खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं

दुई लाख डलरभन्दा धेरै लगानी गर्ने वा नेपालको बैंकमा निक्षेप राख्ने विदेशी लगानीकर्तालाई घर वा फ्लाइट खरिद गर्न दिने

367B408218B985F-icon.png
566views
16E2CBDE836B3FF-192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

काठमाडौै । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालमा विदेशी नागरिकलाई आपर्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न सुझाव दिएको छ । 

आयोगले पटक पटक बजेट वक्तव्यमा उल्लेख गरे तापनि विदेशी लगानीकर्तालाई आवास खरिद गर्ने अधिकार अहिलेसम्म कानूनत प्रदान नगरिएको प्रतिवेदनमा उल्लेख गरेको छ । 

यस्तै, वैदेशिक लगानीकर्तालाई सहज वातावरण तयार गर्न दुई लाख अमेरिकी डलरभन्दा बढी लगानी गर्ने वा नेपालको बैंकमा निक्षेप राख्‍ने लगानीकर्तालाई निश्चित शर्तको अधिनमा आवास प्रयोजनका लागि घर वा फ्लाट खरिद गर्न पाउने व्यवस्था गर्न आयोगको सुझाव छ ।

तर, नेपालमा आवश्यक कानुनी व्यवस्था गर्न नसक्दा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न दिने सरकारी योजना अलपत्र परेको छ ।

तत्कालिन अर्थमन्त्रीले आर्थिक वर्ष ०७२/७३ को बजेटमै विदेशी नागरिकले नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेका थिए ।

यस्तै आव ०७९/८० को बजेटमा पनि १०० भन्दा बढी युनिट रहेका अपार्टमेन्टलाई बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा अपार्टमेन्ट बिक्री गर्न अनुमति दिने कानुनी व्यवस्था गरिने उल्लेख थियो । तर, कार्यान्वयनमा आउन सकेन ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल जग्गा तथा आवास विकास महासंघलगायत निजी क्षेत्रका संघसंस्थाले वर्षौंदेखि विदेशी नागरिकलाई आपर्टमेन्ट बिक्री गर्न पाउनुपर्ने माग राख्दै आइरहेको छ । यसका लागि कानूनी व्यवस्था गरिदिन पटक पटक माग राख्दा पनि सरकारले प्रकृया अगाडि बढाउन सकेको छैन ।

अहिले उच्चस्तरीय आर्थिक सुझाव आयोगले सरकारलाई विदेशीलाई फ्ल्याट वा घर खरिद गर्न पाउने व्यवस्था गर्न सुझाव दिएको छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

A849A3FD60CAB53-Grande Tower.jpg

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि