भान्सामा बच्चालाई दुर्घटनाबाट कसरी जोगाउने ?

भान्सा कोठामा सुरक्षित रहनको लागि उत्तम उपाय भनेकै सतर्क रहनु हो । आफुले काम गरिरहँदा बच्चा कता के गर्दै छ ? भन्ने कुराको ध्यान राख्नुहोस् । यसो गर्दा सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ । 

367B408218B985F-icon.png
231views
4FD61D64FEFE60B-Kitchen.jpg

विज्ञहरू भन्छन्– ‘भान्सा कोठालाई बच्चाहरूका लागि खतरामुक्त बनाउन सम्भव छैन । भान्सा कोठाको पहुँचबाट टाढा राख्नु नै बच्चालाई  जोगाउने उपाय हो ।’

तर, व्यवहारमा बच्चालाई भान्साबाट टाढा राख्न सम्भव छैन । हाम्रो समाजमा धेरैजसो भान्साका कामको जिम्मेवारी महिलामाथि हुन्छ । आमा भान्सामा भएपछि छोराछोरी भान्सामा नजाने कुरै हुँदैन । बच्चालाई बाहिर राखेर भान्साको ढोका बन्द गरेर काम गर्दा पनि उनीहरू मान्दैनन् ।

भान्सा कोठामा सुरक्षित रहनको लागि उत्तम उपाय भनेकै सतर्क रहनु हो । आफुले काम गरिरहँदा बच्चा कता के गर्दै छ ? भन्ने कुराको ध्यान राख्नुहोस् । यसो गर्दा सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ । 

तर, केही उपाय अपनाएर बालबालिकालाई भान्सा कोठामा पनि सुरक्षित राख्न सकिन्छ । 

  • बच्चाहरूले र्‍याकतिर समात्ने र सामान यत्रतत्र छर्ने गर्छन् । जसले गर्दा भान्सामा ठूलो समस्या निम्तिन सक्छ । जोखिमयुक्त सामान र फुट्ने सामान र्‍याकबाट झिकेर अग्लो स्थानमा राख्नुहोस् । यसो गर्दा बच्चाले सामान भेट्दैनन् र जोखिम न्यूनीकरण हुन्छ । 
  • घर्राहरूलाई बच्चाले खोल्न नसक्ने गरी बन्द राख्नुहोस् । बच्चाको उचाइसँग मिल्ने गरी घर्रा राख्दा उनीहरूले खोल्ने कोसिस गर्छन् र चोटपटक लाग्न सक्छ । घर्रा उनीहरूले भेट्ने ठाउँमा रहे पनि सुरक्षित तवरले बन्द गर्दा दुर्घटनाबाट बच्न सकिन्छ । 
  • धेरै सामान दराजभित्र रहने हुँदा दराजको ढोका पनि बच्चाका लागि खतरापूर्ण हो । प्रयोग नहुँदा दराजको ढोका लक गरेर राख्नुहोस् । यसो हुँदा बच्चाले त्यसको ढोका खोल्न सक्दैनन् । दुर्घटनाबाट जोगिन्छन् ।
  • भान्सा कोठाको झ्यालमा डोरी प्रयोग गरिएको पर्दा राख्नुभएको छ भने त्यसलाई बदल्नुहोस् । त्यस्ता डोरीमा बच्चा झुन्डिने वा घाँटीमा बेर्न सक्छन् । 
  • बिजुलीका स्विच, प्लग बच्चाका लागि खतरापूर्ण हुन्छन् । स–साना बच्चाले नजानेर त्यसमा औँला छिराउँदा करेन्ट लाग्न सक्छ । भान्सामा विभिन्न उपकरण प्रयोग गरिने हुँदा त्यहाँ बिजुलीका सकेट, स्विच बक्स धेरै चाहिन्छन् । स–साना बच्चालाई त्यसबाट सुरक्षित राख्न सावधानीका उपाय अपनाउनु अपरिहार्य हुन्छ । त्यसका लागि आउटलेट कभर भएका स्विच बक्स जडान गर्न सकिन्छ । प्लग नजोडिएको अवस्थामा सो आउटलेट कभर स्वतः बन्द हुने भएकाले बच्चाले औँला घुसार्न सक्दैनन् । 
  • भान्सा कोठामा सकभर टेबल क्लोथ, किस्ती र म्याट नराख्नुहोस् । भान्सामा आगो प्रयोग भइरहने हुँदा टेबलबाट त्यस्ता कपडा बच्चाले झिकेर आगोमा हाल्दिन सक्छन् । आगलागीको दुर्घटना निम्तिन सक्छ । म्याट पनि ग्रिप भएका रबरका प्रयोग गर्नुहोस्, जुन चिप्लिँदैन । 
  • माइक्रोओभनमा धेरै बटन हुन्छन् । बच्चाहरू जिज्ञासु स्वभावका हुने भएकोले ती बटन थिच्न मन पराउँछन् । माइक्रोओभनसम्म पुगे भने बच्चाले त्यसलाई खोल्न र खानेकुरा पकाउन खोज्छन् । सम्भव भएसम्म यस्ता उपकरणलाई बच्चाको पहुँचबाट टाढा राख्नुहोस् । यदि सम्भव छैन भने प्रयोग नभएको समयमा माइक्रोओभनको प्लग छुट्याएर राख्ने गर्नुहोस् । 
  • भान्साको फोहोर राखिएको डस्टबिनलाई खासै वास्ता गर्दैंनौं । तर, त्यो बच्चाहरूको लागि धेरै खतरायुक्त हो । सम्भव भएसम्म फोहोर राख्ने भाँडालाई सजिलै नदेखिने ठाउँमा लुकाएर राख्नुहोस् । बच्चाको पहँुच भएमा उनीहरूले फोहोरमा हात हाल्ने र खाइदिन सक्छन् । जुन स्वास्थ्यका हिसाब जोखिमपूर्ण छ । डस्टबिनको ढकनी सधैँ राम्रोसँग बन्द गरेर राख्नुहोस् । 
  • भान्सामा प्रयोग हुने सबै थरीका विद्युतीय उपकरणलाई बच्चाले नभेट्ने गरी अग्लो स्थानमा राख्नुहोस् । 
  • खाना पकाउँदा भाडा तल नखस्ने गरी चुल्होमा बसाल्नुहोस् । 
  • प्लास्टिकका झोला सकभर प्रयोग नगर्नुहोस् र घरमा पनि नराख्नुहोस् । किनभने, त्यसले निसासिने खतरा बढाउँछ । 
  • भान्सामा हुँदा बच्चा र तातो खानेकुरा वा पानी एकसाथ कहिल्यै पनि नबोक्नुहोस् । 
  • चक्कु, धारिलो हतियार, तिखा सामान, फुट्ने सामान सधैँ बच्चाले नभेट्ने गरी अग्लो ठाउँमा राख्ने गर्नुहोस् ।
  • भान्सा कोठामा सुरक्षित रहनको लागि उत्तम उपाय भनेकै सतर्क रहनु हो । आपूmले काम गरिरहेको समयमा बच्चा कता के गर्दै छ भन्ने कुराको ध्यान राख्नुहोस् । यसो गर्दा सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ । 
     

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत