६७ मालपोतमा जग्गाको कारोबार गर्न अनलाइनबाटै निवेदन दिन सकिने, के हो पाम ?

पछिल्लो समय देशभरका मालपोत कार्यालयहरु अनलाइन प्रणालीतर्फ गइरहेका छन् जसले सेवाग्राहीलाई केही हदसम्म सुविधा मिल्न थालेको छ ।

367B408218B985F-icon.png
2512views
A04E5BE328452D8-308682E8F45A517-Malpot Kalanki.jfif

काठमाडौं । देशका ६७ मालपोत कार्यालयमा पब्लिक एक्सेस मोडल (पाम)मार्फत सेवा प्रवाह सुरु भएको छ । सेवाग्राहीले आफु अनुकुल तरिकाले इन्टरनेटको माध्यमबाट सहजै जग्गाको कारोबारका लागि अनलाइनबाटै निवेदन दिन सक्ने गरी भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरुमा ‘पाम’ लागू गरेको हो ।

अहिले देशभर एक सय २६ मालपोत कार्यालय सञ्‍चालनमा छन् । बाँकी मालपोतमा पनि यही आर्थिक बर्षभित्रै ‘पाम’ मार्फत सेवा सञ्‍चालन गर्ने विभागको लक्ष्य छ ।

पछिल्लो समय देशभरका मालपोत कार्यालयहरु अनलाइन प्रणालीतर्फ गइरहेका छन् जसले सेवाग्राहीलाई केही हदसम्म सुविधा मिल्न थालेको छ । पाम लागू भएका मालपोतमा घर वा अफिसबाटै अनलाइनमार्फत निवेदन दिएर सिधै मालपोत कार्यालयमा गएर सेवा लिन सकिन्छ ।

के हो ‘पाम’ ?

जग्गा प्रशासनको कामलाई अनलाइन प्रणालीमा लैजान विभागले ‘पाम’ विकास गरेको हो । यो प्रणालीको माध्यमबाट मालपोत नियमावली, २०३६ (छैठौं संशोधन) को नियम २३ ‘क’मा व्यवस्था भएको भू–सेवा केन्द्रको संचालन तथा व्यवस्थापन समेत गरिएको छ । 

पामका माध्यमले जग्गाधनीले आफ्नो हक स्वामित्वमा भएको घरजग्गा ९ अचल सम्पत्ती को हक हस्तान्तरण गर्न आवश्यक पर्ने लिखत तथा निवेदन आफ्नो घर वा आफुलाई पाएक पर्ने भू–सेवा केन्द्रमार्फत अनलाईन भरेर सम्बन्धित मालपोत कार्यालयमा पेश गर्न, प्रणालीबाटै लिखत निवेदन प्रिन्ट गर्न सक्छन् ।

यसका प्रणालिका विशेषताहरु

वेबमा आधारित भएको हुँदा इन्टरनेट कनेक्टीभिटी भएको जुनसुकै स्थानबाट जग्गा प्रशासनका लागि आवश्यक निवेदन तथा फारम अनलाइन भर्न सकिन्छ । र, यो सुविधा  साताको सातै दिन चौबिसै घण्टा उपलब्ध हुन्छ । 

भूमि प्रशासनको प्रकृयाका सम्बन्धमा जानकारी राख्‍ने ब्यक्ति संस्था तथा स्थानीय निकायले मालपोत नियमावली २०३६ (छैठौ संशोधन) तथा भू–सेवा केन्द्र संचाल निर्देशिका, २०७६ बमोजिम अनुमति पत्र लिइ फारम भर्ने भराउने कार्य गर्ने सक्छन् ।

एउटै कार्यालयमा धेरै प्रयोगकर्तामार्फत निवेदन दर्ता गर्न सकिने भएकोले कार्य सम्पादन पनि छिटो छरितो  हुन्छ ।

प्रणालीबाट अनलाईन निवेदन तथा फारम भरेपश्‍चात आवश्यक लिखत तथा निवेदन प्रिन्ट गर्न सकिने भएकोले हस्तलिखत निवेदन फारम तयार गर्नु पर्दैन ।

यो प्रणाली कसले चलाउन सक्छन ?

  • जसले जग्गाको कारोबारको व्यवसाय गर्न चाहन्छन,
  • जसलाई भूमी सम्वन्धी आधारभूत जानकारी छ,
  • जोसँग इन्टरनेट सुबिधा उपलब्ध छ,
  • जसले इन्टरनेटमार्फत वेब एप्लिकेसन चलाउन सक्छन,
  • जोसँग प्रणाली संचालनको लागि भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ ले तोकिदिए अनुसार आवश्यक पुर्वाधारहरु छन्,
  • जसले प्रणाली संचालनको लागि अनुमति पाएका छन् ।

 
यो प्रणालीका प्रयोगकर्ताहरु

क) पटके प्रयोगकर्ता

यूजर नेम र पासवर्ड नलिई जग्गाधनी आफैले एक पटकको लागि आफ्नो हक स्वामित्वमा भएको अचल सम्पतिको हक हस्तान्तरण गर्न अनलाइन प्रणालीमा पहुँच प्राप्त गरी निवदेन तथा फारम भर्न सक्ने प्रयोगकर्तालाई ‘पटके प्रयोगकर्ता’ भनिन्छ ।

ख) साधारण प्रयोगकर्ता

आफ्नो घर जग्गासँग सम्बन्धित विवरण हेर्न र अनलाइन निवेदन फारम भर्नको लागि भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ बमोजिम शुल्क दस्तुर तिरेर यूजर नेम र पासवर्ड प्राप्त गरेका जग्गाधनीलाई ‘साधारण प्रयोगकर्ता’ भनिन्छ ।

ग)  भू–सेवा केन्द्र प्रयोगकर्ता

मालपोत नियमावली, २०३६ (छैठौ संशोधन) परिच्छेद ६ ‘क’ सेवा केन्द्र सम्बन्धी व्यवस्था बमोजिम अनुमति प्राप्त सेवा केन्द्रलाई सम्झनु पर्छ  । यस अन्तर्गत व्यक्ति, संस्था र स्थानीय तह पर्छन । 

प्रणालीबाट प्रदान गर्न सकिने सेवाहरु

  • अनलाईन प्रणालीमा उपलब्ध भएका निवेदन तथा फारम भर्ने,
  • कार्यालयमा पेश गरिने निवेदन तथा लिखतको लागि आवश्यक कागजातहरु प्रणालीमा अपलोड गर्ने,
  • निवेदन र फारम भू-सूचना प्रणालीमा दर्ता गरी त्यस्ता निवेदन र फारम प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराउने,
  • जग्गा प्रशासन सम्बन्धी आवश्यक सूचना सेवाग्राहीलाई प्रदान गर्ने,
  • समय–समयमा मन्त्रालय वा विभागले सूचना गरी तोकेका अन्य सेवाहरु प्रदान गर्ने ।

पाममार्फत सेवा सञ्चालन भएका कार्यालय

संख्या कार्यालयको नाम
१ भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर
२ मालपोत कार्यालय कलंकी, काठमाण्डौं
३ भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर
४ मालपोत कार्यालय चावहिल, काठमाण्डौं
५ मालपोत कार्यालय कास्की
६ मालपोत कार्यालय सुर्खेत
७ मालपोत कार्यालय मनमैजु, काठमण्डौं
८ मालपोत कार्यालय बुटवल, रुपन्देही
९ भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज, बाँके
१० भूमिसुधार तथा मालपोत कार्यालय धनगढी, कैलाली
११ मालपोत कार्यालय वालिङ्ग, स्याङ्जा
१२ मालपोत कार्यालय काभ्रेपलान्चोक
१३ मालपोत कार्यालय साँखु, काठमाण्डौं
१४ भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर, महोत्तरी
१५ मालपोत कार्यालय रुपन्देही
१६ भूमिसुधार तथा मालपोत कार्यालय परासी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
१७ मालपोत कार्यालय मकवानपुर
१८ भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा, कपिलबस्तु
१९ मालपोत कार्यालय चितवन
२० भूमिसुधार तथा मालपोत कार्यालय गुलरिया, बर्दिया
२१ मालपोत कार्यालय धादिङ
२२ भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा
२३ भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाण्डौ
२४ मालपोत कार्यालय तनहुँ
२५ भूमिसुधार तथा मालपोत कार्यालय महेन्द्रनगर, कन्चनपुर
२६ भूमिसुधार तथा मालपोत कार्यालय घोराही, दाङ
२७ मालपोत कार्यालय गोरखा
२८ मालपोत कार्यालय तुलसीपुर, दाङ
२९ मालपोत कार्यालय टोखा, काठमाण्डौं
३० मालपोत कार्यालय लेखनाथ, कास्की
३१ मालपोत कार्यालय लमजुङ
३२ मालपोत कार्यालय कावासोती, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
३३ मालपोत कार्यालय सिमारा, बारा
३४ मालपोत कार्यालय सोलुखुम्बु
३५ मालपोत कार्यालय बर्दिवास, महोत्तरी
३६ मालपोत कार्यालय टिकापुर, कैलाली
३७ मालपोत कार्यालय रङ्गेली, मोरङ
३८ मालपोत कार्यालय ईलाम
३९ मालपोत कार्यालय दोलखा
४० मालपोत कार्यालय ओखलढुङ्गा
४१ मालपोत कार्यालय सिन्धुली
४२ मालपोत कार्यालय चन्द्रौटा, कपिलवस्तु
४३ मालपोत कार्यालय खैरहनी, चितवन
४४ मालपोत कार्यालय सल्यान
४५ मालपोत कार्यालय लमही, दाङ
४६ मालपोत कार्यालय मेहेलकुना, सुर्खेत
४७ मालपोत कार्यालय सिन्धुपाल्चोक
४८ मालपोत कार्यालय पर्वत
४९ मालपोत कार्यालय स्याङजा
५० मालपोत कार्यालय बाग्लुङ
५१ मालपोत कार्यालय बुर्तीवाङ, बाग्लुङ
५२ मालपोत कार्यालय रोल्पा
५३ मालपोत कार्यालय अर्घाखाँची
५४ मालपोत कार्यालय बेलौरी, कन्चनपुर
५५ मालपोत कार्यालय पाँचथर
५६ मालपोत कार्यालय धनकुटा
५७ मालपोत कार्यालय डडेंलधुरा
५८ मालपोत कार्यालय बैतडी
५९ मालपोत कार्यालय शिखरकोट, मकवानपुर
६० मालपोत कार्यालय गुल्मी
६१ मालपोत कार्यालय जाजरकोट
६२ मालपोत कार्यालय दार्चुला
६३ मालपोत कार्यालय म्याग्दी
६४ मालपोत कार्यालय राजापुर, बर्दिया
६५ मालपोत कार्यालय कटारी, उदयपुर
६६ मालपोत कार्यालय घर्तिगाउँ, रोल्पा
६७ मालपोत कार्यालय दैलेख

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?