बजारमा डन्डीको भाउ कति छ ? अब लोडसेडिङ हटेपछि भाउ घट्ला ?

१८ फागुनयता मात्रै उद्योगीले डन्डीको भाउ पाँच पटक गरी किलोमा २५ रूपैयाँ बढाइसकेका छन्

367B408218B985F-icon.png
1342views
36DE08803244CA8-Falame-Dandi_20181123030827.jpg

काठमाडौं । उद्योगीले फलामे डन्डीको भाउ निरन्तर बढाइरहेका छन् । बजारमा पछिल्लो एक महिनामा फलामे डन्डी (छड)को भाउ प्रतिकेजी २५ रुपैयाँले बढिसकेको छ । 

यतिबेला बजारमा डन्डीको भाउ ब्रान्ड हेरिकन प्रतिकिलो ११०/११२ रुपैयाँ पुगेको हार्डवेयर व्यवसायी बताउँछन् । यसअघि सिमेन्टको भाउ पनि प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको छ । सिमेन्ट र डन्डीको भाउ बढेपछि निर्माण क्षेत्र महंगिएको छ । 

उद्योगीले कार्टेलिङ गरेर भाउ बढाइरहेको संसद, निर्माण व्यवसायीदेखि सर्वसाधारण उपभोक्ताको आरोप छ । एक महिनामै प्रतिकिलो २५ रुपैयाँ मूल्य वृद्धि हुने कुनै कारण नरेको उनीहरुको जिकिर छ ।

तर, उद्योगीहरुले भने उद्योगमा चर्को लोडसेडिङ, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि, डलरको भाउ वृद्धि, निर्माणको सिजनलगायत कारणहरु देखाउँदै डन्डीको भाउ बढाउन बाध्य भएको दाबी गर्दै आएका छन् ।

अहिले डन्डीको भाउ फ्याक्ट्रीमै (भ्याट र ढुवानी खर्चबाहेक) प्रतिकिलो ९६ देखि ९८ रुपैयाँसम्म पुगेको उद्योगीको भनाई छ । जबकी २० फागुनमा डन्डीको फ्याक्ट्री प्राइस प्रतिकिलो ७८/८० रुपैयाँ हाराहारी थियो ।

१८ फागुनयता उद्योगीले डन्डीको भाउ पाँच पटक बढाइसकेको हार्डवेयर व्यवसायीको भनाई छ । उद्योगीले एक पटकमा प्रतिकिलो ५/६ रुपैयाँसम्म भाउ बढाउँदै लगेको देखिन्छ ।

यस वर्ष निर्माण क्षेत्रले पनि गति लिएको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (कात्तिक–पुस)मा निर्माण क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक अनुमान छ । चालु आवकै पहिलो त्रैमास (साउन–अशोज)मा निर्माण क्षेत्रको वृद्धिदर ०.९ प्रतिशत मात्र रहेको थियो । 

सार्वजनिक तथा निजी निर्माणले गति लिन थालेसँगै बजारमा निर्माण सामाग्रीको माग पनि बढ्न थालेको छ । बजारमा माग बढेपछि मूल्य पनि धेरथोर बढेको उद्योगीको जिकिर छ ।

‘बजारमा माग बढेर मूल्य बढाइएको होइन, मूल्य बढाउन कार्टेलिङ पनि गरिएको होइन,’ एक उद्योगीले भने, ‘लोडसेडिङ, कच्चा पदार्थको मूल्य वृद्धि, डलरको भाउ वृद्धि लगायत कारण मूल्य बढाउन बाध्य भएका हौं, अब उद्योगमा लोडसेडिङ कम भएको छ, मूल्य पनि घट्ने नै छ ।’

केही दिनअघि सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र धागो उत्पादक संघले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा स्टिल उत्पादक संघका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले १७.३३ रुपैयाँ लागत बढेको दाबी गरेका थिए ।

उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण ४.५० रुपैयाँ, डलरको भाउ वृद्धिका कारण ३.५० रुपैयाँ र लोडसेडिङका कारण ९.३३ रुपैयाँ लागत बढेको बताएका थिए ।

नेपाल विद्युत प्राधिकरणमा नयाँ प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य आएपछि उद्योगमा लोडसेडिङ हटेको बताउँदै आएका उद्योगीहरुले डन्डी र सिमेन्टको मूल्य घटाउने तयारी गरिरहेको बताएका छन् । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

3C6FCB837E1E856-1709426220_Nepali-cement -1200x560.jpg

साढे दुई अर्बको सिमेन्ट निर्यात

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन