व्यवसायमा सफल हुन पालना गर्नुपर्ने वास्तु, यी हुन् जान्नै पर्ने टिप्स

व्यवसायिक प्रतिष्ठान बनाउँदा कर्पोरेट वास्तुअनुसार निर्माण गरेमा व्यापारिक सफलता प्राप्त हुन्छ । कर्पोरेट वास्तुअनुसार अफिसमा कुन र कस्तो खालको वास्तु प्रयोग गर्ने सम्बन्धमा हामी चर्चा गर्न गइरहेका छौं ।

88DB1233992CD0C-office-Final.jpg

व्यवसायिक उन्नतिका लागि कार्यालय, व्यवसाय जगतमा स्थापित वास्तुसम्मत नियमहरुको पालना गरी व्यापारमा सुख शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ ।

व्यवसायिक प्रतिष्ठान बनाउँदा कर्पोरेट वास्तुअनुसार निर्माण गरेमा व्यापारिक सफलता प्राप्त हुन्छ । कर्पोरेट वास्तुअनुसार अफिसमा कुन र कस्तो खालको वास्तु प्रयोग गर्ने सम्बन्धमा हामी चर्चा गर्न गइरहेका छौं ।

दक्षिण–पूर्वमा भान्छाकोठा बनाउन उपयुक्त हुन्छ । उत्तर–पूर्वमा पानीको स्रोत इनार, पानीको ट्यांकी, धारा बनाउन राम्रो हुन्छ । 

दक्षि–पश्चिम दिशामा मूल व्यक्तिको विचार परामर्श क्षेत्र वा मुख्य व्यक्तिको बस्ने ठाउँ वा कम्पनीका कार्यकारी अध्यक्ष तथा प्रबन्ध निर्देशकका लागि कोठा बनाउन सकिन्छ ।

पूर्व या उत्तर फर्केर कार्यकारी अध्यक्ष वा सिइओ बसे भने सबै किसिमका सुखसमृद्धि प्राप्त हुन्छ । आरा मगर्ने कोठा पनि पश्चिमपट्टी बनाउन सकिन्छ ।

सौचारय पूर्व या पश्चिम फर्केर बस्नु हुँदैन । छतमा पानीको ट्यांकी पश्चिमपट्टि राख्दा शुभ रहन्छ । व्यापारको प्रकृति हेरेर सामाग्रीहरु भण्डारण गर्ने स्थान उत्तरपट्टि वायव्य कोण शुभ मानिन्छ ।

कार्यालयको बनावट

  1. कार्यालयभित्र सिलाइ मेसिन, दराज तथा भारी सामानहरु कोठाको दक्षिणतर्फ राख्नुपछृ ।
  2. बैठक कोठाको सोफा ईशान कोणमा राख्नु हुँदैन ।
  3. भायुक्त प्राविधिक सामानहरु घर वा अफिसको उत्तरपूर्व इशान कोणमा राख्नु हुँदैन ।
  4. खाना खाँदा उत्तर, पश्चिम वा पूर्व फर्केर बस्नुपर्छ । सामूहिक स्थितिमा सबैतिर फर्केर खान सकिन्छ ।
  5. गाडी पार्किङ दक्षिण या पश्चिमतर्फ गर्नुपर्छ ।
  6. अग्ला रुख अफिसको दक्षिण या पश्चिममा लगानुपर्छ ।
  7. घर, पसल, व्यापारिक कम्पलेक्स किन्नु या बनाउनुपूर्व त्यसको चारैतिरको बनावट, वातावरण र ढाँचा अवलोकन गर्नुपर्छ । छेउछाउमा होहल्ला तथा फोहोर हुनुहुँदैन ।
  8. भूमिको नजिक स्मशानघाट, ढल, वर्कसप नभएमा राम्रो मानिन्छ ।
  9. बिजुलीको खम्बा, ट्रान्समिटर, भूमिको कुनै पनि परिधिमा हुनुहुँदैन ।
  10. गोदाम भवन वायव्य कोणमा बनाउनु पर्छ ।
  11. सुरक्षा गार्डको आवास या बस्ने कोठा आग्नेय कोणमा बनाउनु पर्छ ।
  12. रिसेप्सन, मन्दिर एवं पुजागृह इशान कोणमा बनाउनु पर्छ ।
  13. फ्याक्ट्रीको नजिकै मन्दिर बनाउने हो भने मन्दिरको साइज फ्याक्ट्रीभन्दा सानो हुनुपर्छ । साथै, इशानमा मन्दिरको साइजको पाँच गुण भूमि खाली राख्नुपर्छ ।
  14. व्यवसायिक भवनको नैऋत्य कोण अग्लो र इशान कोण होचो हुनुपर्छ ।
  15. कर्मचारी आवास पश्चिमतर्फ बनाउनु पर्छ ।
  16. सेफ्टी ट्यांकी पश्चिम दिशामा बनाउनु पर्छ ।
  17. कच्चा सामाग्री दक्षिणपूर्वी दिशामा राख्नु हुँदैन ।
  18. मुख्य सभाकक्ष उत्तर या वायव्य कोणमा बनाउनु पर्छ ।
  19. सभाकक्षको पूर्वतिरको भाग लामो हुनुपर्छ ।
  20. चौकिदार या सुरक्षाकर्मीको कोठा आग्नेय कोणमा बनाउन सम्भवन नभएमा उत्तरतर्फ फर्काएर पश्चिमपट्टि व पूर्वतर्फ फर्काएर दक्षिपट्टि बनाउनु पर्छ ।
  21. वायव्य कोणमा सुरक्षाकर्मीको कोठा बनाएर अग्निभय र चोरभय हुन सक्छ ।
  22. कुनै पनि संस्था वा व्यापरिक केन्द्रका प्रमुख व्यक्ति वा अध्यक्षको कार्यालय नैऋत्यकोणमा बनाउनु पर्छ ।
  23. कुनै पनि संस्थान वा व्यापारिक केन्द्रको अर्थ प्रशासन हेर्नेहरुको लागि नैऋत्य कोण या उत्तरपट्टि अथवान ईशान कोणमा बनाउनु पर्छ ।
  24. बजार प्रतिनिधि, अस्थायी कर्मचारी, सहयोगी कामदारका कार्यालय वा अस्थाई बसाइका लागि वाव्य कोणमा उपयुक्त हुन्छ ।
  25. स्वागत र पुजा कोठाका लागि सर्वाधिक उत्तम कोण इशान मानिन्छ । तर, प्रर्याप्त खाली स्थान हुनु आवश्यक छ ।
  26. ढुकुटी इशान वा पूर्वी भागमा राख्नु पर्छ ।
  27. कतिपय उद्योगधन्दा वा फ्याक्ट्रीका लागि प्रयोग हुने कच्चा पदार्थ अग्नीजन्य भए आग्नेय कोणमा, माटोजन्य भए पूर्वमा, पानीजन्य भए उत्तर वा पश्चिममा, फलामजन्य भए दक्षि र कागज वा रुवाजन्य पदार्थ वा बहुमूल्य रत्नहरु भए उत्तर कोणमा राख्नुपर्छ ।
  28. कार्यकारी प्रमुख अफिसमा बस्दा उत्तर या पूर्व पर्किएर बस्नुपर्छ ।
     

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

चालू आवमा रियल इस्टेट क्षेत्रको वृद्धिदर पाँच वर्षयताकै उच्च रहने प्रक्षेपण

निर्माण उद्योग अझै मन्दीमै, चालू आवमा २.०७५ ऋणात्मक रहने प्रक्षेपण

यस्तो बन्दैछ रारामा लक्जरी रिसोर्ट, अष्ट्रेलियन लगानी भित्रिँदै (फोटोफिचर)

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरेका शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

6283D393CB1F30A-home-final.jpg

घर निर्माण सुरु गर्नुभन्दा पहिले वास्तु मिलाउन ध्यान दिनुपर्ने कुराहरु

E8006BD865E46F0-Bathroom-Final.jpg

यस्तो हुन्छ वास्तु मिलेको वाथरुम, बाशुदेव शास्त्रीका १० टिप्स

5BFFADB5B645651-home.jpg

वास्तु मिलेको घरमा बस्दा सुख, सौभाग्य र आयु आरोग्यमा वृद्धि