नक्सा पास नगरी घर बनाए के हुन्छ ? हेर्नुहोस् नालीवेली

घर बनाउँदा आर्किटेक इञ्‍जिनियरले नक्सा बनाएर मात्र पुग्दैन । त्यो नक्सा सम्बन्धित क्षेत्रको नगरपालिकामा लगेर पास गर्नु अनिवार्य छ । शहरी विकास मन्त्रालयले बनाएको भवन निर्माण मापदण्डमा आधारित भएर हरेक स्थानिय तहले आ–आफ्नो भौगोलिक, सांस्कृति, पर्यटकीय लगायत पक्षलाई आधार बनाएर आफ्नै भवन निर्माण सम्बन्धि मापदण्ड बनाएका हुन्छन् ।

367B408218B985F-icon.png
2967views
A2EAC53880D7345-Naksa.jpg

घर बनाउँदा आर्किटेक इञ्‍जिनियरले नक्सा बनाएर मात्र पुग्दैन । त्यो नक्सा सम्बन्धित क्षेत्रको नगरपालिकामा लगेर पास गर्नु अनिवार्य छ । शहरी विकास मन्त्रालयले बनाएको भवन निर्माण मापदण्डमा आधारित भएर हरेक स्थानिय तहले आ–आफ्नो भौगोलिक, सांस्कृति, पर्यटकीय लगायत पक्षलाई आधार बनाएर आफ्नै भवन निर्माण सम्बन्धि मापदण्ड बनाएका हुन्छन् । हामीले त्यो मापदण्ड बमोजिमको नक्सा बनाएर स्थानीय तहबाट स्वीकृति लिनुपर्ने हुन्छ । नगरपालिकाको स्वीकृति विनै बनाएका घरहरु अवैधानिक हुने कानुन व्यवसायी नवीन ढुंगाना बताउँछन् ।

सरकारले भूकम्पपछि नयाँ भवन निर्माण मापदण्ड बनाएको छ । कानुनतः नक्सापास नगरी घर बनाउनै पाइँदैन । नक्सा पास नगरी बनाएको घरको नगरपालिकाले निर्माण सम्पन्‍न प्रमाणपत्र दिँदैन । यदि कसैले मापदण्ड अनुसारको घर बनाएको छ, निर्माण सुरु गर्नुअघि नक्सा पास गरेको छैन भने पछि जरिवाना तिरेर नक्सा पास पनि गर्न सकिन्छ । तर, कसैले नक्सा पास नगरी मापदण्डभन्दा फरक घर बनाएको छ भने पछि जरिवाना तिरेर नक्सा पास गर्न सकिदैन । त्यो घर भत्काउनुपर्ने हुन्छ । नक्सापास नगरी बनेको तर नगरपालिकाले तोकेको मापदण्ड अनुसार नै बनेको छ भने अहिले लिने राजश्‍वको १०० प्रतिशत जरिवाना तिरेर नक्सापास गर्न सकिने व्यवस्था छ । तर, मापदण्ड विपरीत बनेको छ भने सो घर भत्काउनै पर्ने भवन निर्माण विभागका अधिकारी बताउँछन् । 

यदि घर धनीले आफै नभत्काएमा नगरपालिकाका कर्मचारी आएर भत्काउँछन र भत्काउँदा लाग्‍ने सम्पूर्ण खर्च सम्बन्धित घर धनीले व्यहोर्नु पर्ने व्यवस्था छ । नक्सा पास नगरेको घरले निर्माण सम्पन्‍न प्रमाणपत्र पनि पाउँदैन । त्यसो हुँदा राज्यबाट पाउने सेवा सुविधा उपभोग गर्न पनि पाइँदैन । बिजुली, पानी, ढल लगायत सुविधाका लागि आवेदन दिँदा नक्सा पास र निर्माण सम्पन्‍न प्रमाणपत्र पनि पेश गर्नुपर्ने हुन्छ । 

निर्माण सम्पन्‍न प्रमाणपत्र नलिएको घरबाट बैंकिङ कारोबार पनि गर्न पाइँदैन । बैंकमा घर धितो राखेर कर्जा निकाल्नका लागि घर कानुन अनुसार बनेको हुनुपर्छ । नत्र, बैंकले सो घर धितो राखेर ऋण दिँदैनन् । नक्सा पास नगरेसम्म घर निर्माण कर्जा लिन पनि पाइँदैन । साथै, घरधनीले उक्त घर नामसारी गर्न पाउँदैन । सरकारी अड्डा, अदालतमा हुने घरसँग जोडिएका कुनै पनि कामहरु हुँदैनन् ।

यतिमात्र होइन, नक्सा पास नगरेको र निर्माण सम्पन्‍न प्रमाणपत्र नलिएको घर खरिद–बिक्री गर्न पनि पाइँदैन । भोली केही गरी कानुनी समस्या आएको खण्डमा अड्डा अदालतमा मुद्दा हाल्न पनि पाइँदैन।

कहिलेकाहीँ छिमेकीसँग सिमा विवाद, बाटोको विवाद लगायत समस्याहरु आउन सक्छन् । त्यो बेलामा नक्सा पास नगरी बनाएको घरले दाबी विरोध गर्न पनि सक्दैन । नगरपालिकाले आफै भत्काइदिन सक्छ ।

नक्सापास गरेको भन्दा धेरै तल्लाको घर बनाएमा के हुन्छ ?

कसैले घरको नक्सापास गर्दा दुई तल्ले घरको पास गरेको छ र तल्ला थप्दा नगरपालिकाकै मापदण्ड अनुसार थपेको छ भने कुनै समस्या रहेन । आफ्नै मनमर्जीले नक्सापास गरेभन्दा बढि तल्ला थपेको छ भने जरिवाना लिएर पास गराउन सकिन्छ । 

तर, मापदण्डको ख्याल नगरी मापदण्ड बिपरित आफ्नै मनमर्जीले नियम मिचेर तल्ला थपेको छ भने घरको निर्माण सम्पन्‍न भईसकेपछि लिनुपर्ने भवन निर्माण सम्पन्‍नको प्रमाणपत्र लिन पाउँदैन । अर्थात् तपाइले कानुन बमोजिमको तलासम्मको मात्र निर्माण सम्पन्‍न प्रमाणपत्र पाउनुहुन्छ, अनुमतिविना थपेको तलाको सम्पन्‍न प्रमाणपत्र पाइदैन ।  

भवन निर्माण सम्पन्‍नको प्रमाणपत्र नभएपछि घर सँग जोडिएको कानुनी काम कारबाही गर्नबाट बञ्‍चित भइने अधिवक्ता ढुंगाना बताउँछन् । यो सँगै उक्त घरले सेट ब्याकका पक्ष र बाटो मिचेको छ भने उक्त घर भत्काउनै पर्ने परिस्थिती सिर्जना हुन्छ ।

त्यसैले स्थानीय सरकारको मापदण्डअनुसार तपाइले सुरुमै नक्सा पास गरी घर बनाउनु अनिवार्य छ । नक्सापास गर्दा जति तलाको अनुमति छ, त्यहीअनुसार बनाउँदामात्र निर्माण सम्पन्‍न प्रमाणपत्र पाइन्छ । नक्सापासबारे थाहा नपाएका उपभोक्ताहरु आफुखुसी घर बनाउँदा सवैखाले सुविधाबाट बञ्‍चित भई पछुताउनुपर्ने अवस्था आउँछ । 

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

धुलिखेलमा आमासँगै जिपलाइन गर्न जाँदा ५० प्रतिशत छुट, अफर शुक्रबारसम्म

डिल्लीबजारबाट वर्षमा २३ सय घरजग्गा किनबेच, किन घट्यो कोर सिटीमा कारोबार ?

दक्षिणपूर्वी एशियाका देशले रियल इस्टेटमा फड्को मारिसके, हामीले कहिले ?

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम