कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति

काठमाडौं महानगरभित्र विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकिएको छ ।

367B408218B985F-icon.png
828views
0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि महानगरभित्र लाग्‍ने करका दरहरु तोकेको छ । महानगरले आगामी आवमा करको दायरा विस्तारदेखि कतिपय व्यवसायहरुमा कर छुट दिने स्किम समेत घोषणा गरेको छ । कतिपय उद्योग व्यवसायमा लाग्‍न‍े करका दरहहरु विगतकै यथावत राखिएको छ ।

महानगरपालिकाले काठमाडौं महानगरभित्र सञ्‍चालित व्यवसायिक भवन र अस्पतालजस्ता सेवाप्रदायकहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरिदिएको छ । यसको मतलब, आगामी वर्षदेखि अस्पताल, निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्पलेक्स, अस्पताल, बहुतले आवासीय भवन लगायतले निःशुल्क पार्किङ सुविधा दिनुपर्ने हुन्छ ।

महानगरले व्यावसायिक रुपमा पार्किङ संचालन गर्ने संस्था तथा व्यक्तिलाई व्यवसाय करमा ५ वर्षसम्म १०० प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेको छ । निजी क्षेत्रले आफ्नो निजी घर वा घजग्गामा काठमाडौं महानगरबाट अनुमति लिएर व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ व्यवसाय सञ्‍चालन गर्न सक्नेछन् ।

यस्तै, नक्सापास गर्दा भुमिगत पार्किङ क्षेत्र उल्लेख गरेका तर हाल व्यावसायिक प्रयोजन रहेको भवनलाई पार्किङ अनिवार्य गरिएको छ । महानगरले भवन निर्माण सम्पन्‍न भएको मितिले १० वर्षसम्म पार्किङ प्रयोजनका लागि प्रयोग नहुने क्षेत्रको सम्पत्ति करमा छुट दिने व्यवस्था गरेको छ ।

काठमाडौं महानगरभित्र न्यून बहाल आम्दानी देखाएर छुट प्राप्त गरेका करदाताले बढी बहाल लिएको पाइए १० प्रतिशत जरिवाना हुने भएको छ । महानगरले व्यावसायिक प्रयोग र प्रयोजनका लागि कुल बहाल रकमको वार्षिक १० प्रतिशतका दरले स्रोतमै करकट्टी गरी बहाल कर लिनेछ । 

वार्षिक १ लाखभन्दा कम बहाल आम्दानी भएका र आम्दानीको अन्य कुनै स्रोत नभएका करदाताले ७५ प्रतिशतसम्म छुट पाउनेछन् । तर, १ लाख वा सोभन्दा बढी बहाल आम्दानी गर्ने र आम्दानीका अन्य स्रोतहरु पनि रहेका करदाताले छुट पाउने छैनन् ।

बहुतले अपार्टमेन्टको हकमा तला (फ्ल्याट)ले ओगटेको भवनको हिस्सा बराबर जग्गाको क्षेत्रफल कायम गरी सम्पत्ति मूल्यांकन हुने भएको छ ।

महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकिएको छ ।

महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घर जग्गा भई वा लिजमा लिई होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्‍चालन भएको करदाताको हकमा बक्यौदा सहितको सम्पत्ति कर चुक्ता गरेमा आर्थिक वर्ष ०८०-८१ को सम्पत्ति करमा थप ३० प्रतिशत छुट हुने व्यवस्था आर्थिक ऐन ०८० ले गरेको छ ।

आर्थिक विधेयक २०८० ले पाँचतारे होटलका लागि एक लाख, चारतारे होटलका लागि ८० हजार, तीनतारे होटलका लागि ६० हजार, दुईतारे होटलका लागि ४० हजार र एकतारे होटलका लागि २० हजार रुपैयाँ कर लाग्‍ने व्यवस्था गरेको छ । 

यस्तै, चलचित्र प्रदर्शनी घर, साधारण होटल, लज, गेष्टहाउस, ५० जनाभन्दा बढी क्षमताको होमस्टे, रेष्टुरेन्ट एन्ड बार (डान्स, दोहोरीबाहेक), ट्राभल एन्ड ट्रेकिङ एजेन्सीहरुका लागि १० हजार रुपैयाँ कर लगाउने व्यवस्था गरिएको छ । 

वायुयान भाडामा लगाउने व्यवसाय, डिस्को, नाइट क्लबलाई २५ हजार रुपैयाँ कर लाग्‍ने आर्थिक विधेयकमा उल्लेख छ । आगामी आवदेखि पूर्ण क्षमताको ठूलो क्यासिनोले तीन लाख र मिनी क्यासिनोले २५ हजार र ट्रेकिङ सामान पसल, मनोरञ्‍नन व्यवसाय, थान्का, डान्स ट्रेनिङ सेन्टर, संगीत व्यवसाय, ट्याटु हाउसले पाँच हजार रुपैयाँ कर तिर्ने व्यवस्था गरिएको छ ।

५० जना क्षमताको होस्टेललाई तीन हजार र ५० जनाभन्दा बढी क्षमताको होस्टेललाई पाँच हजार, मेकअप स्टुडियोलाई तीन हजार, पाँच रोपनीसम्मको फन पार्कलाई १० हजार, १० रोपनीसम्मका फनपार्कलाई २० हजार र १० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको फनपार्कलाई ३० हजार रुपैयाँ कर लाग्‍ने भएको छ ।

काठमाडौं महानगरभित्र सवारी साधनलाई भाडामा लगाउँदा र झोलामा गरिने विज्ञापनमा पनि कर लाग्‍ने व्यवस्था गरिएको छ । झोलामा गरिने विज्ञापनमा प्रतिगोटा वार्षिक १ सय रुपैयाँका दरले कर लाग्‍नेछ । परिचय पाटीमा लेखिएको विज्ञापनमा वार्षिक एक हजारका दरल कर लाग्‍ने व्यवस्था गरिएको छ । 

महानगरभित्र सडक पुल, रोपवे, रेलवे, टनेल, फ्लाइओभर ब्रिज तथा औद्योगिक, व्यापारिक एवं आवासीय कम्प्लेक्स निर्माण गरी सञ्‍चालन गर्ने व्यवसायीलाई २५ हजार कर लाग्‍ने व्यवस्था छ । 

किराना खुद्रा पसलका लागि दुई हजार, थोक किराना पसलका लागि पाँच हजार, थोक खाद्यान्‍न बिक्रेतालाई १० हजार, खाद्यान्‍न खुद्रा बिक्रेतालाई तीन हजार रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था छ । 

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं महानगरमा उठ्यो ११ महिनामा सवा ८ अर्ब राजश्‍व, लक्ष्यको ७९ प्रतिशतमात्रै