माघ र फागुनमा घरजग्गा कारोबार उस्तै, राजश्‍व संकलनमा भने बढोत्तरी

फागुन महिनामा ४६ हजार घरजग्गाको कारोबार हुँदा चार अर्ब १२ करोड राजश्व उठ्यो

367B408218B985F-icon.png
473views
605E5DEFD398608-_123891123_land.jpg

काठमाडौं । कर्जाको ब्याजदर घट्दै गइरहेका बेला घरजग्गा कारोबार भने झन सुस्ताउँदै गइरहेको छ । 

फागुन महिनामा देशभर ४६ हजार ६१ घरजग्गाको लिखत पारित भएका छन् । यो कारोबार अघिल्लो महिना माघको तुलनामा सामान्य गिरावट हो । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघमा ४६ हजार ६९ लिखत पारित भएका थिए । गत वर्ष ०८० फागुनमा ५० हजार २५२ घरजग्गाको लिखत पारित भएका थिए ।

सरकारले अर्थतन्त्र तंग्रिदै गइरहेको दाबी गरिरहँदा घरजग्गा कारोबार सुस्ताउँदै गएको देखिन्छ । 

फागुनमा घरजग्गा कारोबार घटेपनि राजश्‍व संकलन भने बढेको छ । फागुनमा देशभरका मालपोत कार्यालयबाट चार अर्ब १२ करोड रुपैयाँ राजश्‍व संकलन भएको छ । 
अघिल्लो महिना माघमा तीन अर्ब ८७ करोड रुपैयाँ राजश्‍व संकलन भएको थियो । गत वर्षको फागुन महिनामा पनि तीन अर्ब ५९ करोड राजश्‍व संकलन भएको देखिन्छ ।

पुस महिनामा चालु आर्थिक वर्षकै उच्च ४८ हजार १५६ घरजग्गा कारोबार (लिखत पारित) हुँदा चार अर्ब २५ करोड रुपैयाँ राजश्‍व संकलन भएको थियो ।

इनरुवामा उच्च किनबेच

फागुन महिनामा पनि सुनसरीको इनरुवा मालपोतबाट सबैभन्दा धेरै घरजग्गा किनबेच भएका छन् । एक महिनामा इनरुवा मालपोतबाट १८ सय ४७ लिखत पारित भएका छन् । 

यस्तै, झापाको भद्रपुर मालपोतबाट १७ सय १२, मोरङको बेलवारीमा १५ सय ७५, धनुषामा १५ सय ४९, सप्तरीको राजविराजमा ११ सय ८७ घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ ।

दाङको तुलसीपुरमा ९८५, सर्लाहीको मलंगवामा ९८०, सिराहामा ९७४, मोरङकै विराटनगरमा ९४५, बाराको कलैयामा ९२४, भक्तपुरमा ९०८ घरजग्गाको लिखत पारित भएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका नौ मालपोत कार्यालयबाट ३८ सय ९० घरजग्गाको लिखत पारित भएको विभागको तथ्यांक छ । अघिल्लो महिनामा माघमा पनि उपत्यकामा ३८ सय ९० नै लिखत पारित भएका थिए ।

फागुनमा देशभरका मालपोतबाट रजिष्ट्रेसन दस्तुरवापत दुई अर्ब २० करोड ३८ लाख रुपैयाँ उठेको छ । यस्तै, पुँजीगत राजश्‍व एक अर्ब ५७ करोड ७२ लाख, सेवा शुल्क २८ करोड ८५ लाख रुपैयाँ उठेको देखिन्छ ।

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान