प्रयोग गरिसकेको घर किन्दा यी कुरामा ध्यान दिनुहोस्

कुनै पनि कुराको गहिराइ र तथ्यलाई नबुझेर हतारिएर निर्णय गर्नु ठीक होइन । गहिरोसँग अनुसन्धान गरेर, सबै कुरा बुझेर मात्र सम्पत्तिमा लगानी गर्नु उपयुक्त हुन्छ । 

367B408218B985F-icon.png
557views
7543417357BF358-old-house.jpg

प्रयोग गरिएको वा पुरानो घर किन्दै हुनुहुन्छ ? सोचविचार गरेर निर्णय गर्नुहोस् । हतारमा गरिने निर्णयले पछि पछुताउनुपर्ने अवस्था सिर्जना हुन सक्छ । 

कुनै पनि कुराको गहिराइ र तथ्यलाई नबुझेर हतारिएर निर्णय गर्नु ठीक होइन । गहिरोसँग अनुसन्धान गरेर, सबै कुरा बुझेर मात्र सम्पत्तिमा लगानी गर्नु उपयुक्त हुन्छ । 

पुरानो घर किन्दा थाहा पाउनुपर्ने कुरा

खरिद गर्नुपूर्व त्यस घरको झ्याल–ढोका र काठको गुणस्तर जाँच गर्नुपर्छ । वरपरका छिमेकलाई सोधेर पनि सो घरसँग सम्बन्धित धेरै कुरा थाहा पाउन सकिन्छ । घरको भित्री संरचनाको अध्ययन गरेर मात्र पुग्दैन, त्यस वरपरको वातावरण र क्षेत्रबारे जाँच गर्न विभिन्न प्रश्न गर्नुहोस् । ती प्रश्न यस्ता हुन सक्छन्ः 

  1. त्यस क्षेत्रमा प्राकृतिक प्रकोपको खतरा के–कस्तो छ ?
  2. त्यस क्षेत्र र घर विक्रेताको प्रतिष्ठा के छ ?
  3. बजार भाउको तुलनामा त्यस घरलाई बढी रकम तिर्दै त हुनुहुन्न ?
  4. त्यस घरको सम्पत्ति बीमा गरिएको छ कि छैन र त्यसले के कस्तो कुरालाई समेट्छ ?

आफुले खरिद गर्न लागेको घर विवादित त छैन भनेर निश्चित गर्न उपलब्ध भएका सम्पूर्ण स्रोत प्रयोग गरेर अनुसन्धान गर्नुहोस् । 

घरको निरीक्षण नियन्त्रण गर्नुहोस्

पुरानो घर खरिदको प्रक्रियामा घर निरीक्षण गर्नु अत्यन्त महत्वपूर्ण पक्ष हो । साधारण भाषामा भन्नुपर्दा घर निरीक्षण प्रक्रिया बिक्रीको लागि राखिएको घरको अवस्थाको परीक्षा प्रणाली हो । यो योग्य घर निरीक्षकले गर्ने प्रक्रिया हो, जसमा सम्पत्तिको मूल्यांकन, छत, फाउन्डेसन, प्लम्बिङ, वायरिङ, ढल आदिको अवस्थाबारे जाँच गरिन्छ । यसबाहेक घरमा आगो वा पानीले क्षति पुगेको वा अन्य किसिमका हानि–नोक्सानी भएको छ कि भन्ने कुरामा ध्यान दिएर घरको मूल्य तल–माथि गराउन सकिन्छ । घर निरीक्षणअन्तर्गत पर्ने प्रमुख काम भनेको सम्पत्तिको अवस्था, मर्मत गर्नुपर्ने पाटोको पहिचान र मर्मतको लागतको अनुमान हो । 

सेवा सुविधालाई बजेटसँग दाज्नुहोस्

आफ्नो आवश्यकता र बजेटबीच सामञ्जस्य मिलाउनुहोस् । आपूmले भ्रमण गरेका अन्य क्षेत्रका घर र सो घरमा भएका सुविधाबीच तुलना गर्नुहोस् । आफूलाई चाहिने सुविधाहरूको सूची बनाउनुहोस् र त्यस सम्पत्तिसँग आउने सुविधाहरूको सूची तयार पारी तुलना गर्नुहोस् । यदि परिवारमा पाँच जना सदस्य छन् तर सो घरमा केवल एक वा दुई सुत्ने कोठा छन् भने बगैँचा वा अन्य कुनै पक्ष मन परेको भरमा घर खरिद गर्नु अनुचित हुनेछ । त्यस्तै, परिवारको कोही सदस्य फरक क्षमता भएको छ र घरको संरचना ती व्यक्तिका लागि ठीक छैन भने खरिद नगर्नु उपयुक्त हुनेछ । बजारमा तपाईको आवश्यकतालाई सम्बोधन गर्ने यस्ता घर धेरै पाइन सक्छन् । एउटै मात्र विकल्पको रूपमा त्यस घरलाई लिनु हँुदैन । 

सजिलै मर्मत गर्न सकिने घर किन्नुहोस्

खरिद गर्न लागेको घरमा तपाईंको बजेटले धान्नेभन्दा धेरै गुणा मर्मतको आवश्यकता छ भने के तपाई त्यो घर किन्नुहुन्छ ? अथवा सबै कुरा क्रमबद्ध रूपमा सही छ तर तपाईंको निवासबाट कार्यालय र बच्चाको स्कुल धेरै टाढा पर्छ भने पनि सो घर नकिन्नु उपयुक्त हुनेछ । त्यस स्थानमा राम्रो यातायात सुविधा नहुन पनि सक्छ । यस्ता जटिल परिस्थितिबाट जोगिन छिमेकबाट जानकारी लिई वस्तुस्थिति बुझ्न सकिन्छ । त्यसका साथै तल उल्लेखित कुराको खोजी गर्नु उपयुक्त हुनेछ । 

  1. औसत घरेलु उपयोगिताका बिल
  2. मर्मतमा लाग्ने शुल्क
  3. सम्पत्ति मर्मतसम्बन्धी अतिरिक्त लागत

स्थानान्तरणको योजना बनाउनुहोस् 

एक ठाउँबाट अर्को ठाउँमा सर्नु अप्ठ्यारो काम हो । त्यस्तै, स्थानान्तरणको लागतको लागि बजेट निर्धारण गर्नुहोस् । बसाइँ सर्ने क्रममा केही पैसा अवश्य चाहिन्छ तर तपाईंले सामान सार्ने काममा साथीभाइ, छिमेकीको सहायता लिन सक्नुहुन्छ । घर सर्ने क्रममा गर्नुपर्ने केही सामान्य काम यस्ता छन्ः

  1. घर सर्ने दिनभन्दा अगावै सामान प्याक गरेर घर खाली गर्दै जानुहोस् । 
  2. अन्तिम क्षणमा गर्ने भनेर प्याकिङको कामलाई बाँकी नराख्नुहोस् ।
  3. घरका विभिन्न भागअनुसार बाकसको लेबलिङ गर्नुहोस् ।
  4. सामान अर्को ठाउँमा सारेर व्यवस्थापन गर्नका लागि विश्वासिलो चालकको सहायता लिनुहोस् ।

समग्रमा निकै परिश्रम गरेर कमाएको पैसा एउटा राम्रो घरमा खर्च गर्नुहोस् । जहाँ तपार्इंका आवश्यकता सजिलै पूरा हुन्छन् र तपार्इंले आरामदायी जीवन बिताउन सक्नुहुनेछ । यसरी पुरानो घर किन्नुपूर्व सबै कुराको गहिरो अध्ययन–अनुसन्धान गर्नुहोस् । कुनै शंका लागेमा, दोधार भएमा सन्तुष्ट नभएसम्म सोध्नुहोस् । दबाबमा परेर आफुलाई चित्तबुझ्दो नभएसम्म पुरानो घर किन्ने निर्णय नगर्नुहोस् ।