साढे ९ प्रतिशतले घट्यो काठमाडौं महानगरको आन्तरिक राजश्‍व

यो अवधिमा कुल राजश्व भने ६१ करोड ३५ लाख रुपैयाँ उठेको छ । गत वर्षको यसै अवधिमा ५४ करोड २४ लाख रुपैयाँ राजश्व उठेको थियो ।

367B408218B985F-icon.png
503views
6723B3EF0FC21B7-EACAA4C5D5B8FBB-1B0734DB214655E-D8CAB548150DB82-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

काठमाडौं । मन्दीको असर काठमाडौं महानगरपालिकाको आन्तरिक राजश्‍व संकलनमा पनि देखिएको छ । चालू आवको पहिलो साउनदेखि माघसम्म १० महिनामा गत आवको यसै अवधिको तुलनामा आन्तरिक राजश्‍व संकलन ९.४७ प्रतिशतले घटेको छ । 

चालू आवको १० महिनामा विभिन्न शिर्षकमा ४० करोड २२ लाख रुपैयाँ आन्तरिक राजश्‍व संकलन भएको छ । जबकी, गत वर्षको सोही अवधिमा ४४ करोड ४२ लाख रुपैयाँ आन्तरिक राजश्‍व संकलन भएको थियो ।

तर, घरजग्गा रजिष्ट्रेसन दस्तुर बाँडफाँडबाट प्राप्त हुने राजश्‍व र बाँडफाँटबाटै प्राप्त हुने सवारीसाधन कर बढेपछि महानगरको कुल राजश्‍व संकलन भने १३.१३ प्रतिशतले बढेको देखिन्छ ।

यो अवधिमा कुल राजश्‍व ६१ करोड ३५ लाख रुपैयाँ उठेको छ । गत वर्षको यसै अवधिमा ५४ करोड २४ लाख रुपैयाँ राजश्‍व उठेको थियो ।

कुन शिर्षकमा कति कर ?

यस वर्ष सम्पत्ती, बहाल तथा पट्टावापतको आयमा लाग्‍ने कर एक रुपैयाँमा पनि उठेको छैन । सम्त्ती कर २३ प्रतिशतले घटेर चार करोड ३३ लाखमा खुम्चिएको छ । भूमि तथा मालपोत कर पाँच लाख ४५ हजार, घरबहाल कर १८ करोड पाँच लाख रुपैयाँ उठेको छ । 

सवारी साधन कर ८ हजार, अन्य व्यक्तिगत आन्तरिक अनुदान २२ लाख ६५ हजार, पर्यटन शुल्क ९८ लाख, अन्य सेवा शुल्क दुई करोड ४५ लाख, शिक्षा क्षेत्रको आम्दानी ३७ लाख, अन्य प्रशासनिक शुल्क दुई करोड ४३ लाख, नक्सापास दस्तुर पाँच करोड ५५ लाख, सिफारिस दस्तुर ८१ लाख, व्यवसाय रजिष्ट्रेसन दस्तुर चार करोड ३८ लाख रुपैयाँ उठेको छ ।

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि

चैतमा घरजग्गासँगै कित्ताकाट पनि बढ्यो, के अब नयाँ वर्षदेखि लय समाउला ?

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत

भक्तपुरमा खुल्ने भयो हाइ एन्ड रिसोर्ट 'स्वनिगः', पौने पाँच अर्बमा लक्जरी प्रोपर्टी निर्माण सुरु

नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्‍यो 'सिद्धार्थ होटेल चितवन'

खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं

पहिलो घरकर्जा लिनेलाई निश्चित अवधिसम्म स्थिर ब्याजदर दिन खनाल आयोगको सुझाव

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

0FA69C57371CD41-C0C6928AEEF8BA7-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

फागुनमा घरजग्गा कारोबारबाट चार अर्ब राजश्‍व संकलन

E637815ACAC79D5-263A0F732896932-orientalcolonykulehwor-750.jpg

माघमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री