलमा स्पा, स्विमिङ पुल, ७० वटा कार पार्किङ सुविधा छ । निकट भविष्यमै क्यासिनो समेत ल्याउते तयारी भएको सञ्‍चालकले बताए ।

दुसित इन्टरनेशनलकी ग्रुप सीइओ सुफाजी सुथुमपुनले यो सहकार्यले नेपालमा पाहुनाले अपेक्षा गरेभन्दा भिन्‍न अनुभवन गर्न पाउने बताइन ।

अहिले होटल सञ्‍चालनको अवसर पारेर ‘इन्ट्रोडक्टरी प्राइस’ एक सय २५ डलर (करिव १६ हजार रुपैयाँ) रुपैयाँ तोकिएको छ ।

दुसित थानी हिमालयन रिसोर्ट

धुलिखेल रिसोर्टमा दुसित थानी समूहको ८५ प्रतिशत रहेको छ । स्थानीय साझेदार गैरआवासीय नेपाली संघ थाइल्यान्डका पूर्वअध्यक्ष एवं धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको १५ प्रतिशत लगानी छ । 

यो रिसोर्ट काभ्रेकै पहिलो पाँचतारे हुनेछ ।

धुलिखेल नमःबुद्धमा रहेको रिसोर्ट ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ, जसमा साढे दुई अर्ब लगानी भएको छ । रिसोर्टमा लक्जरी भिल्लासहितका ८५ कोठा छन् । 

एउटा कोठाको औषत लागत ३ करोड रुपैयाँ पुगेको नेपाली साझेदार हमालले बताए । उनैको पहलमा थाईल्यान्डको चर्चित ब्रान्ड दुसित थानी नेपाल आएको हो ।

पर्यटन विभागबाट पाँचतार डिलक्स स्तरको वर्गीकरण लिने तयारीमा रहेको यो रिसोर्ट देशकै पहिलो पाँचतारे वेलनेस लक्जरी रिसोर्ट हुने दाबी गरिएको छ ।

यस रिसोर्टमा बस्‍नका लागि न्यूनतम ३ सय अमेरिकी डलरदेखि अधिकतम १५ सय डलरसम्म प्रतिदिन खर्च गर्नुपर्ने हुन्छ । 

दुसित थानीले नेपालमा खर्चालु पर्यटकलाई लक्षित गरेर रिसोर्ट सञ्‍चालनमा ल्याएका हो ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

BFD1856065AC322-Padhma-Colony.jpg

ठुलो भर्‍याङमा बन्दैछ ‘पद्म आइकोनिक टावर’, १० तले अपार्टमेन्टको प्रि–बुकिङ सुरु