देशभरका मालपोत कार्यालय अनलाइन प्रणालीमा, कागजी ढड्डा युगबाट डिजिटल युगमा प्रवेश

देशभरका भूमिसुधार तथा मालपोत कार्यालयहरुमा अनलाइन प्रणाली लागू भएको छ । 

367B408218B985F-icon.png
1839views
A838C717AA864C8-222.jpg

काठमाडौं । देशभरका भूमिसुधार तथा मालपोत कार्यालयहरुमा अनलाइन प्रणाली लागू भएको छ । 

मुलुकका ७७ जिल्लामा रहेका १२६ मालपोत कार्यालयमध्ये १८ वटा मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू भएको थिएन । विभिन्न जिल्लामा रहेका १०८ मालपोत कार्यालयमा मात्र अनलाइन प्रणाली लागू भएको थियो ।

यसअघि अनलाइन प्रणालीमा नजोडिएका डोल्पा, मुगु, रुकुम पश्चिम, मनाङ, मझगवा रुपन्देही, मजुवाबजार, गुल्मी, सिर्दिबास गोर्खा र खोटाङ बजारस्थित ८ वटा मालपोत कार्यालयहरुमा बुधबार भर्चुअल माध्यमबाट भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस)को शुभारम्भ गरेसँगै सबै मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा गएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

‘गत बर्षसम्म १०८ मालपोत कार्यालयहरुमा यो प्रणाली सञ्चालनमा आएकोमा यस आर्थिक बर्षमा बाँकी १८ मालपोत कार्यालयमा यो सेवा विस्तार गरिएको छ’ उनले भने, ‘०७२ साउन २५ गते पहिलो पटक मालपोत कार्यालय कलंकीबाट सुरु गरिएको अनलाइन सेवाले ०७८ असार २३ गते पूर्णता पाएको छ ।’

सबै मालपोत कार्यालय आधुनिक प्रविधिमा गएसँगै जग्गा प्रशासनमा उल्लेख्य सुधार आउने अपेक्षा विभागको छ । कागजी प्रकृयाबाट चल्दै आएका मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा गएसँगै देशभरको जग्गा प्रशासन डिजिटल युगमा प्रवेश गरेको छ ।

विभागले सबै मालपोत कार्यालयलाई डिजिटलाइज गरेसँगै सेवाग्राहीले आफ्नो घरजग्गाको विवरण मोबाइल एपमै हेर्न सक्ने बताएको छ । विभागले आफ्नो सिष्टमलाई नागरिक एपमा पनि जोड्ने तयारीमा छ । त्यसपछि सेवाग्राहीले आफ्नो घरजग्गाको क्षेत्रफल, सँधियार, रोक्का, राजश्व लगायतका विवरण नागरिक एपबाटै हेर्न सक्नेछन् । 

यसअघि नापी विभागले पनि आफुलाई डिजिटल प्रणालीमा लैजाने प्रयास स्वरुप ‘मेरो कित्ता’ सुरु गरिसकेको छ । काठमाडौं उपत्यकाका नापी कार्यालयबाट सुरु भएको यो प्रणालीबाट आफ्नो जग्गाको अनलाइनबाटै नक्सा प्रिन्टदेखि शुल्क बुझाउनसम्म सकिन्छ । नापी विभागले क्रमशः देशैभरीका नापी कार्यालयमा यो सेवा विस्तार गर्ने बताएको छ ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?