जग्गाको कित्ताकाटका लागि नयाँ मापदण्ड बनाउँदै भूमी मन्त्रालय

भू–उपयोग नियमावली जारी भइसकेपछि सोही नियमावलीअनुसार जग्गाको कित्ताकाट गर्नका लागि कार्यविधि बनाउन लागिएको हो ।

367B408218B985F-icon.png
1194views
B4B0F531F2F6C6B-kittakaat-final.jpg

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले जग्गाको कित्ताकाट गर्नका लागि नयाँ मापदण्ड बनाउने भएको छ । बुधबार जारी भएको नयाँ भू–उपयोग नियमावली अनुसार जग्गा कित्ताकाटका लागि कार्यविधि बनाइने भएको हो । 

अब सोही विधि मापदण्ड अनुसार मात्रै कित्ताकाट गर्न पाइने छ । 

कृषियोग्य भूमि जथाभावी खण्किडरण गरेपछि तत्कालिन भूमि मन्त्री गोपाल दहितले २६ साउन २०७४ मा जग्गाको कित्ताकाट रोकेका थिए । त्यसबेला कृषि भूमि वर्षमा दुई पटक मात्र कित्ताकाट गर्न पाइने व्यवस्था गरिएको थियो । 

त्यसपछि भूमि मन्त्री बनेकी पद्मा अर्यालाले स्थानीय तहबाट ‘खेतीयोग्य जमिन होइन’ भन्‍ने सिफारिस लिएर कित्ताकाट गर्न पाउने गरी पुस २०७५ मा कित्तकाट आंशिक रुपमा खुकुलो बनाइन् ।

उनले भू–उपयोग नियमावली जारी नहुँदासम्मका लागि स्थानीय सरकारको सिफारिसमा खेतीयोग्य जमिनबाहेक अन्य जमिनको कित्ताकाट गर्न सकिने व्यवस्था गरेकी थिइन् ।

कित्ताकाटमा कडाईले व्यथिति निम्ताएको ठहर गर्दै १८ भदौ ०७७ मा मन्त्री अर्यालले यसअघि जग्गा कित्ताकाटमा लगाइएको सबै बन्देज पूर्ण रुपमा हटाउने निर्णय गरेकी थिइन् । तर, उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि २३ मंसिर ०७७ मा सर्वोच्चले १८ भदौको निर्णय कार्यान्वयन नगर्न आदेश दियो । 

भू–उपयोग ऐन, २०७६ मा स्थानीय भू–उपयोग परिषदले निर्धारित मापदण्ड र कार्यविधि बमोजिम भू–उपयोग क्षेत्र बर्गिकरण गर्नुपर्ने आवासीय प्रयोजनको लागि बर्गिकरण गरिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसायिक रुपमा घडेरी विकसित र बिक्री गर्न नपाउने व्यवस्था गरेको छ ।
यति कडाई हुँदा हुँदै पनि कित्ताकाट रोकिएको छैन, उल्टै बढेको बढ्यै छ ।

भू–उपयोग नियमावली जारी भइसकेपछि सोही नियमावलीअनुसार जग्गाको कित्ताकाट गर्नका लागि कार्यविधि बनाउन लागिएको हो ।

सरकारले भू–बनोट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताको आधारमा कृषि क्षेत्र, आवसीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र आवश्यकता अनुसार अन्य क्षेत्र गरी १० क्षेत्रमा वर्गीकरण गर्ने बताएको छ ।

एउटा प्रयोजनका लागि वर्गीकरण गरिएको जग्गा अर्को प्रयोजनका लागि प्रयोग गर्ने गरी भूउपयोग परिवर्तन गर्न पाइने छैन । कुनै व्यक्तिले निर्धारित प्रयोजनमा भन्दा फरक प्रयोजनमा प्रयोग गर्नुपर्ने भएमा कारण खुलाई सम्बन्धित स्थानीय भूउपयोग परिषद्मा निवेदन दिनुपर्ने व्यवस्था छ ।

नियमावली राजपत्रमा जारी भएपछि औपचारिक रूपमा कार्यान्वयन हुनेछ ।

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

मालपोत ऐन यथाशीघ्र संशोधन गर्नुपर्ने भन्दै घरजग्गा व्यवसायी महासंघको ९ बुँदे सुझाव

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति