यी हुन् सबैभन्दा बढी घरजग्गा किनबेच र राजश्‍व संकलन गर्ने १० मालपोत

पछिल्लो समय देशभित्र रहेका १२६ मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी घरजग्गा किनबेच गराउनेमा इनरुवा र बेलवारी मालपोत पहिलो र दोस्रो बन्दै आइरहेका छन् ।

367B408218B985F-icon.png
763views
F7FD4AF35A132CE-malpot-final.jpg

काठमाडौं । मंसिर महिनामा मोरङको बेलवारी मालपोत कार्यालयबाट देशभरकै सबैभन्दा बढी ३ हजार ८७ घरजग्गा किनबेच भए । दोस्रो नम्बरमा रहेको सनसरीको इनरुवा (इटहरी) मालपोतबाट ३ हजार ४१ घरजग्गा किनबेच भएका छन् ।

कार्तिकमा इनरुवामा सबैभन्दा बढी २ हजार १९ घरजग्गा किनबेच हुँदा बेलवारीमा १९ सय ४४ घरजग्गा किनबेच भएका थिए । अर्थात् कार्तिकमा सबैभन्दा बढी घरजग्गा किनबेच गराउनेमा बेलबरी मालपोत देशकै पहिलो नम्बरमा थियो ।

पछिल्लो समय देशभित्र रहेका १२६ मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी घरजग्गा किनबेच गराउनेमा इनरुवा र बेलवारी मालपोत पहिलो र दोस्राे बन्दै आइरहेका छन् । कहिले इनरुवा पहिलो हुन्छ त कहिले बेलवारी । धेरै महिना भइसक्यो, पहिलो र दोस्रोको ताज इनरुवा र बेलवारी मालपोतले बाहिर फुस्किन दिएका छैनन् ।

बढी घरजग्गा किनबेच हुनेमा झापा जिल्ला पनि अग्रणी बन्दै आइरहेको छ । मंसिरमा झापाको भद्रपुर मालपोतबाट २५ सय ८८ घरजग्गा किनबेच भइ तेस्रो बनेको छ । बाँके जिल्लाको नेपालगञ्‍ज मालपोत कार्यालयबाट २४ सय ५४ घरजग्गा किनबेच हुँदा भक्तपुरबाट २१ सय ४७ घरजग्गा किनबेच भएका छन् ।

मंसिरमा धनुषाको जनकपुर मालपोत कार्यालय छैठौं नम्बरमा परेको छ । धनुषामा २ हजार ४३ घरजग्गा किनबेच भएका छन् । पछिल्ला महिना धनुषा घरजग्गा किनबेच हुनेमा प्रमुख १० मालपोतभित्र पर्न थालेको छ । 

धेरै पछि काठमाडौंका भक्तपुर, ललितपुर र कलंकी मालपोत कार्यालय प्रमुख १० भित्र पर्न सकेका छन् । मंसिरमा ललितपुरमा २ हजार ४३, काभ्रेबाट १७ सय ३७, कलंकीबाट १७ सय २० र चितवनबाट १७ सय घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

राजश्‍व असुलीमा ललितपुर अगाडि

घरजग्गा किनबेचमा पूर्वी नेपालका इनरुवा, बेलवारी, झापा, धनुषा अग्रणी भएपनि राजश्‍व असुलीमा भने काठमाडौं उपत्यकाभित्रकै मालपोत कार्यालय अगाडि हुने गरेका छन् । 

मंसिरमा ललितपुर मालपोत कार्यालयले ६७ करोड राजश्‍व उठाउँदा कलंकी मालपोतले ५८ करोड, डिल्ली बजार मालपोतले ४६ करोड, भक्तपुर र चाबाहिल मालपोतले ४५/४५ करोड, साँखुले १७ करोड र मनमैजुले १५ करोड राजश्‍व उठाएका छन् ।

चितवनको मालपोतले १९ करोड, काभ्रेको मालपोतले १५ करोड र कास्की मालपोत कार्यालयले १३ करोड रुपैयाँ राजश्‍व संकलन गरी प्रमुख १० मालपोत कार्यालयभित्र पर्न सफल भएका छन् । 

सबैभन्दा बढी घरजग्गा किनबेच र राजश्‍व संकलन गर्ने देशभरका प्रमुख १० मालपोत कार्यालयहरु

ठाउँ

घरजग्गा किनबेच

ठाउँ

राजश्व असुली

बेलवारी, मोरङ

३०८७

ललितपुर

६७ करोड

इनरुवा, सुनसरी

३०४१

कलंकी

५८ करोड

भद्रपुर, झापा

२५८८

डिल्ली बजार

४६ करोड

नेपालगञ्ज

२४५४

भक्तपुर

४५ करोड

भक्तपुर

२१४७

चाबाहिल

४५ करोड

धनुषा

२०४३

चितवन

१९ करोड

ललितपुर

२०४३

साँखु

१७ करोड

काभ्रे

१७३७

काभ्रे

१५ करोड

कलंकी

१७२०

मनमैजु

१५ करोड

चितवन

१७००

कास्की

१३ करोड

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?