सिमेन्ट र डन्डीको मूल्य कति पुग्यो ?

भ्याट र ढुवानी खर्चबाहेक डन्डीको फ्याक्ट्री मूल्य नै ९० पुगिसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाई छ

367B408218B985F-icon.png
1225views
299D602B56A1E77-Cement-Dandi.jpg

काठमाडौं । निर्माणको सिजनमा सिमेन्ट र डन्डीको भाउ निरन्तर उकालो लागिरहेको छ । उद्योगीहरुले मिलेमतो गरेर सिमेन्ट र डन्डीको भाउ बढाइरहेको आरोप छ ।

बजारमा तीन साताअघि प्रतिकिलो ८६/८७ रुपैयाँ रहेको डन्डीको मूल्य सय कटिसकेको छ । भ्याट र ढुवानी खर्चबाहेक डन्डीको फ्याक्ट्री मूल्य नै ९० पुगिसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाई छ ।

मिलेमतोमा डन्डीको मूल्य प्रतिकेज १४ रुपैयाँ बढेको अध्यक्ष सिंहको गुनासो छ । उनले भने, ‘ तीन/चार हप्ताअघि प्रतिकिलो भ्याटबाहेक ७६ रुपैयाँमा बिक्री गरेको डन्डीको भाउ अहिले ९० रुपैयाँ पुगिसकेको छ, तर यसरी भाउ बढाउने आधार केही देखिदैन ।’

मिलेमतोमा उत्पादन ठप्प पारेर अभाव सिर्जना गरी मूल्य बढाउने रणनीतिमा उद्योगीहरु लागेको हार्डवेयर सञ्चालक बताउँछन् ।

तर, उद्योगीहरु भने बाहिर हल्ला फैलाइए अनुसार डन्डीको भाउ नबढेको ठोकुवा गर्छन् । तीन हप्ताअघिसम्म डन्डीको फ्याक्ट्री मूल्य (भ्याटबाहेक) ८२/८३ रुपैयाँ रहेकोमा अहिले ८६/८७ रुपैयाँमात्र पुगेको अम्बे स्टिलका सञ्चालक शोभाकर (हरि) न्यौपाने बताउँछन् ।

डन्डीको मूल्य ५/६ रुपैयाँले मात्र बढ्दा हल्लीखल्ली गरिएको उद्योगीहरुको गुनासो छ । पछिल्लो समय १३२/१३३ रुपैयाँ रहेको अमेरिकी डलरको भाउ बढेर १४० रुपैयाँ पुगेको, अन्तर्राष्ट्रिय बजारमा प्रतिटन मेटलको भाउ ४५०/४५५ डलर रहेकोमा अहिले ५१० डलरसम्म पुगेको, लोडसेडिङले उत्पादन लागत बढेका कारण उद्योगीले सामान्य मूल्य बढाएको उद्योगीको तर्क छ ।

उद्योगीहरुका अनुसार अझै पनि लागत बढेअनुसार डन्डीको भाउ बढाइएको छैन । 

पछिल्लो समय सिमेन्टको मूल्य पनि दुई सयदेखि तीन सय रुपैयाँसम्म बढेको महासंघका अध्यक्ष सिंह बताउँछन् । ओपीसी सिमेन्टको भ्याट बाहेकको फ्याक्ट्री मूल्य प्रतिबोरा पाँच सय रहेकोमा मंसिरयता निरन्तर बढाएर ७ सय नघाएको बताइन्छ । 

उपभोक्ताले बजारमा ओपीसी सिमेन्ट खरिद गर्दा प्रतिबोरा साढे ८ सय रुपैयाँसम्म तिर्नुपर्छ । पीपीसी सिमेन्टको मूल्य ओपीसीभन्दा करिव सय रुपैयाँ सस्तो पर्छ ।

 सिमेन्ट उद्योगी र निर्माण व्यवसायीको बैठकमा सिमेन्टको फ्याक्ट्री मूल्य प्रतिबोरा सय रुपैयाँ घटाएर ६ सय रुपैयाँ कायम गर्ने सहमति बनेको थियो । त्यो बैठकको मध्यस्तता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए । 

संसदको सार्वजनिक लेखा समितिले पनि सिमेन्टको मूल्य मिलेमतोमा बढाइएको ठहर गर्दै नियन्त्रण गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, मूल्य घटाउन सहमत भएका उद्योगीहरुले अन्ततः अटेर गरेर मूल्य नघटाई बिक्री गरिरहेका छन् । 

उद्योगीले मिलेमतोमा गरिरहेको मूल्य वृद्धिमा सरकारको मौन समर्थन र प्रोत्साहन हुँदा उद्योगीहरु कृतिम अभाव देखाएरै भएपनि मूल्य बढाउन केन्द्रित रहेको महासंघ अध्यक्ष सिंहको आरोप छ ।

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

185BBA57E350ED5-images.jpg

नौ महिनामा सवा दुई अर्बको सिमेन्ट निर्यात

30A061DD36AB2FC-HvvJI0lH-Mining_36-3.jpg

निर्माण क्षेत्र जुर्मुराउँदा खानी तथा उत्खनन् उद्योगसम्म तरङ्गित

36DE08803244CA8-Falame-Dandi_20181123030827.jpg

बजारमा डन्डीको भाउ कति छ ? अब लोडसेडिङ हटेपछि भाउ घट्ला ?