कसरी बनाउने भूकम्प धान्ने बलियो घर ? तपाईंले बुझ्नैपर्ने यी उपाय !

तपाईंले आफ्नो घर सिंगारेर जतिसुकै सुन्दर बनाएपनि स्ट्रक्चर बलियो बनाउनु भएन भने घर मजबुत बन्दैन । भूकम्पको जोखिम कम गर्नका लागि पनि घरको जगदेखि माथिल्लो तलासम्मको स्ट्रक्चर निर्माणमा विशेष ध्यान दिनुपर्ने केएसएम सर्भिसेज प्रालिका सञ्चालक नृपेश तण्डुकार बताउँछन् ।

367B408218B985F-icon.png
1119views
3E075F4A37F5716-KSM design.PNG

तपाईंले आफ्नो घर सिंगारेर जतिसुकै सुन्दर बनाएपनि स्ट्रक्चर बलियो बनाउनु भएन भने घर मजबुत बन्दैन । भूकम्पको जोखिम कम गर्नका लागि पनि घरको जगदेखि माथिल्लो तलासम्मको स्ट्रक्चर निर्माणमा विशेष ध्यान दिनुपर्ने केएसएम सर्भिसेज प्रालिका सञ्चालक नृपेश तण्डुकार बताउँछन् ।

भवन आवासिय र कमर्शियल गरी दुई प्रकारका हुन्छन् । अहिले हामी तपाईंलाई आवासिय घर बनाउँदा कस्तो स्ट्रक्चर बनाउनुपर्छ भनेर जानकारी गराउँदै छौं ।

जबसम्म जग बलियो हुँदैन तबसम्म घर बलियो हुँदैन । स्ट्रक्चर डिजाइन कम्पनी केएसम सर्भिसेजका सञ्चालक तण्डुकारका अनुसार घडेरीमा पुरेको कमजोर माटो फालेर जमिनमा कम्तिमा ५ फिट गहिरो खाडल खनेर जग बसाल्नुपर्ने हुन्छ । 

भूकम्पअघि घर बनाउँदा डबल टाइबिम गर्नु पर्दैनथ्यो । जब भूकम्पको झड्काले धेरै घरहरु भत्किए, सरकारले भवन निर्माण मापदण्ड परिवर्तन गरेर डबल टाइबिम गर्न अनिवार्य व्यवस्था गरेको छ । तण्डुकारका अनुसार अहिले सिंगल टाइबिमका घरको नगरपालिकाले नक्सा पास नै गर्दैैन ।

जमिनमुनि हात्तीपाइले ढलान गरेपछि त्यसैसँग टाँसेर बिम बनाइन्छ जसलाई  लोअर टाइबिम भनिन्छ । लोअर टाइबिमले घरका सबै हात्तिपाइलेलाई बलियोसँग बाँधेर राख्‍ने काम गर्छ । यदि छिमेकीको घर वा जग्गासँग टाँसिएर पिल्लर ठडाउँदै हुनुहुन्छ भने अलि ठूलो बिम बनाउनुपर्छ ताकी घरको लोड सहजै थाम्न सकोस् ।

अपर टाइबिम भनेको डिपिसी हो । घरका चारैतिरका सबै पिलरलाई बाँध्नका लागि दोस्रो टाइबिम बनाइन्छ । लोअर र अपर टाइबिमको बिचमा खाली भाग हुन्छ । दुबै टाइबिमको बिचको भागमा भित्र र बाहिरबाट बलियो वाल लगाउनुपर्छ । तण्डुकार भन्छन्, ‘कतिपयले खर्च जोगाउन दुईवटा टाइबिमको बिचमा वाल लगाउन खोज्दैनन्, त्यसो गर्दा घर बलियो हुँदैन ।’

यति गरिसकेपछि भुइँको काम सकियो । सरकारले तोकेको मापदण्ड पालना गरेर जमिनमुनि हात्तीपाइले र डबल टाइबिम गरेपछि घरको जग बलियो हुने तण्डुकार बताउँछन् । 

भूकम्पअघि घरको पिलर ९ बाई ९ इन्च, १२ बाई १२ इन्च वा जतिको पनि बनाउन सकिन्थ्यो । नगरपालिकाले सजिलै नक्सा पास गरिदिन्थ्यो । तर, भूकम्पपछि न्यूनतम १२ बाई १२ इन्चको पिलर बनाउनै पर्ने मापदण्ड तोकेको तण्डुकार बताउँछन् । अझ स्ट्रक्चर डिजाइन पनि गरिेको हुनुपर्छ नत्र नक्सा पास हुँदैन ।

भुइँचालोपछि सरकारले नयाँ नेशनल बिल्डिन कोड (एनबीसी) निकालेको छ, एनबीसी २०५ कोडभित्र रहेर घर बनाउँदा स्ट्रक्चर डिजाइन गर्नु पर्दैन, त्यो कोडमा घर बनाउँदा यति पिलर बिममा यति डन्डी, यति सिमेन्ट, गिट्टी, बालुवा राख्ने भनेर तोकेको छ’ तण्डुकार भन्छन्, ‘तर, त्यो कोडभन्दा बाहिर भिन्न डिजाइन घर बनाउन परेमा स्ट्रक्चर डिजाइन अनिवार्य गर्नुपर्छ ।’ 

उनका अनुसार सामन्यतया बिमभन्दा पिलर बलियो बनाउन पर्छ। पिलरले पुरै घरको लोड थामिरहेको हुन्छ, कमजोर हुने वित्तिकै भवन गर्लाम गुर्लुम ढल्न सक्छ । घरको स्ट्रक्चर डिजाइन गर्दा बिमभन्दा पिलरको साइज ठूलो वा बलियो बनाइन्छ । तपाईं हामीले घर बनाउँदा यसतर्फ पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।

पहिला आवासिय घरहरुमा ४ इन्चको ढलान गरिन्थ्यो । अहिले ५ इन्चको ढलान गरिन्छ । ढलान मोटो हुँदा आगलागी वा पानी चुहिने लगायत समस्याहरु कम हुन्छन् । मोटो ढलानमा भाइब्रेन्ट कम आउँछ । एउटा तलाको आवाज अर्को तलामा पुग्न पनि पाउँदैन ।

ढलानमा डन्डी बाँध्‍ने प्रकृया पनि फरक भएको छ। पहिलो एउटा लेयर जाली बिच्छाएर डन्डी बाँधी ढलान गरिन्थ्यो। अहिले दुईवटा लेयरमा जाली विच्छाएर डन्डी बाँधिन्छ ।

तस्वीर: KSM Services (www.ksmnepal.com

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

750EE5C9584F9AE-118A1840.JPG

घरमा राम्रो गेट कसरी छनौट गर्ने? यस्ता छन् नेपाली बजारमा चलेका गेट