चर्चाको शिखरमा हिमस्टार लाइट, उत्कृष्ट प्रकाश, सुपथ मूल्य र उच्चगुणस्तरले तानिए ग्राहक

हिमस्टारले घर, अफिस, पसल, शोरुम डिस्कोथेकदेखि होर्डिङ बोर्डसम्म प्रयोग गरिने आकर्षक डिजाइनका गुणस्तरीय लाइट बिक्री बितरण गर्ने गर्छ ।

367B408218B985F-icon.png
980views
5C7DCCA6BC8472D-light.jpg

 के तपाईंलाई थाहा छ, देशकै चर्चित इलेक्ट्रोनिक्स ब्रान्ड हिमस्टारले गुणस्तरीय लाइट सुपथ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ नि ! 

हिमस्टारले घर, अफिस, पसल, शोरुम डिस्कोथेकदेखि होर्डिङ बोर्डसम्म प्रयोग गरिने आकर्षक डिजाइनका लाइट बिक्री गर्छ । दर्जनभन्दा बढी प्रकारमा उपलब्ध नयाँ प्रविधिका हिमस्टार एलइडी लाइटहरु नेपाली उपभोक्ताको बजेट सुहाउँदो मूल्यमा बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

देशकै पुरानो व्यवसायिक घराना गोल्छा समूहले ‘हिमस्टार’ ब्रान्डमा किफायती लाइट बजारमा ल्याएको हो । हिमस्टारका एलइडी बल्बहरु बजारमा सर्वाधिक लोकप्रिय रहेको कम्पनीका इलेक्ट्रिकल इञ्‍जिनियर विकाश शाह बताउँछन् । 

हिमस्टार एलईडी बल्ब देशकै पहिलो अन्तर्राष्ट्रियस्तरको सीई सर्टिफाइड एलईडी बल्ब भएको उनको भनाई छ । यो नेपालमा सबैभन्दा धेरै बिक्री हुने एलईडी बल्बमा पनि पर्छ । 

हिमस्टारका नयाँ एलईडी बल्बहरु १०० लुमेन्स प्रतिवाटको विशेषतामा उपलब्ध छन् । ‘हिमस्टार लाइटको कार्यक्षमता उच्च छ । यसमा न्यून मात्रामा विद्युतको खपत र उच्च लुमेन्स रहेको हुँदा पर्फमेन्स पनि राम्रो छ’ उनी भन्छन्, ‘हामीले लाइटमा १८ महिनासम्मको वारेन्टी पनि दिने गरेका छौं ।’

हिमस्टार ब्रान्डमा साधारण एलइडी बल्बदेखि डेकोरेसनमा प्रयोग गरिने बल्बसम्म उपलब्ध छन् । इञ्‍जिनियर शाहका अनुसार हिमस्टारका घर, अफिस, डिस्कोथेक, डान्स बार, होटल, रेष्टुराँ, वोयर हाउस, पार्क, आर्ट ग्यालरी, शोरुम, पसल, होर्डिङ बोर्ड लगायत ठाउँमा प्रयोग गरिने गुणस्तरीय लाइट उपलब्ध छन् ।

आज हामी तपाईंलाई हिमस्टारका विभिन्‍न प्रकारका लाइटहरुको बारेमा जानकारी गराउँदै छौं । 

हिमस्टारः ट्रयाक लाइट

यो ‘अब्जेक्ट ओरिन्टेड’ लाइट हो, अर्थात् यसले निश्‍चित एरियालाई फोकस्ड गरेर हाइलाइट गरिदिन्छ । एउटा निश्‍चित एरियालाई फोकस्ड गरेर राम्रो देखाउनका लागि पनि ट्रयाक लाइट प्रयोग गर्ने गरिन्छ । यो लाइटमा पनि उच्चस्तरिय एलइडी बल्बको प्रयोग गरिएको हुन्छ । 

ट्रयाक लाइट डिस्को र बारमा बढी प्रयोग हुन्छ । होटल, शोरुम, पसल, आर्ट ग्यालरी, म्युजियम, स्टोरलगायतमा पनि कुनै वस्तु वा ठाउँलाई फोकस्ड गर्न ट्रयाक लाइट प्रयोग गरिने इञ्‍जिनियर शाहले बताए । हिमस्टारका ट्रयाक लाइटहरु शोरुम र पसलमा अत्याधिक माग रहेको कम्पनीले जनाएको छ ।

विशेष अप्टिक, सटिक प्रकाश वितरण, उच्च लुमेन आउटपुट, नो–ग्लेयर, आल्मुनियम बडी, सीओबी लाइट सोर्स, नरम र कोमल प्रकाशको साथ सेल्फ–डिजाइन रिफेक्टर हिमस्टार ट्रयाक लाइटका खास विशेषता हुन् । 

हिमस्टारको ट्रयाक लाइट सजिलै जडान गर्न सकिने उनको भनाई छ । लाइट जडानका लागि एसेसोरिज पनि हिमस्टारकै उपलब्ध छन् । ट्रयाकलाइट जडान गर्नका लागि १ र २ मिटरका ट्रयाक, स्ट्रेट कनेक्टर, एल टाइप कनेक्टर र सस्पेन्स किट उपलब्ध रहेको उनले बताए । 

हिमस्टारको ट्रयाक लाइट द १०, १८, २५ र ३६ वाटमा उपलब्ध छ । यो लाइटमा ३० हजार घण्टाको आयु हुन्छ । 

फिलामेन्ट भिन्टेज लाइट

फिलामेन्ट पुरानो प्रविधिको लाइट हो, जसले ८० प्रतिशत हिट र २० प्रतिशत प्रकाश फाल्थ्यो । यो लाइटले फाल्ने उज्यालो पनि वार्म खालको देखिन्छ । फिलामेन्ट लाइटलाई विस्थापन गर्न सिएफएल लाइट आइपुग्यो । सिएफएलले ६० प्रतिशत लाइट र ४० प्रतिशत हिट फाल्थ्यो ।

पछिल्लो समय नयाँ प्रविधिको सिएफएल लाइट आइसकेको छ । २० वाटको सिएफएल र ५ वाटको एलइडी लाइटको उज्यालो बराबर हुन्छ । एलइडी लाइट आइफ्रेन्डली पनि हुन्छ । 

हिमस्टारले फिलामेन्ट लाइटको कभरमा एलइडी बल्ब फ्यूजन गरेर ‘फिलामेन्ट भिन्टेज लाइट’ बजारमा ल्याएको हो । यो हेर्दा पुरानो फिलामेन्ट लाइटजस्तै देखिन्छ र त्यस्तै फिल गराउँछ । तर वास्तवमा आधुनिक एलइडी बल्ब नै प्रयोग गरिएको हुन्छ ।  

‘फिलामेन्ट भिन्टेज ‘वार्म’ लाइट हो, यो लाइट डेकुरेसनमा बढी प्रयोग हुन्छ’ हिमस्टारका इञ्‍जिनियर शाहले भने । अलि ‘वार्म’ खालको इन्भाइरोमेन्ट बनाउन होटल, रेष्टुराँमा फिलामेन्ट भिन्टेज लाइट प्रयोग गर्न थालिएको छ । रेष्टुरेन्टलाई क्लासिक देखाउन पनि यो लाइट प्रयोग गरिने गर्छ । 

‘आधुनिक एलइडी लाइटलाई पुरानो फिलामेन्ट आकार र कलरमा निकालिएको हो’ ती प्रतिनिधि सुनाउँछन्, ‘पछिल्लो सयम भिन्टेज लाइटको माग पनि बढ्दो छ, क्याफे र होटलबाट बढी माग आउँछ ।’

फिलामेन्ट भिन्टेज लाइट झुमरमा पनि प्रयोग हुन्छ । घरको झुमरमा फिलामेन्ट भिन्टेज लाइट राखेमा कोठाहरु वार्म र क्लासिक देखिन्छन् । यो लाइट खासगरी डेकोरेसनका लागि प्रयोग गर्न उत्तम हुन्छ । यो लाइटको भोल्टेज रेटिङ २२०-२४० भोल्टसम्म रहेको छ । हिमस्टारले यस लाइटमा १५ हजार घन्टाको आयु रहेको छ ।

सिलिङ ल्याम्प

घरमा प्रयोग गरिने आधुनिक डिजाइनका लाइटललाई नै सिलिङ ल्याम्प भनिन्छ । आकर्षक डिजाइनका सिलिङ ल्याम्प विभिन्‍न कलरमा आउँछन् । सिलिङ ल्याम्पमा पनि 'एसएमडी एलइडी' सोर्सको रूपमा प्रयोग गरिएको कम्पनीले जनाएको छ । हिमस्टारले सिलिङ ल्याम्पको कभर पनि राम्रो मेट्रियल्स प्रयोग गरेर बनाइएको इञ्‍जिनियर शाहले बताए ।

पछिल्लो समय साधारण डिजाइनका एलइडी बल्बको सट्टामा नयाँ डिजाइनका सिलिङ ल्याम्प प्रयोग गर्न थालिएको छ । यसले घरलाई आकर्षक देखाउनुका साथै चारैतिर प्रकाश फाल्ने गरी डिजाइन गरिएको हुन्छ । 

हिमस्टारका सिलिङ ल्याम्प १० वाटमा उपलब्ध छ । यो लाइटमा २५ हजार घण्टासम्मको आयु रहेको कम्पनीले जनाएको छ ।

सर्फेस डाउनलाइट फर सिलिङ (राउन्ड आकार)

यो लाइट राउन्ड आकारमा आउँछ । होटल, घर तथा भवनको करिडोरमा यो लाइट प्रयोग गर्न सकिन्छ । यो लाइट बाल्कोनीमा पनि प्रयोग गर्न सकिन्छ । यसमा पनि आल्मुनियम फ्रेम प्रयोग गरिएको छ । 

यो लाइटको एन्टी ग्लेयर रिफ्लेकटरले आँखालाई आराम सिर्जना गरिदिन्छ । सरल सुरुचीपूर्ण शैली, सिओबी लाइट सोर्स लगायत विशेषता यसमा छन् । यो १२ देखि ३८ वाटसम्मको हुन्छ । अहिले हिमस्टारसँग १८ वाटको मात्र सरफेस डाउनलाइट छ । यसमा ३५ हजार घण्टाको आयु पाउन सकिन्छ ।

वाल लाइट

यो लाइटलाई दुइतिर प्रकाश फाल्ने गरी डिजाइन गरिएको छ । पिलर, वाल र सिलिङमा यो लाइट प्रयोग गर्दा आकर्षक देखिन्छ । हिमस्टारका अनुसार, यो डेकोरेटिभ लाइट हो । कफी सप, रिसेप्सन, रेष्टुराँ, अफिस, होटल, घरमा वाल लाइट प्रयोग गर्न सकिन्छ । पिलरमा तलमाथि प्रकाश फाल्ने गरी राख्दा राम्रो देखिने हिमस्टरका इञ्‍जिनियर शाहले बताए ।

गहिरो कट–अप एंगलले आँखालाई आराम सिर्जना गरिदिन्छ । सरलीकृत एवं सुरुचिपूर्ण शैली, राम्रो धर्मल व्यवस्थापनका लागि एल्मुनियम बडी वाल लाइटमा प्रयोग भएको कम्पनीको भनाई छ । 

हिमस्टारका वाल लाइटले २२०-२४० भोल्टसम्ममा काम गर्छ ।

फलड लाइट विथ पीआइआर सेन्सर

यो लाइट दुई प्रकारको हुन्छ, नर्मल र पीआइआर सेन्सरयूक्त । यो लाइटले मान्छेको मुभमेन्टलाई डिटेक्ट गर्न सक्छ । मान्छेको मुभमेन्ट क्याच गरेर लाइट बल्ने र निभ्ने कम्पनीको भनाई छ । यो लाइट बाहिरी क्षेत्रको उज्यालोका लागि प्रयोग गर्न सबैभन्दा बढी उपयुक्त हुने बताइन्छ । सेन्सरले काम गर्ने यो लाइट वाटर प्रुफ हुने हुँदा पानीले बिग्रिने समस्या रहँदैन ।

हिमस्टरका अनुसार, यो लाइटले तलबाट प्रकाश फालेर माथिपट्टी उज्यालो बनाउने काममा प्रयोग हुन्छ । यो लाइट गार्डेन र स्वीमिङ पुलमा प्रयोग गर्न सकिन्छ । होर्डिङ बोर्डमा तलबाट प्रकाश फाल्ने काम हुन्छ । सेन्सरबाट चल्ने हुँदा पार्किङ र गार्डेनमा प्रयोग गर्न उपयुक्त हुन्छ । 

यो लाइटमा तीनवटा सेन्सर स्वीच हुन्छन्, एउटा मान्छेको मुभमेन्ट डिटेक्ट गर्ने, अर्को डे लाइट सेन्सर र अर्को रेञ्‍ज । कति मिनेट बल्ने भनेर पनि टाइम सेट गर्न सकिने शाहले बताए । यो लाइटमा दिउँसो निभ्ने र बेलुका भएपछि बल्ने सेन्सर पनि हुन्छ । 

यो लाइट १० देखि १०० वटासम्म आउँछ । यो लाइटमा २० हजार घण्टाको आयु रहेको बताइएको छ ।

एलइडी स्ट्रिट लाइट 

यो लाइट एसी र सोलार दुबै फिचरमा पाइन्छ । यो लाइट खासगरी सडक र चोक–गल्ली उज्यालो पार्न प्रयोग गरिन्छ । 

कम उर्जा खपत, उच्च प्रकाश, सहज इन्स्टलेसन, वातावरणमैत्री, टिकाउ, आल्मुनियम फ्रेम लगायत हिमस्टार एलइडी स्ट्रिट लाइटका विशेषता हुन् । ३० देखि १५० वाटसम्म क्षमतामा उपलबध हुने स्ट्रिट लाइटमा ५० हजार घण्टासम्मको आयु रहेको कम्पनीले जनाएको छ ।

सरफेस डाउनलाइट

परम्परागत डिजाइनका लाइटलाई प्रतिस्थापन गर्नका लागि सरफेस डाउनलाइट प्रयोग गर्न सकिन्छ । यो घर, अफिस, होटल, रेष्टुराँ लगायत ठाउँमा फलसिलिङ नराखेको ठाउँमा प्रयोग गर्ने गरिन्छ । फलसिलिङ राखेको ठाउँमा रेसेस लाइट र फलसिलिङ नगराखेको ठाउँमा सरफेस लाइट प्रयोग गरिन्छ ।

यो लाइट गोलो र बर्गाकार डिजाइनमा उपलब्ध हुन्छ । हिमस्टारसँग सरफेस डाउनलाइट ६ देखि १८ वाटसम्म उपलब्ध छन् । यो लाइटमा २५ हजार घण्टाको आयु रहेको छ ।

पी८ सिरिज डाउनलाइट

हिमस्टारले नयाँ पीड सेरिज डाउनलाइट पनि ल्याएको छ । यो लाइटमा प्लास्टिक बडी हुन्छ । यो लाइटलाई रेसेस र सरफेस दुबै तरिकाले प्रयोग गर्न सकिन्छ, अर्थात फलसिलिङ राखेको र नराखेको दुबै ठाउँमा प्रयोग गर्न मिल्ने गरी यो सिरिज डिजाइन गरिएको छ ।

पीड  सिरिजको लाइटलाई आवश्यकता अनुसार रेसेस र सरफेस बनाउन सकिने हिमस्टारले जनाएको छ । यो लाइट ६ देखि २७ वाट क्षमतासम्मको पाइन्छ ।

सीओवी डाउनलाइट (डार्क लाइट) 

यसमा सीओवीलाइट सोर्स रहेको हुन्छ । अफिस, शोरुम लगायतमा सीओवी डार्क लाइट प्रयोग गरिन्छ । यो लाइटमा मिरर रिफ्लेक्टर प्रयोग गरिएको छ । मिरर इफेक्ट आइ फ्रेन्डी हुने कम्पनीको दाबी छ । यो लाइट पनि फलसिलिङ राखेको ठाउँमा प्रयोग हुन्छ । यो लाइट ९-२७ वाटसम्म पाइन्छ, तर अहिले १८ वाटमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो लाइट होटल, रिसेप्सन रुम, रेष्टुराँ, प्रर्दशनी कक्ष, शोरुम लगायत कमर्शियल ठाउँमा प्रयोग गर्न सकिन्छ । यो लाइटको आयु ३५ हजार घण्टा रहेको छ ।

प्यानल लाइट 

हिमस्टारले उच्च लुमेन क्षमता, आल्मुनियम फ्रेम, चारैतिर सामान प्रकाश फाल्ने, सीइ सर्टिफाइड प्यानल लाइट बिक्री गर्दै आइरहेको छ । यो लाइट ३६ वाटमा उपलब्ध छ । यो लाइटमा पीएमएमए डिफ्युजर प्रयोग भएको कम्पनीले जनाएको छ । खासगरी प्यानल लाइट, अफिस, हस्पिटल, लाइब्रेरी, म्युजियम, शोरुम, कम्प्युटर रुम, बैंक, स्कुल, घर, प्रर्दशनी कक्ष लगायतमा प्रयोग गर्न सकिन्छ । यो लाइटको आयु २५ हजार घण्टा रहेको छ ।

हाइवे लाइट

यो लाइट १००,१५०,२०० वाटसम्मको हुन्छ । बढी हाइट भएको ठाउँमा यो लाइट प्रयोग हुन्छ । कलकारखाना, वर्कशप, वेयर हाउस, पेट्रोल स्टेशन, कमर्शियल बिल्डिङ, इनडोर ब्याडमिन्टन हल, टेबल टेनिस हल, कार रिपेयर सेन्टर, डेकोरेटिङ सप, कन्स्ट्रक्सन साइट लगायतमा प्रयोग हुने इञ्‍जिनियर शाहले बताए । यो लाइटले धेरै प्रकाश फाल्ने हुँदा ठूला खुला स्पेशमा बढी प्रयोग गरिन्छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?