काठमाडौं उपत्यकाभित्र बनाइने घरको कुन तला कस्तो हुनुपर्छ ? यस्तो छ सरकारी मापदण्ड

मुख्य भवन (पुरानो शहरी क्षेत्रमा बन्‍ने भवनहरु बाहेक) साइडमा पर्याप्त मात्रामा ढल निकासको सुविधा हुने गरी जमिनको सतह भन्दा भवनको प्लिन्थको सतह कम्तिमा ४५ सेमी र बढीमा ९० सेमी हुनु पर्नेछ ।  भित्री चोक– कुनै पनि भित्री चोकहरु त्यस्तो चोकको नजिकैको बाटोको केन्द्रीय रेखाको सतह देखि कम्तिमा १५ सेमी माथि उठाइएको हुनुपर्नेछ ।

367B408218B985F-icon.png
955views
06E2BCDAFD3A63F-Rose1.jpg

सरकारले काठमाडौं उपत्यकाभित्र रहेका महानगरपालिका, नगरपालिका र नगरोन्मुख गाविसहरुमा निर्माण गरिने घर तथा भवनका लागि मापदण्ड बनाएको छ । हामी आज तपाइँलाई सरकारी मापदण्ड अनुसार घर निर्माण कसरी गर्ने भनेर जानकारी गराउँदै छौं । 

यस्तो छ मापदण्ड

मुख्य भवन (पुरानो शहरी क्षेत्रमा बन्‍ने भवनहरु बाहेक) साइडमा पर्याप्त मात्रामा ढल निकासको सुविधा हुने गरी जमिनको सतह भन्दा भवनको प्लिन्थको सतह कम्तिमा ४५ सेमी र बढीमा ९० सेमी हुनु पर्नेछ । 
भित्री चोक– कुनै पनि भित्री चोकहरु त्यस्तो चोकको नजिकैको बाटोको केन्द्रीय रेखाको सतह देखि कम्तिमा १५ सेमी माथि उठाइएको हुनुपर्नेछ ।

बस्‍न योग्य कोठाहरु:

प्रत्येक कोठाको उचाई (भुईको सतह देखि सिलिङसम्म) २.३० मीटर भन्दा कम हुनु हुँदैन । भिरालो छाना भएको खण्डमा कोठाको उचाई सालाखाला २.३ मीटर भन्दा कम हुनु हुँदैन । 

साइज – मानिसहरु बस्‍नको निमित्त प्रयोगमा आउने एउटा मात्र कोठा भए न्यूनतम चौडाई २.४ र कोठाको क्षेत्रफल ७.५ वर्ग मीटर हुनु पर्नेछ । यस्ता कोठाहरु दुई वा सो भन्दा धेरै भए एउटा कोठाको न्यूनतम क्षेत्रफल ७.५ वर्ग मीटर र अर्को कोठाको न्यूनतम क्षेत्रफल ७.० वर्ग मीटर हुनु पर्नेछ र चौडाई कम्तीमा १.८ मीटर भए हुनेछ ।

भान्सा कोठा

उचाई– भान्सा कोठाको उचाई (भुईदेखि सिलिंगसम्म) २.२ मीटर भन्दा कम हुनु हुँदैन । 

साइज– खाना खाने डाइनिङ छुट्टै ठाउँ भएमा भान्सा कोठा न्यूनतम १.८ मीटर चौडाई र 

क्षेत्रफल ६.० वर्ग मीटर भन्दा कम हुनु हुँदैन । स्टोरको निमित्त छुट्टै व्यवस्था गरिएमा भान्सा कोठाको क्षेत्रफल ४.५ वर्ग मीटरसम्म गर्न सकिनेछ । खाना खानको निमित्त समेत उपयोग गर्ने भान्सा कोठा भए न्यूनतम चौडाई २.१ मीटर र क्षेत्रफल ७.५ वर्ग मीटर हुनु पर्नेछ ।

भान्साको रुपमा प्रयोग हुने कोठाहरुको अन्य व्यवस्थाहरु निम्‍न बमोजिम हुनेछ: 

(क) भाँडाकुँडाहरु धुने छुट्टै व्यवस्था भएकोमा वाहेक यस्ता पानीहरुको निकास सिधै वा सिंकमार्फत् फोहोर पानी बग्‍ने पाइपसम्म हुनु पर्नेछ ।
(ख) पानी छिर्न नसक्ने खालको भुई हुनु पर्नेछ । 
(ग) आवश्यक भए धुँवा जाने निकास हुनुपर्ने छ 
(घ) झ्याल, भेन्टिलेटर वा यस्तै प्रकारको खुला भाग हुनु पर्नेछ 

वाथरुम र शौचालय 

उचाई– वाथरुम वा शौचालयको निमित्त कोठाको उचाई २ मीटर भन्दा कम हुनु हुँदैन । 
साइज– वाथरुमको लागि कोठाको साइज १.३ मीटर × १.० मीटर भन्दा कम हुनु हुँदैन । शौचालयको निमित्त चौडाई न्यूनतम ०.९ मीटर र न्यूनतम क्षेत्रफल १.१ वर्ग मीटर हुनु पर्नेछ । वाथरुम र शौचालय एउटैमा भए यस्तो कोठाको साइज २.२ मीटर × १.२ मीटर भन्दा कम हुनु हुँदैन । 

प्रत्येक वाथरुमम र शौचालयको लागि निम्‍न थप व्यवस्थाहरु लागू हुनेछन्ः

(क) कम्तिमा पनि एउटा गाह्रोमा वाहिरी हावाको लागि खुला भाग भएको हुनु पर्नेछ । 
(ख) पानी नछिर्ने किसिमका भुई भएको अवस्थामा वाहेक कुनै पनि वाथरुम वा शौचालय कुनै कोठाको सिधा माथि वा तल (आफ्नो वाथरुम, शौचालय आदि बाहेक) पर्ने गरी बनाउनु हुँदैन । 
(ग) पानी नछिर्ने सामाग्रीबाट र पानी नछिर्ने किसिमबाट बनाइएको हुनु पर्नेछ । 
(घ) वाथरुम वा शौचालय चारैतिरबाट घेरिएको हुनु पर्नेछ र त्यस्तो गाह्रो वा पर्खालमा भुईको सतहबाट कम्तिमा १ मीटरको चौडाईसम्म पानी नछिर्ने सामाग्रीहरुबाट सतह मिलाइएको हुनु पर्नेछ । 
(ङ) वाथरुम वा शौचालयका भुईहरु पानीको निकास वा ढल भए तिर भिरालो पारिएको हुन पर्नेछ । कोठा वा वरण्डातिर त्यस्तो वाथरुम वा शौचालयको पानी जाने गरी भिरालो पार्न हुँदैन । 
(च) कुनै शाफ्ट वा खुला भागतर्फ खुलेको झ्याल वा भेन्टिलेशन हुनु पर्नेछ र त्यस्तो झ्याल वा भेन्टिलेशनको क्षेत्रफल कम्तिमा ०.३ वर्ग मीटर र चौडाई कम्तिमा ०.३ मी. हुनु पर्नेछ ।

टाँड, लोफ्ट 

उचाई– यसको उचाई कम्तिमा २.१ मीटर हुनु पर्नेछ । 
साइज– मानिस बस्‍नको निमित्त प्रयोग हुने कोठामा रहने टाँडले त्यस्तो कोठामा क्षेत्रफलको २५ प्रतिशत भन्दा बढी क्षेत्रफल ओगट्नु हुँदैन र यस्तो टाँडले कुनै पनि अवस्थामा कोठाको भेन्टिलेशनलाई असर पार्नु हुँदैन । 
लोफ्ट– यसको अधितकतम उचाई १.५ मीटर हुनेछ । भान्सामा बनाइने हो भने यसले भान्साको क्षेत्रफलको २५ प्रतिशत भन्दा बढी क्षेत्रफल ओगट्नु हुँदैन र यो भुईको सतहबाट कम्तिमा पनि २.१ मीटर माथि रहेको हुनु पर्छ । वाथरुम, शौचालय र कोरिडोरमा रहने लिफ्टले भने शत प्रतिशत भाग ओगट्ने गरी वनाउन सकिने छ ।

बुईगल

मानिस बस्‍नको निमित्त बुईगललाई प्रयोग गरिने भएमा यसमा पर्याप्त मात्रामा भेन्टिलेशन र प्रकाशको व्यवस्था भएको हुनु पर्नेछ र यस्तो बुईगलको उचाई होचो भागमा १.२ मीटर र धुरी वा माथिल्लो भागमा २.३ मीटर भन्दा कम हुनु हुँदैन । 

स्टोर कोठा 

उचाई– यसको उचाई २.१ मीटर भन्दा कम हुनु हुँदैन । 
साइज– आवासिय भवनको स्टोर कोठाको क्षेत्रफल २ वर्ग मिटर भन्दा कम हुनु हुँदैन । 

ग्यारेज 

उचाई– यसको उचाई २.१ मीटर भन्दा कम हुनु हुँदैन ।
साइज– साइज निम्‍न अनुसार हुनु पर्नेछ: 

(क) निजी ग्यारेजको साइज न्यूनतम २.५ मीटर × ५ मीटर हुनु पर्नेछ । 
(ख) सार्वजनिक ग्यारेजको साइज पार्किङ्ग गर्ने वाहनहरुको संख्या आदिको आधारमा हुनु पर्नेछ

भूमिगत तला 

भुमिगत तलालाई आवासको निमित्त प्रयोग गर्न पाइने छैन । भूमिगत तल्ला आवश्यकता अनुसार दुई तल्लासम्म पनि निर्माण गर्न पाईनेछ । 
स्थानीय निर्माण सम्बन्धी व्यवस्थाहरु तथा जग्गा उपयोग सम्बन्धी व्यवस्थाहरुसंग मेल खाने गरी मात्र भूमिगत तला निर्माण गर्न सकिनेछ । 
विभिन्‍न क्षेत्र, उपक्षेत्र र बाटोहरुको लागि तोकिएको निर्माण रेखा र सेटब्याक छोडी बाँकि सम्पूर्ण जग्गामा बेसमेण्टको परिभाषाको उपयोग भित्र बनाउन पाउनेछ । 

(क) सामान्य प्रज्वलनशील खालका घरेलु वा अन्य वस्तुहरु स्टोर गर्नका निमित्त। 
(ख) स्ट्रङ्ग रुम, पछाडी पट्टीको भूमिगत कोठा आदिको निमित्त। 
(ग) भवनको सेवा र सुविधाको लागि प्रयोग हुने एयर कन्डिसन सम्बन्धी वा अन्य मेशिन वा यन्त्रहरुको निमित्त । 
(घ) पार्किङ्गको निमित्त । 

भूमिगत तलामा निम्‍न व्यवस्थाहरु हुनुपर्नेछ: 

(क) भूमिगत तलाको उचाई कम्तिमा २.१ मीटर हुनु पर्नेछ । 
(ख) पर्याप्त मात्रामा भेन्टिलेशनको व्यवस्था हुनु पर्नेछ । 
(ग) कुनैपनि भूमिगत तला छोप्‍ने भुइँ प्रबेश मार्गको केन्द्र सतहबाट बढीमा १.२ मिटरमात्र हुनु पर्नेछ ।
(घ) जमिन माथिको पानी यस्तो भूमिगत तलामा पस्‍न नसक्ने व्यवस्था गरिएको हुनु पर्नेछ । 
(ङ) भूमिगत तलाका गाह्रोहरु र भुईहरु पानी छिर्न नसक्ने गरी बनाइएको हुनु पर्नेछ र ओसिलोपनालाई रोक्नको निमित्त समेत पर्याप्त मात्रामा व्यवस्था गरिएको हुनु पर्नेछ । 
(च) भूमिगत तलाको निमित्त छुट्टै बाटोको व्यवस्था हुनु पर्नेछ । एक भन्दा धेरै भर्याङ्गहरु भएको भवनमा यस्तो भर्याङ्गले नै भूमिगत तला र माथिल्लो तलाहरुबीच ‘फायर सेपरेशन’को काम गर्ने गरी राखिएको हुनुपर्नेछ ।

सीमा पर्खाल 

सीमा पर्खालको निमित्त निम्‍न व्यवस्था लागू हुनेछ:

 (क) सीमा पर्खालको उचाई बाटोको केन्द्र रेखाबाट बढीमा १.५ मीटर हुनुपर्छ । स्थानीय निकायको स्वीकृति लिएर २.१ मी. सम्म उचाई भएको सीमा पर्खाल लगाउन सकिनेछ तर यस्तो पर्खालको माथिल्लो ०.६ मीटर खुला किसिमले बनाउनु पर्नेछ । 

(ख) माथि (क) मा उल्लेखित व्यवस्था जेलहरुको निमित्त लागू नहुने र औद्योगिक भवन निर्माण, विद्युत् सवस्टेशनहरु, ट्रान्सफर स्टेशनहरु, शैक्षिक भवनहरु वा अन्य सार्वजनिक रुपमा प्रयोग हुने भएमा स्थानिय निकायले बढीमा २.४ मी. सम्मको उचाईलाई स्वीकृति दिन सक्नेछ

यो पनि पढ्नुहोस: काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ ? यस्तो छ काठमाडौं महानगरले जारी गरेको भवन निर्माण मापदण्ड

इनार

मानिसको उपयोगको निमित्त वा घरेलु उपयोगको निमित्त आवश्यक पानीको आपूर्ति गर्ने उद्देश्यले राखिने इनार सम्बन्धी व्यवस्था निम्‍न अनुसार हुनेछ: 

(क) कुनै पनि प्रकारको फोहोरहरु फाल्ने वा जम्मा गर्ने खाल्डो वा ठाउँबाट कम्तिमा पनि १६ मी. टाढा रहने गरी र यस्तो ठाँउमा भन्दा माथि पर्ने गरी इनार राखिनु पर्नेछ । 
(ख) बाहिरबाट जाने पानीले इनारको पानीलाई दुषित पार्न नपाउने गरी इनारको स्थान तय गर्नु पर्नेछ । 
(ग) इनारको भित्री व्यास कम्तिमा १ मी. को हुनु पर्नेछ । 
(घ) रुखमुनि पर्ने भए इनार माथि ढकन वा छहारी राख्नु पर्नेछ । 
(ङ) जमिनको सतहबाट कम्तिमा पनि १ मी. को उचाईसम्म गाह्रो लगाइएको हुनुपर्नेछ र इनारको वरिपरि कम्तिमा पनि १.८ मी. परसम्म पानी नछिर्ने सामाग्रीको प्रयोग गरी त्यसमाथि पर्ने पानी इनारभन्दा बाहिर बहने व्यवस्था मिलाइएको हुनु पर्नेछ । 
(च) इनारको सबै भागहरु स्थायी किसिमले निर्माण गरिनु पर्नेछ । 
(छ) जमिनबाट कम्तिमा पनि १.८ मी. को गहिराईसम्म इनारको भित्री सतहलाई पानी नछिर्ने बनाइनु पर्नेछ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

56001E4D1AC8DDD-KSM2.jpg

तीन तलासम्मको पिलरवाला घर बनाउँदा ध्यान दिनुपर्ने १० कुराहरु