धेरै घरजग्गा किनबेच हुने जिल्लामा ‘मोरङ’ पहिलो, काठमाडौं, सुनसरी र झापाले पच्छ्याउँदै

एक वर्षमा मोरङ जिल्लामा करिव ३१ हजार घरजग्गा किनबेच भएका छन् । मोरङमा रहेका तीनवटा मालपोत कार्यालयमध्ये बेलवारी मालपोतबाट सबैभन्दा धेरै घरजग्गा किनबेच हुने गरेका छन् ।

367B408218B985F-icon.png
649views
93EBD0957D85626-Morang-Belbari-final.jpg

काठमाडौं । घरजग्गा कारोबारका लागि पूर्वी नेपालको तराई ‘हटस्पट’ बन्दै आएको छ । झापा, मोरङ र सुनसरी रियलका इस्टेट हब नै बनेका छन् ।  

गत आर्थिक वर्ष ०७९/८० मा देशकै संघीय राजधानी काठमाडौंलाई उछिन्दै मोरङ जिल्ला सबैभन्दा धेरै घरजग्गा किनबेच हुने पहिलो बनेको छ ।

कोशी प्रदेशको राजधानी रहेको मोरङलाई काठमाडौं, सुनसरी र झापा जिल्लाले पछ्याइरहेको देखिन्छ ।

एक वर्षमा मोरङ जिल्लामा करिव ३१ हजार घरजग्गा किनबेच भएका छन् । मोरङमा रहेका तीनवटा मालपोत कार्यालयमध्ये बेलवारी मालपोतबाट सबैभन्दा धेरै घरजग्गा किनबेच हुने गरेका छन् ।

दोस्रो नम्बरमा रहेको काठमाडौंमा एक वर्षमा २४ हजार ८३७ घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन विभागले जनाएको छ । काठमाडौंमा रहेका ६ वटा मालपोत कार्यालयमध्ये कलंकी, साँखु र चावाहिल मालपोतबाट धेरै घरजग्गा किनबेच हुने गर्छन् ।

भित्री शहरका घरजग्गाको लिखत पारित गर्दै आइरहेको डिल्ली बजार मालपोतबाट सबैभन्दा कम घरजग्गा किनबेच हुन्छन् ।

उपत्यकाभित्रकै ललितपुर र भक्तपुर जिल्ला क्रमशः १९ र २० औं स्थानमा रहेका छन् । तिब्र शहरीकरण भइरेका तराईका जिल्लाहरुले घरजग्गा कारोबारमा काठमाडौंलाई उछिन्‍न थालेको धेरै भइसक्यो । तर, मालपोत राजश्‍व उठ्तीका हिसावले भने काठमाडौं, ललितपुर र भक्तपुर अग्रणी रहेका छन् । 

वर्षमा १०  हजारभन्दा बढी घरजग्गा किनबेच भएका जिल्लाहरू

 

मोरङ, सुनसरी र झापा पहिलो पाँचभित्र

एक वर्षमा २३ हजार ५४५ घरजग्गाको लिखत पारित गरी सुनसरी जिल्ला तेस्रो बनेको छ । मासिक घरजग्गा कारोबारका हिसावले सुनसरीको इनरुवा (इटहरी) मालपोत देशकै पहिलो नम्बरमा पर्दै आइरहेको देखिन्छ । 

झापामा २३ हजार ५४५ घरजग्गा किनबेच भएर चौथो नम्बरमा छ भने पाँचौं नम्बरमा दाङ परेको छ, जहाँ वर्षमा २१ हजार ९२५ घरजग्गा किनबेच भएका छन् ।

पश्‍चिम नेपालको बाँकेमा १७ हजार ५६४ घरजग्गा किनबेच भई छैठौं नम्बरमा परेको छ । वर्षमा १४ हजार ६५० घरजग्गा किनबेच गराई कैलाली जिल्ला तेह्रौं नम्बरमा छ ।

एक वर्षमा १० हजारभन्दा बढी घरजग्गा किनबेच हुने जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र कास्कीबाहेक अरु सबै तराईका जिल्ला हुन् । तराईमा पनि अधिकांश मधेश र कोशी प्रदेशका जिल्ला रहेको भूमि विभागको तथ्यांकले देखाउँछ ।

पश्‍चिम तराईका केही जिल्ला बाहेक अधिकांश जिल्लाको कारोबार वार्षिक पाँच हजारदेखि १० हजारसम्म रहेको देखिन्छ ।  अधिकांश मध्य पहाडी जिल्लाहरुमा औषत घरजग्गा कारोबार पाँच हजारभन्दा तल रहेको छ । 

वर्षमा एक हजारभन्दा कम कारोबार हुने जिल्लाहरू

पश्‍चिम नेपालका कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भेगमा सबैभन्दा कम घरजग्गा किनबेच हुने गरेको छ । वर्षमा एक हजारभन्दा पनि कम घरजग्गा कारोबार हुनेमा अधिकांश कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्ला रहेका छन् । 

सबैभन्दा कम मनाङ जिल्लामा वर्षमा २१ घरजग्गा किनबेच भएका छन् । हुम्लामा ११६, डोल्पामा १३९, मुगुमा २२३, मुस्ताङमा २२३, रसुवामा २५४, डोटीमा २५७, दार्चुलामा २७१, डढेल्धुरामा २७८ घरजग्गा किनबेच भएको तथ्यांक छ ।

यस्तै, बाजुरामा २८९, अछाममा २९४, बैतडीमा ३१६, बझाङमा ३५८, कालिकोटमा ४२८, तेह्रथुममा ६०४, जुम्लामा ६४८, म्याग्दीमा ७३१, दैलेखमा ७९१, सोलुखुम्बुमा ९०६ घरजग्गा किनबेच भएको भूमि विभागले जनाएको छ ।

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?