किन हुन्छ घरजग्गा कारोबार रोक्का ? कसरी गर्न सकिन्छ फुकुवा ?

सामान्यतयाः सम्पत्ति रोक्का कुनै व्यक्ति वा संस्थासँगको देवानी तथा फौजदारी मुद्दा मामिलाका कारण अदालती आदेशबाट सम्पत्ति रोक्का हुन्छ । यस्तै, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर धितोस्वरुप घरजग्गा राख्दा धनीको सहमतिमै सम्पत्ति रोक्का हुन्छ । 

EB70CA457572794-photo.jpg

नेपालको संविधानले हरेक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने तथा बेचबिखन गर्ने कानुनी अधिकार ग्यारेन्टी गरेको छ । व्यावहारिक जीवनमा पनि जन्म, मृत्यु, वैवाहिक संस्कार, शिक्षादीक्षा, व्यवसायको सिलसिला तथा कहिलेकाहीँ भवितव्य दुर्घटना भई एक्कासि औषधोपचारमा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आए पनि गर्जो टार्न अचल सम्पत्तिको बेचबिखन नै अन्तिम विकल्प हुन सक्छ । 

तत्कालको  खाँचो पूरा गर्न कतिपय अवस्थामा हतारमा कम मूल्यमै सम्पत्ति बेचबिखन गर्नुपर्ने हुन सक्छ । वचन दिएर, रकम बुझेर कतिपय अवस्थामा खर्चसमेत गरेर कानुनबमोजिम स्वामित्व हस्तान्तरण गर्न वा पास गर्न जाँदा अन्तिम अवस्थामा कर्मचारीले तपाईंको सम्पत्ति त रोक्का छ, पास हुँदैन भन्दा अमिलो मन बनाएर फर्कुनपर्ने बाध्यतामा परी योजनाअनुसारका काम नभएर आर्थिक, भौतिक तथा मानसिक क्षति व्यहोर्नुपरेका थुप्रै अनुभव होलान्, तपाईं–हामीसँग । 

किन हुन्छ सम्पत्ति रोक्का ?

आधिकारिक प्रमाण र कारणबिनै कसैको पनि सम्पत्ति रोक्का गर्न पाइँदैन/हुँदैन । असम्बन्धित तथा हक नपुग्ने मानिसले कुनै रिसइबीका कारण गलत नियतले दुःख दिने उद्देश्यले प्रतिशोधस्वरुप कोही कसैको सम्पत्ति रोक्का गर्न चाहँदैमा रोक्का गर्न सक्ने वा हुने भन्ने पनि होइन ।

त्यसका लागि सम्बन्धित व्यक्ति र तथा संस्थासँग रोक्का गर्नुपर्नेसम्मको आधिकारिक प्रमाण आवश्यक पर्छ । यस्ता प्रमाणहरू आधिकारिक निकायमा पेस गरेपछि सो निकायले छानबिन र अध्ययन गरी आवश्यक देखिए मात्र सम्बन्धित निकायमा रोक्काका लागि पत्राचार गर्न सक्छ ।  

सामान्यतयाः सम्पत्ति रोक्का कुनै व्यक्ति वा संस्थासँगको देवानी तथा फौजदारी मुद्दा मामिलाका कारण अदालती आदेशबाट सम्पत्ति रोक्का हुन्छ । यस्तै, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर धितोस्वरुप घरजग्गा राख्दा धनीको सहमतिमै सम्पत्ति रोक्का हुन्छ । 

कानुनबमोजिम सरकारी निकायमा तिर्नु, बुुझाउनुपर्ने सरकारी राजस्व, ठूला रकमका महसुल, करलगायतका सरकारी दायित्व भुक्तानी नभए/नगरेमा सरकारी निकायको आदेशमा समेत रोक्का भएको हुन सक्छ ।

अदालती आदेशबाट कसरी हुन्छ सम्पत्ति रोक्का ?

कुनै व्यक्ति वा संस्थासँग अंशबन्डा, लेनदेनलगायतका देवानी कसूरमा तथा कसैको जाहेरीले राज्यविरुद्धको अपराध वा फौजदारी कसुरमा मुद्दा मामिला परी निज फौजदारी अभियोगमा कसूरदार ठहर भई ऊबाट राज्यले वा जरिवाना वा क्षतिपूर्ति असुलउपर गर्नुपर्ने अवस्था भई व्यक्तिले सोबापतको रकम तिर्न, बुझाउन आनकानी गरेमा वा नसके अदालती आदेशबाट उसको सम्पत्ति रोक्का राख्न सकिन्छ । 

समान्यतया रोक्का हुन सक्ने भनेको धेरैजसो अवस्थामा अचल सम्पत्ति विशेषगरी व्यक्तिको हकमा घरजग्गा हो । कसैसँग आर्थिक कारोबार, लेनदेन भएमा व्यक्तिको बैंक खाता तथा सम्बन्धित व्यक्तिको कुनै प्राइभेट कम्पनीमा सेयर भए कम्पनी रजिस्ट्रारको कार्यालयमार्फत सम्बन्धित व्यक्तिको हिस्सा बराबरको सेयरसमेत रोक्का हुन सक्छ ।

जदारी मुद्दामा सर्वस्वसहित जन्मकैद ठहर भए कैद सजाय, बिगो, जरिवाना भुक्तान नभएसम्म राज्यले उसको नामको सम्पत्ति रोक्का राख्न सक्छ भने देवानी कसूरमा कसैसँग लेनदेन कारोबार भई खाइमासी, नतिरेको अवस्थामा अदालतमा मुद्दा परी सम्पत्ति रोक्नुपर्नेसम्मको अवस्था अदालतले महसुस गरेमा अदालती आदेशमार्फत सम्पत्ति रोक्का राख्न सकिन्छ । 

फौजदारी मुद्दाका कारण रोक्का राख्नुपर्ने भए अदालत वा प्रहरी कार्यालयबाट मुद्दाको म्याद वा जानकारी आउने भएका कारण सम्बन्धित व्यक्तिलाई जानकारी हुन्छ । 

तर, कहिलेकाहीँ देवानी मुद्दामा ठेगानाअनुसार व्यक्ति फेला नपरे वा म्याद तामेल हुन नसकेमा सञ्चार माध्यममा सूचना निकालेर पनि मुद्दा पुर्पक्ष गर्न सकिने हुँदा सोही आधारबाट सम्पत्ति रोक्का राख्न सकिन्छ । त्यस्तो अवस्थामा सम्बन्धित धनीलाई रोक्काबारे जानकारी नभएको पनि हुन सक्छ । 

बैंक तथा वित्तीय संस्थाबाट हुने औपचारिक रोक्का

बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि कर्जा लिदाँ धितोबापत राखेका सम्पत्ति बैंकले सुरक्षाका लागि रोक्का राखेर मात्र कर्जा प्रवाह गर्ने हुँदा यस्तो अवस्थामा सम्पत्ति रोक्का हुन्छ । यस्तो रोक्का ऋणीसँगको सहमतिमा गरिने भएकाले यसलाई औपचारिक रोक्का मान्ने गरिन्छ । यस्तो रोक्काको पूर्वजानकारी हुन्छ ।

सरकारी दायित्व नबुझाएका कारण हुने रोक्का

कुनै व्यक्ति वा संस्थाले कानुनी रूपमा तिर्न/बुझाउनुपर्ने, सरकारी राजस्व तथा कर पटक–पटक ताकेता गर्दा पनि तिर्न/बुझाउन आनाकानी गरी बेवास्ता गरेमा त्यसको असुलीका लागि सरकारले सम्बन्धित व्यक्ति वा संस्थाको सम्पत्ति रोक्का राख्न सक्छ । कुनै संस्थाले तत्काल अवस्थामा दायित्वबमोजिमको कर बुझाएपनि पछि छानबिन तथा सबै लेखाजोखा हुँदा थप कर दायित्व देखिए सोबमोजिमको दायित्व बहन नगरे पनि सम्पत्ति रोक्का राख्न सकिन्छ । यस्तो अवस्थाबारे व्यक्तिलाई जानकारी नभई पनि कर बक्यौता रही रोक्का भएको हुन सक्छ । 

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को दफा ५२ मा सम्पत्ति रोक्कासम्बन्धी व्यवस्था गरिएको छ ।  जसमा ‘यस ऐन र  नियमावलीबमोजिम बुझाउनुपर्ने कर, दस्तुर र ब्याज करदाताले नियम ३० बमोजिमको म्यादभित्र नबुझाए कर अधिकृतले ऐनको दफा २१ बमोजिम बक्यौता कर, दस्तुर, जरिवाना र ब्याज असुल गर्नका लागि सम्पत्ति रोक्का राख्न सक्ने’ उल्लेख छ ।

के–के हुन सक्छ रोक्का ?

समान्यतया रोक्का हुन सक्ने भनेको धेरैजसो अवस्थामा अचल सम्पत्ति विशेषगरी व्यक्तिको हकमा घरजग्गा हो । कसैसँग आर्थिक कारोबार, लेनदेन भएमा व्यक्तिको बैंक खाता तथा सम्बन्धित व्यक्तिको कुनै प्राइभेट कम्पनीमा सेयर भए कम्पनी रजिस्ट्रारको कार्यालयमार्फत सम्बन्धित व्यक्तिको हिस्सा बराबरको सेयरसमेत रोक्का हुन सक्छ ।

कम्पनीका संस्थागत कारोबारमा विपक्षी कम्पनीको सेयर तथा बैंक खाता तथा अवस्थाअनुसार कहिलेकाहीँ सञ्चालकहरूको व्यक्तिगत खातासमेत रोक्का हुन सक्छ । 

कसरी हुन्छ फुकुवा ?

रोक्का गर्ने व्यक्ति वा संस्थाले के–कति कारण र उद्देश्यबाट रोक्का गरेको हो, सो पत्ता लगाई मागदाबीबमोजिमको तिर्नु, बुझाउनुपर्ने दायित्व बहन गरेपछि वा हिसाब फरफारक गरेपछि मात्र सम्पत्ति फुकुवा गर्न सकिन्छ । त्यसका लागि रोक्का गर्ने पक्षको मञ्जुरी चाहिन्छ । 

सुरु अवस्थामा सम्पत्ति रोक्का गर्दा जुन निकायको पत्रबाट रोक्का भएको हो, सोही निकायबाट फुकुवा गरिदिने बेहोराको पत्र तयार पार्न लगाएर साथै लिएर जानुपर्छ । त्यस्तो पत्र प्राप्त भएपछि मात्र सम्बन्धित निकायले सम्पत्ति फुकुवा गरिदिन्छन् ।

कुनै अचल सम्पत्तिको कारोबार गर्दा रोक्का भए/नभएकोबारे पहिला नै जानकारी लिई फुकुवा गराई राख्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले ऋणको कारण रोक्का राखेका भए ऋण तिर्नासाथ तुरुन्त पत्राचार गरी फुकुवा गरिदिन सक्छन् ।

सम्पत्ति रोक्का गर्नुको मुख्य उद्देश्य कानुनी अधिकार सुरक्षित गर्नु नै रहेको हुन्छ । यसबाट सम्बन्धित व्यक्ति वा संस्थामा दबाब सिर्जना हुन गई समस्या वा विवादको समाधान छिटो र सुरक्षित  तरिकाबाट होस् भन्ने मान्यता राखिएको हुन्छ । 

सम्बन्धित व्यक्तिले पहिला ती विवादको समाधान नगरी सम्पत्ति बेचबिखन तथा हक हस्तान्तरणसम्बन्धी अन्य कार्य गर्न नसक्ने भएकाले कानुनले समेत सम्पत्ति रोक्कालाई सुरक्षित र उत्तम विकल्प मानेको हुनुपर्छ ।

सम्पत्ति रोक्काबाट कठिनाई उत्पन्न हुन नदिन समय–समयमा आफ्नो सम्पत्तिको अवस्था बुझी राख्नुपर्छ । कोही कसैले कुनै कारणबाट रोक्का पो राखेको छ कि, सम्बन्धित मालपोत कार्यालय गएर जानकारी लिइरहनुपर्छ ।

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

D025EED463F3A46-property-sale_new.png

अंशियारको मञ्जुरी नलिई सगोलको सम्पत्ति बेच्न पाइन्छ त ? यस्तो छ कानुनी व्यवस्था

E8A6A1E43C277ED-Main-graphics_1200x900-Px.png

घरजग्गा कारोबारमा ठगिनबाट कसरी जोगिने ? यस्ता छन् सुरक्षित लेनदेनका उपाय !

0F20994079A65EC-235F0A8454DFEF1-Home.jpg

के हुन्छ अर्काको जग्गामा घर बनाए ?