फलामे सामाग्री, गिट्टी, बालुवादेखि फिनिसिङ मेट्रियल्ससम्म मूल्य बढ्यो, सिमेन्टको स्थिर

पछिल्लो समय रसिया–युक्रेन युद्धका कारण फलामदेखि तेलसम्मको मूल्य अचाक्ली बढ्दा त्यसको प्रभाव निर्माण सामाग्रीहरुमा देखिएको छ ।

367B408218B985F-icon.png
716views
88E805D7BBAEF17-cement-dandi.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती’ प्रतिवेदनले चैत महिनामा निर्माण सामाग्रीको बार्षिक बिन्दूगत थोक मूल्यवृद्धि २५.२२ प्रतिशत पुगेको देखाएको छ । 

पछिल्लो समय रसिया–युक्रेन युद्धका कारण फलामदेखि तेलसम्मको मूल्य अचाक्ली बढ्दा त्यसको प्रभाव निर्माण सामाग्रीहरुमा देखिएको छ ।

अहिले कुन–कुन निर्माण सामाग्रीको मूल्य वृद्धि भएको छ, कुन निर्माण सामाग्रीको मूल्य स्थिर रहेको छ, यसबारे जानकारी गराउँदै छौं ।

गत बर्षको तुलनामा फलामजन्य निर्माण सामाग्रीहरुको मूल्य झन्डै ५० प्रतिशतले बढेको नेपाल स्टिल विलेट उद्योग संघका अध्यक्ष विष्णु न्यौपाने बताउँछन् । उनका अनुसार गत बर्ष प्रतिकिलो औषतमा ८०-८२ रुपैयाँ रहेको फलामे छडको मूल्य अहिले बढेर १२५ रुपैयाँ पुगेको छ ।

रसिया–युक्रेन युद्धका कारण विश्‍वभरी फलामको अभाव चर्किएपछि डन्डी, च्यानल गेट, फलामे पाइप, ग्रिल, कर्कट पातालगायत सबै फलामजन्य निर्माण सामाग्रीको मूल्य ह्वात्तै बढेको हो । अहिले एमएस बिलेटजति युरोपमै बिक्री हुन थालेपछि भारतमा समेत बिलेट सर्टेज हुन थालिसकेको न्यौपाने बताउँछन् । रसिया र युक्रेन विश्‍वभरी सबैभन्दा धेरै फलाम निर्यात गर्ने मुलुकमा पर्छन् । 

निर्माण सामाग्रीका पाँच सेक्टरमध्ये सिमेन्ट बाहेक सबैको मूल्य बढेको छ । अहिले सिमेन्टको बजार मूल्य गत बर्षकै हाराहारी रहेको सर्वोत्तम सिमेन्टका सञ्‍चालक समेत रहेका न्यौपानेले बताए । ‘सिमेन्टको मूल्य बोरामा ५-१० रुपैयाँ घटेको होला, बढेको छैन’ उनले भने, ‘अरु निर्माण सामाग्रीहरुको मूल्य बढ्दा समग्रमा मूल्य वृद्धि बढेको देखिएको हो ।’

निर्माण सामाग्रीका पाँच क्षेत्रहरु सिमेन्ट, स्टिलजन्य, हार्डवेयर एन्ड सेनेटरी, अर्थमेट्रियल्स र फिनिसिङ मेट्रियल्स हुन् ।

हार्डवेयर एन्ड सेनेटरीअन्‍तरगत पर्ने पाइप, फिटिङ्स, ढल निकास, भान्छा, ट्वाइलेट, बाथरुमा प्रयोग हुने सामाग्री, झ्याल–ढोकामा प्रयोग हुने सामाग्रीको मूल्य पनि १०/१५ प्रतिशतले बढेको छ । गत बर्षको तुलनामा भन्सारदर, एलसी खोल्दा राख्नुपर्ने नगद मार्जिन, आयातमा कडाई, डलरको भाउमा भएको वृद्धि लगायत कारणले यी सामाग्रीको मूल्य बढेको हो ।  

जमिनबाट निस्कनले अर्थमेट्रियल्सहरुको मूल्य पनि पछिल्लो समय बढेको छ । इँटा, ढुंगा, गिट्टी, बालुवा, माटो, ब्लक लगायत अर्थमेट्रियल्समा पर्छन् । 

पछिल्लो समय इँटाको मूल्य नबढेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्राकारले बताए । ‘अहिले घरहरु निर्माण घटेको छ, तर इँटाको उत्पादन बढेको छ, त्यसैले व्यवसायीले मूल्य बढाउन सकेका छैनन्, खरिदकर्ता भेटिने वित्तिकै एउटा मूल्यमा बिक्री गरिरहेका छन्’ उनले भने, ‘इँट्टाको मूल्य बढेको छैन, बरु बजार नपाउँदा घटेको छ ।’ अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा इँटाको उत्पादन लागत भने बढेको उनले बताए ।

तेलको मूल्य बढेपछि गिट्टी, बालुवा र ढुंगाको भाउ हरेक ट्रिपमा हजार/पन्ध्र सय रुपैयाँ बढेको व्यवसायीले बताए ।

डलरको भाउ, नगद मार्जिन राख्नुपर्ने व्यवस्था र आयातमा कडाई गर्दा फिनिसिङ मेट्रियल्सको पनि मूल्य १०/१५ प्रतिशतसम्म बढेको छ । पार्केट, टायल, मार्बल, कार्पेट, रङ लगायत फिनिसिङ मेट्रियल्समा पर्छन् । 

निर्माण सामाग्री व्यापार संघका अध्यक्ष मनिक रत्‍न तुलाधरका अनुसार कच्चा पदार्थ, पेट्रोलियम र कोइलाको मूल्य अन्तर्राष्ट्रिय स्तरमै बढेर आएपछि देशभित्र निर्माण सामाग्रीको मूल्य वृद्धिमा चर्को दबाब परेको हो । 

बैंकले तरलता अभाव देखाउँदै ऋण दिन छाडेपछि अहिले निजी घर निर्माण पनि घटेको छ । यस्तै, निर्माण सामाग्रीको चरम मूल्य बढेपछि निर्माण व्यवसायीहरु सबै ठेक्कामा मूल्यवृद्धि अनुसारको समायोजन गर्नुपर्ने माग राख्दै अहिले निर्माण ठप्प पारेर ‘कन्स्ट्रक्सन होलिडे मा छन् ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?