यी हुन् नेपाली बजारमा पाइने पाँच प्रकारका रेलिङ, तपाईंलाई कुन उपयुक्त ?

घरको भर्याङ, बाल्कोनी, टेरेस, बार्दली, छत आदि क्षेत्रमा हामी रेलिङ लगाउँछौं। यसको उद्देश्य भनेको परिवारका सदस्यहरु कोहि कसैलाई पनि दुर्घटना नहोस् भन्‍ने हुन्छ । रेलिङ लगाउँदा यसको हाइट, म्याटेरियल आदि गुणले यसको सार्थकता निर्भर गर्छ ।

367B408218B985F-icon.png
2524views
122ECCED1C1CD94-Reling.jpg

घरमा रेलिङ लगाउनु भनेको सुरक्षाको प्रत्याभुतिका लागि हो । सँगै यसले घरको आन्तरिक तथा बाह्य सजावटमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । 

घरको भर्याङ, बाल्कोनी, टेरेस, बार्दली, छत आदि क्षेत्रमा हामी रेलिङ लगाउँछौं । यसको उद्देश्य भनेको परिवारका सदस्यहरु कोहि कसैलाई पनि दुर्घटना नहोस् भन्‍ने हुन्छ । रेलिङ लगाउँदा यसको हाइट, म्याटेरियल आदि गुणले यसको सार्थकता निर्भर गर्छ ।

सिँढी, बरण्डा जस्ता संरचनामा मान्छेलाई लड्नबाट सुरक्षा दिनलाई रेलिङ प्रयोग गरिन्छ । रेलिङ आफैमा संरचनात्मक संरचना भने होइन । यसले घर कति बलियो बन्‍ने निर्धारण नगरे पनि घर बाहिरबाट हेर्दा कस्तो हुने, घर कस्तो देखिन्छ भन्‍नेबारे चाँही एकदमै प्रभाव पार्दछ । 

घरको प्रकार अनुसार रेलिङ पनि फरक–फरक किसिमको हुन्छ । आधुनिक घरमा राखिने र क्लासिकल घरमा राखिने रेलिङ फरक हुन्छन् । फरक नै राख्‍नु पर्छ । प्राचिन आर्किटेक्चरल डिजाइन गरेको घरमा ग्लास रेलिङ राखेको पक्कै पनि सुहाउँदैन । 

रेलिङ ट्याक्कै यति प्रकारका हुन्छन् भन्‍ने वर्गीकरण हुँदैन तर, प्रयोग अनुसार विभिन्‍न खालको रेलिङहरु बजारमा पाइन्छ, त्यसको बारेमा हामी तल चर्चा गर्छौ ।

१. इट्टाको रेलिङ : 

केही वर्ष अघिसम्म बजारमा रेलिङको धेरै विकल्प नपाउन्जेल इट्टा वाल लगाएर नै रेलिङ बनाइन्थ्यो । यसैले पनि कलात्मक लुक दिएर आकर्षक बनाउन सकिन्छ । यो प्रकारको रेलिङ सबै भन्दा सस्तो रेलिङ हो । वाल लगाएर प्लास्टर गर्ने र प्लास्टरमा विभिन्‍न बुट्टा दिएर राम्रो देखाउने काम गर्न सकिन्छ । वालकै रेलिङमा विभिन्‍न आर्किटेक्चरल सिप लगाएर निकै राम्रो र आकर्षक बनाउन सकिन्छ । इट्टा वालको माथि स्टील र मेटलको रेलिङ पनि जोड्ने चलन छ ।

२. स्टील रेलिङ : 

यो प्रकारको रेलिङ सबै भन्दा बढि प्रयोगमा देखिने रेलिङ हो । आर्थिक हिसाबले पनि यो खासै महँगो हुदैन । विभिन्‍न व्यास (डायमिटर) का स्टिल पाइपलाई तेर्सो राखेर रेलिङ बनाउन सकिन्छ । हेर्दा पनि राम्रै देखिने र ब्रसले घोटेर वेल्डिङ गरेको ठाउँ लाई पनि धार मार्ने काम गरेर चिल्लो र सफा बनाईसके पछि स्टिलको रेलिङले हातमा चोट पनि लाग्दैन । यो रेलिङ सफा गर्न पनि सजिलो हुन्छ ।

३. आइरन रेलिङ : 

यो रेलिङ स्टिल रेलिङको विकल्प हो । स्टिल भन्दा अलि सस्तो पनि पर्छ । तर, यसको प्रयोग भने त्यती धेरै गरिदैन । मेटल रेलिङ राम्रोसँग बनाउन नजान्‍ने मिस्त्रि पर्यो भने त्यती सुन्दर देखिदैन । हातमा राम्रो सिप भएको मिस्त्रीले बनाएको मेटल रेलिङ भने एकदमै आकर्षक देखिन्छ । स्टिल भन्दा आइरन/मेटल रेलिङलाई आवश्यकता अनुसार घुमाउन, बङ्ग्याउन र विभिन्‍न आकारको बनाउन सकिने हुँदा यसको उपयोगिता धेरै हुन्छ । राम्रो मिस्त्रिले बनाउने फलामको रेलिङलाई आकर्षक बुट्टा राखेर काठको रेलिङसँग पनि प्रयोग गरिन सकिन्छ ।

४. काठको रेलिङ : 

काठको रेलिङ सबैभन्दा आकर्षक र प्रिमियम देखिन्छ । यसको प्रयोगले घरको सुन्दरता अत्याधिक बढाँउछ । तर यसमा खर्च पनि धेरै नै हुन्छ । काठको रेलिङमा माथिको हातले समाउने भाग काठको र अरु भाग मेटल अथवा काठकै पनि बनाउन सकिन्छ । विभिन्‍न बुट्टा तथा आकृतिहरु कोरेर काठको रेलिङलााई निकै नै राम्रो बनाउन सकिन्छ । काठको रेलिङ भने सिढीमा मात्र राख्‍न मिल्छ । पानीले भिज्‍ने खालका बरन्डामा काठको रेलिङ प्रयोग गरिदैन । तर, पानी नपर्ने गरि बनाएको बरन्डामा भने प्रयोग गर्न सकिन्छ ।  

५. ग्लास रेलिङ :

 यो प्रकारको रेलिङ स्टिल रेलिङ कै अर्को रुप हो । आधुनिक घरहरुमा ग्लास रेलिङको प्रयोग बढ्दो छ । यसले पनि घरको सजावटलाई असाध्यै आकर्षक बनाउँछ । बाहिरी बरन्डा वा सिढीमा पनि ग्लास रेलिङ प्रयोग गर्न सकिन्छ । यो प्रकारको रेलिङ पनि अरु भन्दा अलिकति महँगो नै हुन्छ । 

रेलिङ बनाउने सुरक्षाको लागि हो । त्यसैले आकर्षक हुनुको साथै रेलिङ सुरक्षित पनि जरुरी छ । सुन्दरताको हिसाबले मोर्डन घरमा ग्लास रेलिङ र क्लासिकल घरमा काठको रेलिङ बढि राम्रो देखिन्छ । तर, फेरि घरको डिजाइन र आफ्नो छनौट अनुसार यो फरक पर्न सक्छ । बनाउन सकेको खण्डमा क्लासिक घर इट्टा वालको माथि फलामको रेलिङ बनाउँदा निकै राम्रो डिजाइनको रेलिङ बनाउन सकिन्छ । 

सुरक्षाको हिसाबले भने इट्टा को वालको रेलिङ अलि बलियो हुन्छ । तर, राम्रोसँग वेल्डिङ गरेर बनाएको छ भने स्टिल र मेटल रेलिङ पनि राम्रो हुन्छ । 

रेलिङ के को राख्‍ने भनेर पहिले नै पक्का गरेर सिढी र बरन्डामा रेलिङको पोस्ट अड्याउने ठाउँ बनाएर राख्‍ने हो भने सबै प्रकारको रेलिङ सुरक्षित नै हुन्छन् । 


 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?