६ महिनामा २६७ अपार्टमेन्ट किनबेच

बढ्दै गइरहेको कोरोना महामारी र तरलता अभावकै बिच पनि अरु घरजग्गा किनबेचमा उछाल आइरहँदा अपार्टमेन्ट खरिद बिक्रीमा सुस्तता छाएको छ ।

367B408218B985F-icon.png
412views
61855BF41CA3676-E22ED9EC050024D-Grande-Towers.jpg

काठमाडौं । अपार्टमेन्टको उपलब्धता कम हुँदै गएपछि खरिद बिक्री पनि घट्दै गइरहेको छ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा देशभर जम्मा दुई सय ६७ अपार्टमेन्ट बिक्री भएका छन् । 

पुस महिनामा सबैभन्दा कम ३० युनिट अपार्टमेन्ट मात्र बिक्री भएको भूमि सुधार तथा व्यवस्था विभागले जनाएको छ ।

बढ्दै गइरहेको कोरोना महामारी र तरलता अभावकै बिच पनि अरु घरजग्गा किनबेचमा उछाल आइरहँदा अपार्टमेन्ट खरिद बिक्रीमा सुस्तता छाएको छ ।

साउन महिनामा ५२ युनिट अपार्टमेन्ट खरिद बिक्री हुँदा भदौमा ५६, असोजमा ५३, कार्तिकमा ३५, मंसिरमा ४१ र पुसमा ३० युनिट अपार्टमेन्ट खरिद बिक्री भएको विभागको तथ्यांकमा देखिन्छ ।

२०७२ सालको भूकम्पपछि हाईराइज अपार्टमेन्ट आउन सकेका छैनन् । भूकम्पले गगनचुम्बी अपार्टमेन्ट हल्लाउँदा केही बर्ष मान्छेहरु ठूला भवनमा बस्‍न डराए । सरकारले पनि भवन मापदण्ड परिवर्तन गरेर ठूला भवन निर्माणमा कडाई गर्यो ।

अहिले मान्छेले भूकम्पको घाउ भुलिसकेका छन् । र, हाईराइज अपार्टमेन्टमा बस्‍न का लागि फ्ल्याट खोजिरहेका छन् । तर, सरकारको अव्यवहारिक नीतिका कारण अपार्टमेन्ट बन्‍न नसकेको आवास विकासकर्ता कम्पनीहरुले बताइरहेका छन् ।

पछिल्लो समय आधा दर्जन हाराहारी अपार्टमेन्ट बनिरहेका छन् । तर, ती अपार्टमेन्ट अझै पुरा भइसकेका छैनन् । सीइ कन्स्ट्रक्सनले थापाथलीमा, गोल्यान ग्रुपले टेकुमा, चौधरी ग्रुपले कुपण्डोल हाइटमा, गुण ग्रुपले विभिन्‍न ठाउँमा अपार्टमेन्ट निर्माणको तयारी थालेका छन् ।  

महिना

अपार्टमेन्ट किनबेच

साउन

५२

भदौ

५६

असोज

५३

कार्तिक

३५

मंसिर

४१

पुस

३०

कुल

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?