बढ्दै गइरहेको कित्ताकाटमा लाग्यो झ्याप्प ब्रेक

०८० को वैशाखदेखि फागुनसम्म ११ महिनामा देशभरी ११ लाखभन्दा बढी कित्ताकाट भएका छन्

367B408218B985F-icon.png
2764views
BB69A1E8A647A76-9E4A1806867E085-298F47417DC8F35-Kitta-kaat.jpg

काठमाडौं । मंसियरयता निरन्तर बढिरहेको जग्गाको कित्ताकाट फागुन महिनामा घटेको छ । फागुनमा घरजग्गा कारोबार बढ्न नसकेपछि कित्ताकाटमा पनि ब्रेक लागेको हो ।

फागुनमा देशभर ५६ हजार ७१५ जग्गा कित्ताकाट भई एक लाख २९ हजार कित्ता पुगेका छन् । अघिल्लो महिना माघमा ५७ हजार ६२४ जग्गा कित्ताकाट भई एक लाख ३१ ह्जार २८४ कित्ता पुगेका थिए ।

कात्तिकमा देशभरी ७० हजार मात्रै कित्ताकाट भएको भूमि विभागको तथ्यांक छ । मंसिरमा एक लाख १० हजार, पुसमा एक लाख १ लाख १९ हजार, माघमा एक लाख ३१ हजार कित्ताकाट भएको तथ्यांक छ ।   

निरन्तर घरजग्गा कारोबारसँगै कित्ताकाट पनि बढ्न थालेपछि मन्दीमा फसेको घरजग्गा कारोबार लयमा फर्किन थालेको अनुमान गरिएको थियो । तर, फागुन महिनामा घरजग्गा कारोबार स्थिर रहनु, राजश्व उठ्ती र कित्ताकाट घट्नुले बजार मन्दीकै दबावमा रहेको संकेत दिएको छ ।

११ महिनामा ११ लाख कित्ताकाट

चालू वर्षको ११ महिनामा  ११ लाख दुई हजार ५०१ कित्ताकाट भएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ५ लाख ५९ हजारले बढी हो । गत वर्षको ११ महिनामा देशभरी पाँच लाख ४३ हजार ५८० कित्ताकाट भएको देखिन्छ ।

तथ्यांकले यस वर्ष औषतमा प्रतिमहिना एक लाखका दरले कित्ताकाट भएको देखाउँछ ।

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

मालपोत ऐन यथाशीघ्र संशोधन गर्नुपर्ने भन्दै घरजग्गा व्यवसायी महासंघको ९ बुँदे सुझाव

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

208BB200B496595-village_prakriti_tori_hariyali_plot-3.jpg

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

CBFB83388649FF5-download.jpeg

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

80861E67EF7BAD6-1709616394-YJWs4.jpg

ब्याज घट्दा पनि किन बढ्न सकेन घरजग्गा कारोबार ?