काठमाडौं उपत्यकाका २१ वटै पालिकामा कित्ताकाट खुल्यो, अब बढ्ला त कारोबार ?

भूमि मन्त्रालयले भूउपयोग नियमावली २०७९ जारी गर्दै स्थानीय तहले कृषि र गैरकृषि भनेर वर्गीकरण गरी सिफारिस गरेको जग्गामात्र कित्ताकाट गर्न मालपोत र नापी कार्यालयलाई परिपत्र गरेको थियो ।

367B408218B985F-icon.png
11991views
2C1EB03EAD3688A-Bhaktapur-Saga.jpg

काठमाडौं । काठमाडौं उपत्यकाका  २१ वटै स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि सबैतिर कित्ताकाट खुलेको छ । 

उपत्यकाका कतिपय महानगर तथा नगरपालिकाले पहिल्यै जग्गाको वर्गीकरण गरिसकेको हुँदा कित्ताकाट सुरु भइसकेको थियो । बाँकी नगरपालिकाले पनि जग्गालाई कृषि र गैरकृषि भूमिमा वर्गीकरण गर्ने काम सम्पन्‍न गरेका हुन् । 

काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्‍वर, चन्द्रागिरी, टोखा, तारकेश्‍वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटा पालिका रहेका छन् ।

यस्तै, ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् भने भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन् ।  

भूमि मन्त्रालयले भूउपयोग नियमावली २०७९ जारी गर्दै स्थानीय तहले कृषि र गैरकृषि भनेर वर्गीकरण गरी सिफारिस गरेको जग्गामात्र कित्ताकाट गर्न मालपोत र नापी कार्यालयलाई परिपत्र गरेको थियो ।

२३ मंसिरसम्म सबै स्थानीय तहलाई कम्तिमा कृषि र गैरकृषि भनेर जग्गा वर्गीकरण सम्पन्न गर्न समयसीमा दिएको भए पनि काठमाडौं उपत्यकाकै मालपोले बल्ल आएर जग्गा वर्गीकरण गर्न सकेका छन् । 

अझै पनि धेरै स्थानीय तहले जग्गाको वर्गीकरण गर्न सकेका छैनन् । जग्गाको वर्गीकरण हुन नसक्दा कित्ताकाट समेत घटेको छ, जसले समग्र घरजग्गा कारोबारमै सिथिलता ल्याएको छ ।

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?