जग्गाको खरिद बिक्रीमा हुने मूल्यलाई पारदर्शी र यथार्थपरक बनाउने नीति तथा कार्यक्रममा घोषणा

मध्यपहाडी लोकमार्ग आसपासका दशवटा नयाँ शहरलाई पहिचानयुक्त शहरको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ

367B408218B985F-icon.png
765views
65A8E168A717B4B-Rastrapati-samsad-bhawan--1024x683.jpg

काठमाडौं । सरकारले भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक जग्गा मूल्यांकन पद्धतिको विकास गरी जग्गाको खरिद बिक्रीमा हुने मूल्यलाई पारदर्शी र यथार्थपरक बनाउने भएको छ । 

शुक्रबार राष्‍ट्रपती रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । सरकारले वैज्ञानिक जग्गा मुल्यांकन पद्धतीमार्फत जग्गाको मूल्य नियन्त्रणको नीति लिने शंकेत गरेको छ ।

भूमि प्रशासनसम्बद्ध प्रविधि र प्रणालीलाई स्तरोन्‍नति गर्ने पनि नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । यस्तै, मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा प्रदान गरिने भएको छ। 

सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको स्रेस्ताबमोजिम विद्युतीय लगत तयार गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।  

नाप–नक्सासम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रविधियुक्त बनाइने भएको छ । यस्तै, लिजमा उपलब्ध गराइएका जग्गा उद्देश्य अनुरूप प्रयोग भए नभएको कडाइका साथ अनुगमन गरिने बताइएको छ । 

संघ, प्रदेश र स्थानीय तहको समन्वयमा भूउपयोग योजना तयार गरिने घोषणा गरिएको छ ।

व्यवसायिक कृषि, पशुपालन र स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई आवश्यक पर्ने जग्गाको उपलब्धतालाई सरलीकृत गरिने भएको छ । 

उद्योगलाई उपलब्ध गराइने जग्गाको हदबन्दी सीमा पुनरावलोकन गर्ने घोषण गरिएको छ । यस्तै, बाँझो जग्गा उपयोगका लागि नीतिगत व्यवस्था गरिनेछ ।

दुई वर्षमा सबै घरमा बिजुली, ५० युनिटसम्म निःशुल्क

दुई वर्षभित्र देशभरका सबै घरधुरीमा बिजुली पुर्याउने घोषणा गरिएको छ । यस्तै, हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्म बिजुली खपत गर्नेललाई निःशुल्क बिजुली उपलब्ध गराउने पनि घोषणा गरिएको छ ।

सरकारले आवास तथा बस्ती विकासमा तीन तहका सरकारको भूमिका स्पष्‍ट हुनेगरी मौजुदा नीति तथा कानूनमा परिमार्जन गर्ने भएको छ ।

यस्तै, मध्यपहाडी लोकमार्ग आसपासका दशवटा नयाँ शहरलाई पहिचानयुक्त शहरको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

काठमाडौँ उपत्यकालगायत देशका विभिन्‍न भू–भागका ठुला शहरको फोहरमैलाको दिगो र निर्बाध व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिने उल्लेख छ ।

Photo: Onlinekhabar.com

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

3DF22108BC87EE6-111.jpg

नापजाँच भएर पनि छुटपुट भएकाे जग्गा दर्ता गर्न खुला