बजेटको सिमितताले गर्दा घरलाई चाहेजस्तो आकर्षक बनाउन सकिदैन । तर कतिपय तौर तरिक अपनाउँदा कम बजेटमै पनि आफ्नो घरलाई आकर्षक बनाउन सकिन्छ । इन्टेरियर डिजाइनरहरुले कम खर्चमै तपाईंको घर आकर्षक बनाइदिन सक्छन् । र, आफै पनि घरलाई आकर्षक ढंगबाट सजाउन सकिन्छ । ताकी बाहिरबाट आउने पाहुनाको मुखबाट वाह भन्ने शब्द निस्कियोस् ।

बजेटको सिमितताले गर्दा घरलाई चाहेजस्तो आकर्षक बनाउन सकिदैन । तर कतिपय तौर तरिका अपनाउँदा कम बजेटमै पनि आफ्नो घरलाई आकर्षक बनाउन सकिन्छ । इन्टेरियर डिजाइनरहरुले कम खर्चमै तपाईंको घर आकर्षक बनाइदिन सक्छन् । र, आफै पनि घरलाई आकर्षक ढंगबाट सजाउन सकिन्छ । ताकी बाहिरबाट आउने पाहुनाको मुखबाट वाह भन्ने शब्द निस्कियोस् ।
हामीले कम खर्चमै घरको आकर्षक सजावटका लागि १० वटा टिप्सबारे जानकारी गराउँदै छौं । हामीले सुझाएका टिप्स पढेर व्यवहारमा उतारिसकेपछि तपाईं आश्चर्य चकित हुनुहुनेछ कि यति कम खर्चमै पनि सजिलै आफ्नो घर सुन्दर बनाउन सकिने रहेछ ।
घरलाई आकर्षक बनाउनका लागि सानातिना कुराहरुमा पनि ध्यान दिनुपर्छ । सानो कुरा परिवर्तन गर्ने वित्तिकै घरको सुन्दरता थपिन्छ ।

क्ताउन मोल्डिङ गरेपछि कोण (कुनाहरु)को बनावट अत्यन्तै सुन्दर हुनुका साथै प्रिमियम र पूर्ण पनि देखिन्छ । क्राउन मोल्डिङ गर्न धेरै महंगो हुँदैन । तपाईंको बजेटलाई खासै असर पार्दैन । यसले भित्ता र सिलिङलाई मिलाएर कोठाको क्षेत्रफल ठूलो देखाउन पनि मद्दत गर्छ ।
घरलाई आकर्षक ढंगले सजाउनका लागि उपयुक्त कलरको छनोट गर्नु सायद सबैभन्दा गाह्रो निर्णय हो । केही रङको प्रयोगले घरमा तत्काल चमक थपिन्छ ।
घरमा रङ छनोट गर्दा दुई विकल्पहरु रोज्नुहोस्, १) बोल्ड २) ड्रामाटिक वा नरम ।

रङ छनोट तपाइको व्यक्तित्वमा पनि निर्भर हुँदा यसले तपाइको घरमा तत्काल भव्यता थप्न मद्दत गर्छ । घरका भित्रि कोठाहरुमा कालो रङ लगाउँदा यसले स्वचालित रुपमा महंगो भावना सिर्जना गर्छ । यसो गर्दा भित्ताको खाली ठाउँमा कालो रङको पेन्टिङ अवा सामान राख्दा थप आकर्षक देखिन्छ ।
घरका अंध्यारा कोठामा उज्यालो कलर र उज्याला कोठामा बोल्ड कलर लगाउँदा कोठाको उज्यालो एडजस्ट हुन जान्छ ।
घरमा तकिया राख्नुका दुईवटा उद्देश्य हुन्छन्, १) यदि उपयुक्त तकिया रोज्न सकियो भने त्यसले कोठाको शोभा नै बढाइदिन्छन् । यसमा कलर कम्बिनेशन मिलाउन अत्यन्तै जरुरी हुन्छ । २) तकियाले पाहुनालाई सोफामा थप आराम प्रदान गर्छ र तपाइको कोठामा आरामदायक तथा स्तरयुक्त भावना प्रदान गर्छ ।

यसका लागि २२ इन्चको खोलभित्र २४ इञ्च बराबरको तकिया राख्नुहोस् । यसले तकिया ठूलो र टाइट देखाउँछ । पुटुस्स भरिएका तकियाहरुले धेरै नै बहुमूल्य र रमणिय उपस्थिती सिर्जना गर्छ । र, सोफा र बेडको पनि आकर्षक बढाइदिन्छ ।
घरलाई आकर्षक बनाउन झ्यालको मर्मत तथा सजावट धेरै आवश्यक हुन्छ । घरको भव्यता र गोपनियताको लागि पनि झ्याल चाहिन्छ । झ्यालको मर्मत तथा सजावट धेरै सहज छ । आकर्षक झ्यालबिना घर अपूर्ण र सस्तो देखिन्छ ।

झ्याल छनोट गर्दा अलिकति ध्यान दिने वित्तिकै प्रिमियम फिल गराउँछ । धेरै खर्च नलाग्ने गरि आकर्षक झ्याल छनौट गर्न सकिन्छ । झ्यालमा पर्दा छनौट गर्दा प्राकृतिक रेशम, सुती कपडा र कपासउपयुक्त हुन्छ । पर्दा छान्दा भित्तामा लगाइएको कलर, बेड र दराज, सोफाहरु, गलैंचाको कलरसँग म्याचिङ हुनुपर्छ ।
तपाइको घर आकर्षक देखाउनका लागि हार्डवेयर आकर्षक छान्नुपर्छ । सस्तो मूल्यमै प्रिमियम देखिने हार्डवेयर बजारमा छ्यापछ्याप्ती पाइन्छन् । दरजको ह्यान्डिलदेखि, ढोकाको ह्यान्डिल, चुकल, बाथरुममा राखिने धारा, स्वीच लगायत चिजले पनि घरलाई सुन्दर देखाउन मद्दत गर्छन् । यसका लागि साना हार्डवेयर स्टोर, फ्लाई मार्के र एन्टिक पसल सस्तो मूल्यमा आकर्षक हार्डवेयर छान्नका लागि उत्तम हुन सक्छन् । यस्ता हार्डवेयरले तपाइको घरलाई मनमोहक र अनौठो लुक दिन्छन् ।

आकर्षक लाइटिङले घरलाई नै डिफ्रेन्ट लुक्स दिन्छ । अधिकांश ठेकेदारले स्टान्डर्ड लाइटिङ फिक्स्चर्स प्रयोग गर्छन जुन उनीहरुले बनाएका घरमा बारम्बार प्रयो भइरहेका हुन्छन् । त्यसैले, डिजाइनर लाइट फिक्स्चर्स प्रयोग गर्दा तपाइको घरमा अधिक सुन्दरता र भव्यता थपिन्छ ।

तपाईंले सस्तो मूलयमा पनि झुमहरुहरु पाउन सक्नुहुन्छ । पुरानो झुमरको वरिपरि ड्रम सेड थपेमा कस्टम लुक्स देखिन्छ । जुन अहिले सर्वाधिक रुचाइन्छ । कस्टम लुकको लागि थुप्रै फरक प्रकाशका स्रोतहरुसहित टेबल ल्याम्प, फ्लोर ल्याम्प, सिलिङ ल्याम्प पनि राख्न सकिन्छ । घरको सुन्दरतामा वत्तीको छनोट महत्वपूर्ण मानिन्छ । अहिले धेरै घरमा लाइटिङमा निकै ध्यान दिइएको देखिन्छ ।
घरमा काठको पार्केटिङ गर्दा क्लासिक र इलिजेन्ट उपस्थिती प्रदान गर्छ । घरमा कार्पेटको सट्टामा काठको पार्केटिङ गर्न त्यति महंगो पर्दैन । घरमा काठको पार्केटिङ गर्नु भनेको बुद्धिमानी लगानी हुनेछ । कडा काठलाई कोठा र भ¥याङमा बिच्छाउदा लामो समय टिकाउ हुनुका साथै आकर्षक पनि देखिन्छ । काठको पार्केटिङमा गाढा रङ प्रयोग गर्नुपर्छ, यसो गर्दा लक्जरियस फिल गराउँछ । तर, कोठको समग्र डिजाइनसँग रङ म्याच भने गर्नुपर्छ ।

धेरैजसो घरहरुमा आवश्यक स्थानको अभाव हुन्छ । घरधनीले पनि घरलाई आकर्षक देखाउन सामाग्री किनेर राख्दा खर्च बढ्छ भन्ने सोँच्छन् । तपाईंको घरमा धोरै बजेटमा रहेर पनि घरमा आकर्षक सामाग्रीले सजाउन सक्नुहुन्छ । यदि तपाइलाई गोल्डेन कलर मन पर्छ भने गोल्डेन फोटो फ्रेम वा गोल्डेन ऐना वा नयाँ नयाँ आधुनिक गोल्डेन खुट्टा भएको टेबुलहरु राख्न सक्नुहुन्छ । घरको भित्तामा तस्वीर र पेन्टिङ पनि राख्न सक्नुहुन्छ । तर वास्तुशास्त्रले जनावर, लडाईं, झगडा लगायत कतिपय तस्वीर घरमा राख्नुलाई अशुभ मान्छ ।

घरको सजावटमा आकर्षक फर्निचरको भूमिका महत्वपूर्ण हुन्छ । फर्निचरको प्रकार र कलरले पनि कोठा आकर्षक देखिन्छ । धेरै व्यक्तिहरुले महंगो फर्निचर किन्न नसक्ने बजेट छैन भन्दै जहाँ पायो त्यहीँबाट सस्तो फर्निचर किन्छन् । ती फर्निचर नराम्रो देखिनुका साथै चँडै बिग्रिन्छन पनि ।
अहिले नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डकै राम्रा राम्रा फर्निचरहरु किफायती मूल्यमा किन्न पाइन्छन् । प्रयाप्त जानकारी लिएर मात्र फर्निचर किन्न जाँदा सस्तो मूल्यमै राम्रो फर्निचर किन्न सकिन्छ । नेपाली फर्निचर उद्योगले पनि राम्रा राम्रा फर्निचर उत्पादन गरिरहेका हुन्छन् ।

अहिले बजारमा छ्यापछ्याप्ती सेकेन्डह्यान्ड फर्निचर बिक्री भइरहेका हुन्छन् । तपईंले सेकेन्डह्यान्ड फर्निचर स्टोरबाट किफायती मूल्यमा क्वालिटी फर्निचर किन्न सकिन्छ ।
घरलाई आकर्षक र सुन्दर देखाउने सबैभन्दा सजिलो र सस्तो तरिका सरसफाई नै हो । घर दैनिक सरसफाई गर्नुपर्छ । समानहरु मिलाएर राख्नुपर्छ । फर्निचर, स्वीच, झ्याल, ढोका, पलङ, दराज लगायत सफा राखिरहनु पर्छ । जुत्ता र कपडाहरु मिलाएर राख्न सकिन्छ । घरमा नियमित सफाईले तपाइलाई आनन्द महशुस हुन्छ । घरभित्र पस्दा फ्रेस भइन्छ ।
