एनआईसी एशिया बैंकले ३६ ठाउँको घरजग्गा बिक्री गर्दै

बैंकको सूचनमा भनिएको छ, ‘गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिनेछ ।’

367B408218B985F-icon.png
17823views
32D9942A5D36581-nic-asia-bank-1.jpg

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको गैरबैंकिङ सम्पत्ति अर्थात घर-जग्गाहरु बिक्री गर्ने भएको छ । 

बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै विभिन्‍न ३६ ठाउँमा रहेको घरजग्गा बिक्री गर्न लागेको जनाएको हो । बैंकको सूचनमा भनिएको छ, ‘गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिनेछ ।’

बैंकले मालपोत कार्यालय धनकुटाको लगतमा दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय मुगु कार्यालयको लगतमा दर्ता कायम रहेको ४ ठाउँको, मालपोत कार्यालय कालिकोटको लगतमा दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय भरतपुरको लगतमा दर्ता कायम रहेको १ ठाउँको घरजग्गा बिक्री गर्न लागेको सार्वजनिक सूचनमा उल्लेख गरेको छ ।

यस्तै, मालपोत कार्यालय बाराको लगतमा दर्ता कायम रहेको २ ठाउँको र मालपोत कार्यालय विराटनगर मोरङको लगतमा दर्ता कायम रहेको १ ठाउँको घरजग्गा बेच्‍ने भएको छ ।

बैंकको मालपोत कार्यालय इनरुवाको लगतमा दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय रंगेली मोरङ कार्यालयको लगतमा दर्ता कायम रहेको ५ ठाउँको, मालपोत कार्यालय लगनखेल लगतमा दर्ता कायम रहेको १ ठाउँको, मालपोत कार्यालय परासी, नवलपरासी(वर्दघाट सुस्ता पश्चिम)को लगतमा दर्ता कायम रहेको १ ठाउँको घरजग्गा बिक्री गर्ने जनाएको छ ।

यस्तै, रौतहट जिल्लाको मालपोत कार्यालय गरुडामा लगत दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय चन्द्रनिगाहपुर लगतमा दर्ता कायम रहेको १ ठाउँको, मालपोत कार्यालय घोराहीको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय जुम्लाको लगतमा दर्ता कायम रहेको र मालपोत कार्यालय सुर्खेत कार्यालयको लगतमा दर्ता कायम भएको ६ ठाउँको जग्गा बिक्री गर्नेछ ।

बैंकको सम्पत्ती खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघसंस्थाहरुले सात दिनभित्र बोलपत्र पेस गर्न सक्ने बैंकले जनाएको छ ।

बोलपत्र फाराम त्रिपुरेश्‍वरस्थित राधावनमा रहेको बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभागमा बुझाउनुपर्ने छ । उक्त फाराम एक हजार रुपैयाँ तिरेर कर्जा असुली विभाग, त्रिपुरेश्‍वरबाटै प्राप्त गर्न सकिने छ ।
 

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?