यस्ता छन् अपार्टमेन्टमा बस्नुका फाइदा र बेफाइदाहरु

काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख शहरमा बसोबास गर्नेहरू बढेसँगै आवासको माग पनि उत्तिकै बढेको छ । थोरै जग्गा भएको ठाउँमा सबैका लागि एकल घर सम्भव हुँदैन । त्यस्तो अवस्थामा गगनचुम्बी अपार्टमेन्ट उपयुक्त विकल्प हुन् । 

95D25BC51BC46C4-DownTown-Apartment.jpg

विदेशमा सामूहिक आवासको अवधारणा पुरानो भइसक्यो । गगनचुम्बी एउटै अपार्टमेन्टभित्र सयौँ परिवार बसोबास गर्छन् । मान्छेको चाप बढी हुने शहरमा व्यवस्थित आवास भनेकै ‘हाई–राइज अपार्टमेन्ट’ हुन् ।

तर, नेपालमा अझै पनि अपार्टमेन्ट कल्चर खासै विकास भइसकेको छैन । भर्खर–भर्खर अपार्टमेन्ट कल्चर विकास हुँदै थियो, २०७२ सालको विनाशकारी भूकम्पले हल्लाइदियो । 

भूकम्पको झड्काले हल्लिँदा पनि एकाधबाहेक अधिकांश अपार्टमेन्ट सुरक्षित ठहरिए । तर, सरकारले भूकम्पपछि ऐन परिवर्तन गरेर अग्ला भवन बनाउँदा पिरामिड शैली अपनाउनुपर्ने व्यवस्था गरेपछि नयाँ अपार्टमेन्ट बन्न सकेका छैनन् । पुराना स्टक अपार्टमेन्ट करिब–करिब सकिइसकेका छन् । 

पछिल्लो समय नेपालमा पनि हाई–राइज अपार्टमेन्टमा बस्न चाहनेहरू बढ्न थालेको जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठ बताउँछन् । तर, खरिद गर्नका लागि अपार्टमेन्ट स्टकमा छैनन् । 

आवास विज्ञ किशोर थापा भन्छन्, ‘शहरमा व्यवस्थित बस्ती विकासको सबैभन्दा उपयुक्त माध्यम भनेकै गगनचुम्बी अपार्टमेन्ट हो,’ उनी भन्छन्, ‘तर, नेपालमा एकल घरमा बढी आकर्षण देखिँदा डेभलपर पनि सामूहिक आवासअन्तर्गत एकल बंग्लो निर्माणमा जोड दिइरहेको देखिन्छ ।’

काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख शहरमा बसोबास गर्नेहरू बढेसँगै आवासको माग पनि उत्तिकै बढेको छ । थोरै जग्गा भएको ठाउँमा सबैका लागि एकल घर सम्भव हुँदैन । एकल घर खरिद गर्न मूल्य पनि अत्यधिक चर्को पर्न जान्छ ।

‘मानिसमा अग्ला भवनमा बस्ने चाहना वृद्धि भएसँगै देशका प्रमुख शहरमा अपार्टमेन्ट बसाइको चलनमा व्यापक वृद्धि गर्नुपर्ने हुन्छ,’ आवास विज्ञ थापा भन्छन्, ‘त्यसका लागि निजी क्षेत्रसँगै सरकार पनि तात्नुपर्ने हुन्छ ।’ 

भवन विभागका अनुसार नेपालमा दुई दशकको अवधिमा ३९ अपार्टमेन्ट निर्माण सम्पन्न भएका छन् । चार दर्जन हाराहारी अपार्टमेन्ट निर्माणाधीन अवस्थामा छन् । जसमध्ये कुल सात हजार हाराहारी आवास तयार हुनेछन् ।

अग्ला अपार्टमेन्ट निर्माणले शहरको परिदृश्यलाई द्रुत रूपमा परिवर्तन हुने थापा बताउँछन् । ‘अग्ला अपार्टमेन्टमा बस्नुका फाइदा धेरै छन्,’ उनी भन्छन्, ‘केही बेफाइदा पनि नभएका होइनन् ।’ 

यदि तपाईं अग्ला भवनमा बसोबास गर्न खोजिरहनुभएको छ भने अपार्टमेन्टका फाइदा र बेफाइदाबारे जानकार हुनु राम्रो हुन्छ । 

अपार्टमेन्ट बस्नुका फाइदा

अत्याधुनिक सेवासुविधा 

अपार्टमेन्ट भनेको संयुक्त आवास हो । एउटै अपार्टमेन्ट परियोजनाभित्र सयौँ परिवार बस्नुपर्ने हुन्छ । अपार्टमेन्टमा अत्याधुनिक सुविधा हुन्छन् । जुन सामूहिक रूपमा प्रयोग गर्न पाइन्छ, यति सुविधा एकल घरमा भने सम्भव हुँदैन । 

बिजुली ब्याकअप, उच्च गतिको लिफ्ट, सुरक्षा गार्ड, सीसी टीभी क्यामरा, खुला ठाउँ, खेल मैदान, व्यायामशाला, पौडी पोखरी, सपिङ मार्ट, सुन्दर बगैँचा, एटीएम लाउन्ज, मुभी थिएटरलगायत सुविधा अपार्टमेन्ट परियोजनामा पाइन्छन् ।  

मीनमान श्रेष्ठका अनुसार यस्ता अत्याधुनिक सुविधाले त्यहाँ बस्नेहरूको दिनचर्यालाई सहज बनाउँछ । ‘एकल घरमा पानी, बिजुली, ढललगायत सबै कुरा आफैँ हेर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘अपार्टमेन्टमा सबै व्यवस्थापनले हेरिदिन्छ । फ्ल्याटभित्रका सेवासुविधाबाहेक अन्यत्र ध्यान दिनु पर्दैन ।’

वहन गर्न सकिने मूल्य

एकल घरको तुलनामा अपार्टमेन्टको मूल्य धेरै कम हुन्छ । कम आम्दानी हुनेले पनि अपार्टमेन्ट किनेर बस्न सक्ने श्रेष्ठ बताउँछन् । भन्छन्, ‘कम आम्दानी हुनेहरूका लागि एक बेडरुमका अपार्टमेन्ट पनि किन्न पाइन्छन् । कमाइ बढ्दै गएमा दुई बेडरुम, तीन बेडरुम अपार्टमेन्टमा सिफ्ट हुन सकिन्छ ।’

काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख शहरमा बसोबास गर्नेहरू बढेसँगै आवासको माग पनि उत्तिकै बढेको छ । थोरै जग्गा भएको ठाउँमा सबैका लागि एकल घर सम्भव हुँदैन । त्यस्तो अवस्थामा गगनचुम्बी अपार्टमेन्ट उपयुक्त विकल्प हुन् । 

एकल घर खरिद गर्न मोटो रकम लगानी गर्नुपर्ने हुन्छ । घरभित्र सेवासुविधा थप्नका लागि अतिरिक्त रकम खर्च गर्नुपर्छ । सानो क्षेत्रफलमा बनेको घरमा धेरै सेवासुविधा चाहेर पनि राख्न सकिँदैन ।

आकर्षक दृश्य 

अग्ला भवनमा बस्नुको सबैभन्दा ठूलो लाभ भनेको त्यहाँबाट गर्न सकिने सुन्दर दृश्यावलोकन हो । आफ्नो निवासमा आरामसँग बसेरै शहरका दृश्य नियाल्न सकिन्छ । जुन दुई/अढाई तलाका घरबाट सम्भव छैन । अग्लो भवनबाट आकर्षक दृश्यावलोकनका लागि पनि मान्छेहरू पछिल्लो समय अग्ला भवनमा बसोबास गर्न चाहिरहेको नेपालभूमि रियलस्टेट एजेन्सीका सञ्चालक विक्रम लामा बताउँछन् । 

केन्द्रीय स्थान

अग्ला अपार्टमेन्ट भवन प्रायः शहरको केन्द्रमै बनेका हुन्छन् । लोकेसनका हिसाबले ‘प्राइम’ ठाउँ हुने भएकोले अपार्टमेन्ट बसाइ उपयुक्त हुन सक्छ । यदि केन्द्रमा बनेको अपार्टमेन्ट किन्ने पैसाले एकल घर खरिद गर्नुपर्दा शहरको धेरै बाहिर पुग्नुपर्ने हुन्छ । अपार्टमेन्ट पनि विभिन्न रेन्जमा उपलब्ध हुन्छन् । आफ्नो बजेटअनुसार किन्न सकिन्छ ।

शहरी क्षेत्रमा आवासका लागि अग्ला भवन निर्माण गरिनुको उद्देश्य भनेको शहरी विस्तारलाई नियन्त्रण गर्नु पनि हो । यसैले पनि अधिकांश अग्ला अपार्टमेन्ट भवन शहरको प्रमुख केन्द्रमा निर्माण गरिएका हुन्छन् । मध्यभागमा बसोबास गर्नाले छिटै र सजिलै शहरका प्रमुख ठाउँमा पुग्न र सेवासुविधा उपभोग सहजै गर्न सकिन्छ । 

मजबुत सुरक्षा प्रणाली

सुरक्षित बसोबास सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यो सुविधा सामूहिक आवासभित्र पाइन्छ । श्रेष्ठका अनुसार अपार्टमेन्ट परियोजनाभित्र सुरक्षा प्रणाली मजबुत हुन्छ । अपार्टमेन्टसम्म पुग्नका लागि पहिला मेन गेट पार गर्नुपर्ने हुन्छ । त्यहाँ सुरक्षा गार्ड तैनाथ हुन्छन् । त्यसपछि दोस्रो गेट पार गर्नुपर्छ । ठाउँ–ठाउँमा सीसी टीभी क्यामरामार्फत निगरानी भइरहेको हुन्छ । अपार्टमेन्टमा पुग्नका लागि लिफ्ट चढ्नुपर्ने हुन्छ ।

अपार्टमेन्टको आफ्नै मजबुत ढोका हुन्छ । गलत नियत राख्नेका लागि पनि यी सबै पार गरेर अपार्टमेन्टसम्म पुग्न त्यति सम्भव हुँदैन ।

हेरचाहमा सजिलो

अहिले काम गर्ने मान्छे पाउन मुश्किल छ । यदि तपाईंले घर किन्नुभयो भने सरसफाइका लागि पनि काम गर्ने मान्छे राख्नुपर्ने हुन्छ । अपार्टमेन्टको बाहिरी कमन स्पेसमा आफूले ध्यान दिनु पर्दैन, सबै व्यवस्थापनले गरिहाल्छ । अपार्टमेन्टभित्र मात्र सरसफाइ गर्न त्यति समस्या हुँदैन । 

अपार्टमेन्टको अर्को विशेषता घर छाडेर जति दिन पनि बाहिर जान सकिन्छ । चोरीको डर हुँदैन ।

बुढेसकालमा सहज

मान्छे जति बूढो हुँदै जान्छ त्यति घुँडा दुख्ने, श्वास प्रश्वासलगायत समस्या देखिन थाल्छन् । घरमा भ¥याङ चढेर तलमाथि गर्न पनि समस्या हुन्छ । यस्तो बेलामा हाई–राइज भवनमा बस्दा लिफ्टबाट तलमाथि गर्न पाइन्छ । 

बिमा सुविधा

एकल घरको बिमा गर्ने चलन नेपालमा छैन । तर, संयुक्त आवासको इन्सोरेन्सस गरिएको हुन्छ । केही गरी अपार्टमेन्ट भत्किएमा वा आगलागी भएमा इन्सोरेन्सबाट क्षतिपूर्ति भर्न पाइन्छ ।

अपार्टमेन्ट बस्नुका बेफाइदा

सम्झौतापूर्ण बसोबास

संयुक्त आवासभित्र सयौँ परिवार भएपछि केही सम्झौता गर्नैपर्ने हुन्छ । सेवासुविधा उपभोग गर्न त पाइन्छ तर सबैले मिलेर गर्नुपर्ने हुन्छ । 

कोलाहलयुक्त छिमेक 

अग्ला अपार्टमेन्टमा बसेपछि सबैले कोलाहलयुक्त छिमेकको सामना गर्नुपर्ने हुन्छ । समुदायमा बसिसकेपछि हो–हल्ला गर्ने वा झगडालु छिमेकी परेमा जहिल्यै कोलाहल भोग्नुपर्छ । 

अग्ला भवनमा धेरै अपार्टमेन्टको लागि साझा प्रवेशद्वार र कोरिडोर बनाइएको हुन्छ । धेरै मानिसको साझा स्वामित्व रहने भएकोले कोलाहल हुने सम्भावना अत्यधिक हुने नेपालभूमिका लामा बताउँछन् । 

पूर्ण स्वामित्व नहुनु

एकल घरमा जग्गासहित सम्पूर्ण क्षेत्रको एकल स्वामित्व र उत्तरदायित्व हुन्छ । तर, अपार्टमेन्टमा बस्नका लागि पूरै भवन नभएर केही निजी भाग र साझा क्षेत्रको केही अंश मात्र खरिद गर्न पाइन्छ । अपार्टमेन्टमा कुनै पनि सुविधा अधिकार उपभोग गर्न कसैसँग साझेदारी गर्नुपर्छ । अपार्टमेन्टमा स्विमिङ पुल, ग्यारेज, बगैँचा, हेल्थ क्लबलगायत सुविधा भए पनि एकल स्वामित्व हुँदैन । अपार्टमेन्टमा बसोबास गर्ने सबैले बराबरी प्रयोग गर्नुपर्छ । 

साँघुरो ठाउँ

अपार्टमेन्ट बसाइ निकै साँघुरो हुन्छ । ठूलो परिवारका लागि उपयुक्त हुँदैन । ठूलो क्षेत्रफलका अपार्टमेन्ट नपाइने होइन, तर ती अपार्टमेन्ट किन्ने पैसाले राम्रै अढाई तले घर किन्न सकिन्छ । 

महँगो मूल्य

विदेशमा अपार्टमेन्ट निकै सस्तो मूल्यमा किन्न पाइन्छ । तर, नेपालमा ठीकठीकै अपार्टमेन्ट किन्न पनि करोड रुपैयाँभन्दा बढी हाल्नुपर्छ । अलि राम्रो अपार्टमेन्ट किन्नु पर्दा डेढ करोड रुपैयाँसम्म पुग्नुपर्छ । यो रकममा शहरबाट अलि बाहिर निजी घर किन्न वा बनाउन सकिन्छ ।

अतिरिक्त व्यवस्थापन शुल्क

अपार्टमेन्टको कमन स्पेस मर्मतसम्भारको जिम्मेवारी व्यवस्थापनले लिएको हुन्छ । तर, तपाईंबाट अप्रत्यक्ष रूपमा शुल्क असुल गरिएको हुन्छ । कतिपयले मासिक, वार्षिक रूपमा शुल्क लिन्छन् भने कतिपय अपार्टमेन्टले पहिल्यै मर्मतसम्भार र पार्किङ शुल्क असुली सकेका हुन्छन् । 

गोपनीयताको अभाव

अपार्टमेन्ट बसाइले मानिसको गोपनीयतालाई धेरै प्रभाव पारेको हुन्छ । अपार्टमेन्टमा घरमा झैँ निस्फिक्री गफगाफ गर्न पाइँदैन । 

आफूखुशी सुधारको अधिकार हुँदैन

व्यक्तिगत घरमा आफूले चाहेको खण्डमा मर्मतसम्भार र विस्तारको काम गर्न पाइन्छ । तला थप्न पनि सकिन्छ । तर, अपार्टमेन्टमा चाहेजस्तो डिजाइन थप्ने वा संरचना विस्तार गर्ने कुनै पनि कार्य स्वेच्छाले गर्न पाइँदैन । त्यसका लागि सरोकारवालासँग स्वीकृति लिनुपर्छ र अनुमतिका लागि विभिन्न प्रक्रियामा जानुपर्ने हुन्छ । 

मर्मतका समस्या 

रसाउने र ओसिलो पर्खाल धेरैजसो अपार्टमेन्टका मालिकले भोग्ने समस्या हो । अग्ला भवनका परिसरमा यस्ता धेरै अपार्टमेन्ट हुने र मानिसको चाप धेरै हुने भएकाले यस्ता समस्याको समाधान गर्न समय लाग्ने र कठिनाइ आउने गर्छ ।

सुरक्षा खतरा

अग्ला भवनमा बिजुली र आगोको जोखिम बढी हुन्छ । बिजुली सट हुँदा अपार्टमेन्टमा आगलागी हुँदा धनजनको क्षति हुन सक्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

A849A3FD60CAB53-Grande Tower.jpg

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि

16E2CBDE836B3FF-192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं

192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

फ्ल्याटसँगै जग्गा हस्तान्तरण नहुँदा ७२ अपार्टमेन्टका १२ हजार घरधनी जग्गाको स्वामित्व बिहीन