घरको नक्सा पास गर्न जाँदै हुनुुहुन्छ ? यी कागजपत्र नभुली लैजानुहोस्

घर बनाउँदा सबैभन्दा पहिले गर्नुपर्ने काम नक्सा (डिजाइन) पास हो । नक्सा पास नगरी बनाइएको घरलाई बैधानिक मानिँदैन। यदी अवैधानिक रुपमा घर बनाउन थालेको पाएमा स्थानीय निकायलाई सबै कामकाज रोकिदिने अख्तियारी छ । सुरक्षा, सहरी विकास र ब्यवस्थित बस्ती बिकासको लागि नक्सा पास गर्ने गरिन्छ ।

367B408218B985F-icon.png
2882views
517B0EFB4219812------.gif

तपाईंले घर बनाउन सुरु गर्नुभन्दा पहिला नगरपालिकामा नक्सा (डिजाइन) पास गर्नुपर्छ । आर्किटेक इञ्जिनियरले बनाएको घरको नक्सा स्थानीय तहबाट पास भइसकेपछि बल्ल घर बनाउन पाइन्छ ।

नक्सा पास नगरी बनाइएको घरलाई बैधानिक मानिदैन । यदि अवैधानिक रुपमा घर बनाउन थालेको पाएमा स्थानीय निकायलाई सबै कामकाज रोकिदिन सक्छ । 

स्थानीय निकायको स्वीकृति नलिई घर बनाउन सुरु गर्नु मुर्खता मात्र हुन्छ । सुरक्षा, सहरी विकास र व्यवस्थित बस्ती विकाको लागि नक्सा पास गर्नुपर्ने व्यवस्था लागू गरिएको हो ।

स्थानीय तहले आ–आफ्नो भवन निर्माण मापदण्ड अनुसार घर निर्माणका लागि स्वीकृति दिने गर्छन् । घर निर्माणको स्वीकृति लिन अर्थात् नक्सा पास गर्नका लागि नगरपालिका जानुपर्ने हुन्छ । 

हामी तपाईंलाई घर बनाउँदा वा घर पुनर्निर्माण गर्दा वा घरको तल्ला थप्दा नक्सा पास गर्नका लागि नगरपालिकामा जाँदा कुन कुन कागजपत्र बोकेर जानुपर्छ भनेर जानकारी गराउँदै छौंः

नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

३. ज.ध दर्ता प्रमाण पुर्जामा फोटो नभएको भाए नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट)

५. पास गरिने नक्शाको फोटोकपी वा ब्लुप्रिन्ट (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)

६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)

७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा कार्यालयमा मुद्दा शाखाको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल

८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल)           

९. जग्गा कुनै निकायम धितोको लागि  सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र

१०. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र   

११. वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि    

पुन: निर्माण गर्न आवश्यक कागजातहरु

१. नापी नक्शामा देखिएको तर नक्शा पास नभएको खण्डमा Existing Building को भुई तल्ला प्लान चार तिरको एलिभेसन र साइट पेश गर्नुपर्नेछ /

२. कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ 

तल्ला थप गर्न आवश्यक कागजातहरु

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी

२. चालु आर्थिक बर्षसम्मको घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि

३. अरु कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ 

भवन निर्माण सम्पन्नको लागि अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी

२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

५. निर्माण भएको भवनको चारै तिर बाट खिचेको फोटो

६. निबेदन

७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति

८. रेकड फाईल

नक्शा नामसारीको लागि अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको सक्कलै र फोटोकपी

२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

५. लिखत राजीनामाको फोटोकपी

६. निबेदन

७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति

८. रेकड फाईल

नक्शावालाले ध्यान दिनुपर्ने कुरा

नक्शा पास प्रक्रिया-प्लीन्थ लेभल निरीक्षण र सोभन्दा माथि धुरिसम्मको गरी दुई चरणमा गर्नुपर्नेछ /

१. प्राबिधिक निरीक्षण (सर्जमिन गर्ने बेलासम्ममा नक्शा वालाले आफ्नो जग्गाको साँध सिमाना प्रष्ट हुने गरी हरेक Intersection Point मा Concrete Pole अथवा 9” ×  9” को प्रष्ट देखिने गरि इट्टाको गारो निर्माण गरिसक्नुपर्नेछ ) /

२. साविकदेखि चलि आएको पानी र ढल निकास बन्द गर्नपाईने छैन , ढल निकासको लागि आवश्यक भएमा आफ्नो जग्गाबाट पनि ढल पाइप लैजान दिनुपर्नेछ /

३. निर्माण कार्य सम्पन्न भएपछि भौतिक सुबिधाहरु(धारा,बिजुली,आदि) जडान गर्न लागि “निर्माण कार्य सम्पन्न प्रमाणपत्र” लिनु भएकोले सो कार्य सम्पन्न प्रमाणपत्र लिन महानगर पालिका सम्पर्क राख्नुपर्नेछ /

४. पास भएको नक्शा बिपरित निर्माण गरेमा साविक बमोजिन पाउने भौतिक सुविधाबाट वन्चित हुने र साथै कुनै पनि समय भत्काउने कारवाही हुनेछ / साथै पास नक्शा समेत रद्ध गर्न सकिने छ /