फागुनमा बढ्न सकेन घरजग्गा कारोबार, महिनामा ५१ हजार मात्रै

गत वर्षको फागुनको तुलनामा भने यो फागुनमा कारोबार १० हजारले बढेको छ । गत फागुनामा ४० हजार ७३७ घरजग्गा किनबेच भएका थिए ।

367B408218B985F-icon.png
365views
9B6C1881F00E0F7-5E2B73ADECC216C-11B92D0F9EB41A6-5821A6A17DB5DAB-888-final.jpg

काठमाडौं । चालू वर्षकै अघिल्लो महिना माघको तुलनामा फागुनमा घरजग्गा कारोबार त्यति बढ्न सकेन । 

फागुनमा देशैभर ५० हजार ९९८ घरजग्गाको लिखत पारित भएको छ । यो संख्या माघको भन्दा ७७ युनिट बढी हो । माघमा ५० हजार ७३४ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

गत वर्षको फागुन महिनाको तुलनामा भने यो फागुनमा घरजग्गा कारोबार १० हजारले बढेको छ । गत फागुनामा देशैभर ४० हजार ७३७ घरजग्गा किनबेच भएका थिए ।

घरजग्गा कारोबार खासै नबढे पनि राजश्‍व भने सामान्य बढेको छ । फागुनमा तीन अर्ब ५९ करोड रुपैयाँ राजश्‍व संकलन भएको छ । माघमा तीन अर्ब ३७ करोड रुपैयाँ मात्र राजश्‍व संकलन भएको तथ्यांक छ । गत फागुनमा तीन अर्ब ५७ करोड राजश्‍व संकलन भएको थियो ।

इनरुवामा सबैभन्दा धेरै कारोबार

फागुन महिनामा सबैभन्दा धेरै घरजग्गा कारोबार सुनसरीको इनरुवा मालपोत कार्यालयबाट भएको देखिन्छ । एक महिनामा इनरुवाबाट दुई हजार ६ घरजग्गाको लिखत पारित भएको छ । 

धनुषाको जनकपुर मालपोतबाट १९ सय ९७, झापाको भद्रपुर मालपोतबाट १८ सय ५०, मोरङको बेलवारी मालपोतबाट १६ सय ४३, सप्तरीको राजविराजबाट १३ सय ६५, महोत्तरीको जलेश्वरबाट १२ सय ८४, सर्लाहीको मलंगवाबाट ११ सय १४ घरजग्गाको लिखत पारित भएको छ ।

यस्तै, सिराहाबाट एक हजार ८६, कपिलवस्तुको तौलिहवाबाट एक हजार ३५, मोरङकै विराटनगर मालपोतबाट एक हजार ७ घरजग्गाको लिखत पारित भएका छन् ।

सबैभन्दा धेरै घरजग्गा किनबेच हुने प्रमुख १० मालपोत कार्यालयभित्र काठमाडौंका उपत्यकाका मालपोत कार्यालय पर्न छाडेका छन् । पछिल्लो समय पूर्वी तराईका मालपोत कार्यालयले अरु मालपोतलाई पछाडि पार्न थालेको देखिन्छ ।

मुस्ताङमा ६ वटा किनबेच

हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्ला भरिमै फागुनमा ६ वटा घरजग्गाको लिखत पारित भएको छ । डोल्पा जिल्लामा ११, मनाङ जिल्लामा १३, हुम्ला जिल्लामा १४, बझाङमा ३७, मुगुमा २० घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।

उपत्यकामा ४२ सय कारोबार

काठमाडौं उपत्यकाका नौवटा मालपोत कार्यालयबाट एक महिनामा चार हजार २०३ घरजग्गाको लिखत पारित भएका छन् । लगनखेलबाट ९३१, गोटीखेलबाट २४, भक्तपुरबाट ९७१, डिल्ली बजारबाट २११, चावहिलबाट ४५१, कलंकीबाट ७०७, साँखुबाट ४०२, टोखाबाट ३१५, नुवाकोटबाट १९१ घरजग्गाको लिखत पारित भएको देखिन्छ । 

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

मालपोत ऐन यथाशीघ्र संशोधन गर्नुपर्ने भन्दै घरजग्गा व्यवसायी महासंघको ९ बुँदे सुझाव

208BB200B496595-village_prakriti_tori_hariyali_plot-3.jpg

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

C2F1A3E33FA90FF-nirman-samangri_large.jpg

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?