घरजग्गा किनबेच घट्दा पनि बढ्यो मालपोत राजश्व

चैत महिनामै देशभरका मालपोत कार्यालयबाट तीन अर्ब ९४ करोड ८१ लाख रुपैयाँ मालपोत राजश्व उठेको छ । यो रकम अघिल्लो महिना फागुनको तुलनामा करिव ३५ करोड रुपैयाँले बढी हो ।

367B408218B985F-icon.png
486views
C0C6928AEEF8BA7-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

काठमाडौं । मालपोत कार्यालयहरुले उठाउने राजश्वमा रजिष्ट्रेसन दस्तुर र पुँजीगत लाभकरको हिस्सा सबैभन्दा धेरै हुने गर्छ । यसैले घरजग्गा कारोबार बढ्दा मालपोत राजश्व पनि बढ्ने र घट्दा राजश्व पनि घट्ने सोझो ट्रेन्ड हुन्छ ।

तर, २०८० चैत महिनामा घरजग्गा किनबेच घट्दा पनि मालपोत राजश्व संकलन बढेको छ । चैतमा देशभर ५० हजार २५२ घरजग्गाको लिखत पारित भएका थिए, जुन संख्या अघिल्लो महिना फागुन (५० हजार ९९८) को तुलनामा कम हो । 

चैत महिनामै देशभरका मालपोत कार्यालयबाट तीन अर्ब ९४ करोड ८१ लाख रुपैयाँ मालपोत राजश्व उठेको छ । यो रकम अघिल्लो महिना फागुनको तुलनामा करिव ३५ करोड रुपैयाँले बढी हो । फागुनमा तीन अर्ब ५९ करोड २६ लाख राजश्व उठेको थियो ।  

चैत महिनामा उठेको मालपोत राजश्व पछिल्लो पाँच महिनायताकै सबैभन्दा धेरै हो । भूमि व्यवस्थापन विभागका अनुसार चैतमा रजिष्ट्रेसन दस्तुरवापत दुई अर्ब ४९ करोड १८ लाख, पुँजीगत लाभकरवापत एक अर्ब ४६ करोड ९१ लाख रुपैयाँ र सेवा शुल्कबाट ३१ करोड ५२ लाख रुपैयाँ उठेको छ ।देशभर घरजग्गा कारोबार संख्या घटेपनि शहरी क्षेत्रका ठूला (महंगा) प्रोपर्टी किनबेच बढ्यो भने समग्र राजश्व संकलन बढ्ने हुन्छ । ठूला प्रोपर्टी किनबेच हुँदा रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकरदेखि सेवा शुल्कसम्म धेरै उठ्ने गर्छ । 

मालपोत कार्यालयहरुले रजिष्ट्रेसन दस्तुर, पूँजीगत लाभकर, सेवा करका अलवा, बागमती सभ्यता शुल्क, अतिरिक्त शुल्क, डोर सुविधा शुल्क, जग्गाधनी प्रमाण पूर्जा प्रिन्ट शुल्क, अनलाइन प्रिन्ट शुल्क, रिकभर शुल्क, विलक्ब शुल्क, नगर पूर्वाधार विकास कोष शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यता शुल्क, रोक्का दस्तुर लगायत शिर्षकमा सेवाग्राहीहरुबाट राजश्व उठाउने गरेका छन् ।

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

B8CC07504501B76-apartment1614176585.jpg

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

9CDC501EF38B465-IMG_2183.jpeg

देशैभर पक्की घर बढ्दै, कच्ची घट्दै, ७६% परिवारको बसोबास पक्की घरमा

BB69A1E8A647A76-9E4A1806867E085-298F47417DC8F35-Kitta-kaat.jpg

बढ्दै गइरहेको कित्ताकाटमा लाग्यो झ्याप्प ब्रेक