काठमाडौं महानगरको कर घरमै बसेर तिर्न सकिने, सुरु भयो अनलाइन भुक्तानी प्रणाली

काठमाडौं महानगरपालिकाले बिहीबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ ।

515E72EE1433345-KTM-Mahanagarpalika.jpg

काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने स्थानीय तथा व्यवसायीहरुलाई खुशीको खबर छ । अब काठमाडौं महानगरलाई बुझाउनुपर्ने राजश्व दाखिला गर्नका लागि वडा कार्यालयमा घण्टौं लाइन बस्नु नपर्ने भएको छ । 

काठमाडौं महानगरपालिकाले बिहीबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले आफ्ना ३२ वटा वडा कार्यालयमध्ये २६ वटा कार्यालयमा अनलाइन भुक्तानी प्रणालीको थालनी गरेको छ । 

असोज १ (आज) गतेदेखि अनलाइन भुक्तानी प्रणालीको सुभारम्भ गरेपनि कार्यान्वयनमा आउन अझै एक महिनाजति लाग्ने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकुन भन्ने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो । 

अब करदाताले घरमै बसेर आफुले बुझाउनु पर्ने कर, शुल्क तथा दस्तुरको प्रारम्भिक मूल्यांकन गरेर अनलाइनबाटै तिर्न सक्नेछन् ।

महानगरले चालु आर्थिक वर्षदेखि खर्च लेखाङ्कनलाई सब–नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सुत्र)मा आधारित बनाइसकेको छ ।

भवन नक्सा स्वीकृति गर्ने पद्धतीलाई पनि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) प्रणालीबाट कार्यान्वयनमा ल्याएको छ । महानगरका प्रमुख प्रशासकिय अधिकृत एकराज अर्यालले भने, ‘आममानिस विद्युतीय प्रणालीमा अभ्यस्त हुँदै गएपछि हामीले पनि घरबाटै अनलाइनमार्फत कर भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउन लागेका हौं ।’

अनलाइन भुक्तानी प्रणालीमा रहेका दुईवटा पब्लिक र कोर पोर्टलमध्ये पब्लिक पोर्टल खोलेर त्यसमा रहेका फिचरहरु प्रयोग गरी आफ्नो व्यवसाय, घरजग्गा वा अन्य करको प्रारम्भिक मूल्यांकन गरी कर तिर्न सकिन्छ । 

आफुले तिर्नुपर्ने कर मूल्यांकन गरिसकेपछि आफुले प्रयोग गरिरहेको अनलाइन पेमेन्ट गेट वे प्रणालीबाट कर तिर्न सकिन्छ । 

महानगरले वडा कार्यालयहरुलाई अनलाइन प्रणालीको सफ्टवेयर चलाउन दुई दिन तालिम समेत सञ्चालन गरिसकेको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

फ्ल्याटसँगै जग्गा हस्तान्तरण नहुँदा ७२ अपार्टमेन्टका १२ हजार घरधनी जग्गाको स्वामित्व बिहीन

0FA69C57371CD41-C0C6928AEEF8BA7-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

फागुनमा घरजग्गा कारोबारबाट चार अर्ब राजश्‍व संकलन