यस्तो बन्दैछ पुरानो बानेश्‍वरमा १० तलाको गोल्यान टावर, एक अर्ब लगानी

रियलस्टेटमा लगानी गरिरहेको गोल्यान ग्रुपले काठमाडौंमा अफिस राख्‍ने उपयुक्त ठाउँको अभाव अड्किरहेको बेलामा एउटै भवनमा धेरै अफिसहरु राख्‍न मिल्ने सुविधा सम्पन्‍न भवन निर्माण गरेको हो । 

367B408218B985F-icon.png
800views
F79C3E04F3F8488-golyan-tower-ffff.jpg

काठमाडौं । कर्पोरेट अफिसहरुलाई भाडामा दिने गरी गोल्यान ग्रुपले पुरानो बानेश्‍वर हाइटमा कर्पोरेट टावर बनाइरहेको छ । 

एक अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको ‘गोल्यान टावर’ को स्ट्रक्चर निर्माणको काम करीव सकिएको छ । अढाई रोपनी क्षेत्रफलमा बनिरहेको १० तलाको भवनमा पार्किङका लागि २ तला बेसमेन्ट हुनेछ । 

गोल्यान ग्रुपले यस टावरलाई आफ्नो फ्ल्यागशिप कमर्शियल बिल्डिङका रुपमा चित्रित गरेको छ । यो भवन सन् २०२२ को जुनसम्म सञ्‍चालनमा ल्याउने लक्ष्य निर्धारण गरिएको छ । 

रियलस्टेटमा लगानी गरिरहेको गोल्यान ग्रुपले काठमाडौंमा अफिस राख्‍ने उपयुक्त ठाउँको अभाव अड्किरहेको बेलामा एउटै भवनमा धेरै अफिसहरु राख्‍न मिल्ने सुविधा सम्पन्‍न भवन निर्माण गरेको हो । 

भवनमा कम्तिमा २० वटा ठूला अफिसहरु राख्‍न मिल्ने ठाउँ तयार हुने ग्रुपका निर्देशक अक्षय गोल्यान बताउँछन् । भवनको माथिल्ला तीन तलामा भने ग्रुपकै विभिन्‍न कम्पनीका अफिसहरु रहनेछन् । अर्थात्, अब गोल्यान ग्रुपको मुख्यालय टावरमा हुनेछ ।

भवनका कुनै पनि फ्ल्याटहरु बिक्री गरिने छैन । सबै फ्ल्याट अफिसहरुका लागि निश्‍चित अवधि तोकेर भाडामा उपलब्ध गराइने बताइएको छ । टावरमा प्रर्याप्त पार्किङ, रेष्टुरेन्ट लगायत सुविधाहरु हुन्छन् ।    

काठमाडौं ठूल्ठूला मल, अपार्टमेन्ट, होटल निर्माण भएपनि अफिस भाडामा दिने गरी बनाइएका भवन त्यति छैनन् । कमलादीको हामा टावर, थापथलीका ट्रेड टावर, थापाथलीकै बिजनेश कम्लेक्स लगायत केही भवनहरुले मात्र फ्ल्याट अफिसका लागि भाडामा दिइरहेका छन् । 

पुरानो बानेश्‍वरबाट एयरपोर्ट, पशुपति, कमलादी, दरबारमार्ग, न्यूरोड लगायत व्यवसायिक क्षेत्रहरु नजिकै पर्ने हुँदा पनि कर्पोरेट अफिसका लागि बानेश्‍वर उपयुक्त ठाउँ हो । 

साँघुरो र महंगो बन्दै गइरहेको काठमाडौंमा अफिस राख्‍नका लागि हाइराइज भवन उपयुक्त हुने गोल्यान बताउँछन् । 

गोल्यान ग्रुपको प्रमुख कर्पोरेट पुरानो बानेश्‍वर सर्नेछ । अहिले ताहाचलको अपार्टमेन्टमा मुख्य कर्पोरेट अफिस छ । ताहाचलको ठाउँले नपुगेको र शहरभन्दा अलि बाहिर पनि भएको हुनाले ग्रुपको कर्पोरेट मुख्यालय नयाँ बानेश्‍वर सार्न लागिएको हो ।

ग्रुपले बालकुमारीमा वेष्‍टार अपार्टमेन्ट बनाइसकेको छ भने टेकुमा करीव डेढ सय युनिटको हाइराइज अपार्टमेन्ट बनाउँदैछ । रियलस्टेट, हस्पिटालिटी, उत्पादन, बैंक तथा वित्तीय संस्था लगायत क्षेत्रमा ग्रुपको लगानी छ । 

अर्को घराना गुण ग्रुपले पनि लाजिम्पाटको मुख्य सडकमै रहेका १० तलाका दुईवटा अपार्टमेन्ट भवनलाई कर्पोरेट टावर बनाउन कस्सिएको छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

37D402A496C2FE6-IMG-20250414-WA0019.jpg

भक्तपुरमा खुल्ने भयो हाइ एन्ड रिसोर्ट 'स्वनिगः', पौने पाँच अर्बमा लक्जरी प्रोपर्टी निर्माण सुरु

4B7B387B2B776F6-hilton final.jpg

सत्रौं तलामा स्वीमिङ पुल र लाउञ्‍ज बार, जादुयी दृश्यावलोकन गर्दै ड्रिंक्स अनि डाइनिङको आनन्द ! यस्तो बन्यो ‘हिल्टन’ होटेल

4A2AF0058D25B46-Budhanilkantha house.jpg

मन्दीको प्रभाव प्रिमियम प्रोपर्टीमा, बुढानिलकण्ठमा बिक्रीमा चढे ३२ करोडसम्मका घर