मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

आव ०७८/७९ को तुलनामा देशभर घरजग्गा किनबेच ३७.२४ प्रतिशत र राजश्व संकलन ४५.६० प्रतिशतले घट्यो  

367B408218B985F-icon.png
656views
7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

–आर्थिक वर्ष ०७८/७९ भन्दा गत आवमा घरजग्गा किनबेच ३७.२४ प्रतिशत र राजश्व संकलन ४५.६० प्रतिशतले घट्यो  

काठमाडौं । बितेको आर्थिक वर्ष ०७९/८० मा घरजग्गा कारोबारमा देशव्यापी चरम मन्दी छाएको छ । घरजग्गा कारोबार सुस्ताउँदा सरकारलाई राजश्व असुलीमा समेत धक्का लागेको छ ।

अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा घरजग्गाको लिखत पारित ३७.२४ प्रतिशत घटेको छ भने राजश्व संकलन ४५.६० प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष ०७९/८० मा देशभरीका मालपोत कार्यालयबाट ४ लाख ६७ हजार लिखत पारित भएका छन् । जबकी, अघिल्लो आर्थिक वर्षमा सात लाख ४५ हजार घरजग्गा किनबेच भएका थिए । गत वर्ष लिखत पारित दुई लाख ७७ हजार ५५१ ले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्ष ०७९÷८० मा मालपोत कार्यालयबाट रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, सेवा शुल्कलगायत विभिन्न शिर्षकमा ४१ अर्ब १६ करोड रुपैयाँ राजश्व संकलन भएको छ । जबकी, अघिल्लो आर्थिक वर्षमा भने ७५ अर्ब ६६ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

घरजग्गाको व्यापार सुस्ताउँदा सरकारलाई मालपोत राजश्वमा साढे ३३ अर्बभन्दा बढीले घाटा भएको छ ।

आर्थिक वर्षको सुरुवाती महिनाहरुमा चरम मन्दी छाएको घरजग्गा कारोबारमा पछिल्ला महिनामा क्रमशः सुधार हुँदै आइरहेको छ । तर, आर्थिक वर्ष ०७८÷७९ सँग तुलनामा गर्दा घरजग्गा किनबेच र राजश्व संकलन अवस्था निरासाजनक देखिन्छ 

कुन महिना कति लिखत पारित?

गत आव ०७९/८० मा सबैभन्दा धेरै घरजग्गा जोख महिनामा किनबेच भएका छन् । जेठमा देशभर ५५ हजार घरजग्गा किनबेच भएका थिए । सबैभन्दा कम अशोज महिनामा करिव २६ हजार घरजग्गा किनबेच भएको देखिन्छ ।

आर्थिक वर्षको पहिलो महिना साउनमा देशभरी ३३ हजार ८३४, भदौमा ३४ हजार ७२०, कार्तिकमा २७ हजार ९३९, मंसिरमा २९ हजार १८४, पुसमा ३८ हजार ८७१, माघमा ४१ हजार ०८६, फागुनमा ४० हजार ७३४, चैतमा ४९ हजार १५०, वैशाखमा ४२ हजार ४६१ र असारमा ४८ हजार ७७१ घरजग्गाको लिखत पारित भएको छ ।

भूमि व्यवस्था विभागको तथ्यांकले पछिल्ला महिनमा घरजग्गा किनबेच क्रमिक रुपमा बढ्दै गइरहेको देखाउँछ । ०८० को जेठ र असार महिनामा ०७९ को जेठ र असारको तुलनामा धेरै घरजग्गा किनबेच भएका छन् ।

कुन महिना कति राजश्व संकलन ?

गत आव ०७९/८० मा सबैभन्दा धेरै राजश्‍व चैत महिनामा संकलन भएको देखिन्छ । चैतमा देशभरका मालपोतबाट ४ अर्ब ५१ करोड रुपैयाँ राजश्‍व संकलन भएको छ । सबैभन्दा कम अशोजमा महिनामा २ अर्ब ५७ करोड रुपैयाँमात्र राजश्‍व संकलन भएको छ ।

साउनमा २ अर्ब ७४ करोड, भदौमा ३ अर्ब ५६ करोड, कार्तिकमा ३ अर्ब, मंसिरमा २ अर्ब ६५ करोड, पुसमा ३ अर्ब ७१ करोड, माघमा ३ अर्ब ७० करोड, फागुनमा ३ अर्ब ५७ करोड, चैतमा ४ अर्ब ५१ करोड, वैशाखमा ३ अर्ब १० करोड, जेठमा ३ अर्ब ७५ करोड र असारमा ४ अर्ब २७ करोड रुपैयाँ राजश्‍व संकलन भएको छ ।

आर्थिक वर्षको पछिल्ला महिनाहरुमा घरजग्गा किनबेच बढेसँगै राजश्‍व संकलन पनि बढ्दै गइरहेको देखिन्छ । वर्षको सुरुवाती महिना भूउपयोग नियमावली २०७९ को कारण देशैभर कित्ताकाट ठप्प हुँदा घरजग्गा किनबेच र राजश्‍व संकलन पनि घटेको थियो ।

यतिसम्म कि, कित्ताकाट रोकिँदा मालपोत कार्यालयहरुमा ७० प्रतिशतसम्म सेवा प्रवाह घटेको भूमि विभागको भनाई छ । त्यसमाथि बैंकमा तरलता अभावका कारण घरजग्गा कर्जा पनि ठप्प हुनुका साथै ब्याजदर पनि चर्कियो । राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गर्यो । 

तर, मंसिरपछि स्थानीय तहरुहरुले क्रमिक रुपमा जग्गाको वर्गीकरण गर्न थालेपछि ठाउँ ठाउँमा कित्ताकाट खुल्यो । बैंकमा तरलता सहज हुँदा कर्जा प्रवाह विस्तार हुँदै गयो । जसले गर्दा घरजग्गा किनबेच र राजश्व असुली पनि बढ्दै गइरहेको देखिन्छ । 

भूमि विभागका अनुसार देशभरका ७५३ स्थानीय तहहरुमध्ये १६६ स्थानीय तहले मात्रै कृषि र गैरकृषि भूमि भनेर वर्गीकरण गरेका छन् । अझै पनि ५८७ स्थानीय तहले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाट फुकुवा हुन सकेको छैन । जसको प्रभाव सिधै घरजग्गा किनबेच र राजश्‍व असुलीमा परेको देखिन्छ । 

यस्तो छ असारको कारोबार

गत आर्थिक वर्षको अन्तिम महिना असारमा दशेभर ४८ हजार ७७१ घरजग्गा कारोबार भएका छन् भने ४ अर्ब २७ करोड रुपैयाँ राजश्‍व संकलन भएको छ ।

अघिल्लो महिना जेठको तुलनामा असारमा घरजग्गा किनबेच घटेपनि अघिल्लो आवको असार महिनासँग तुलना गर्दा कारोबार बढेको छ । विभागका अनुसार, जेठ महिनामा ५५ हजार घरजग्गा किनबेच भएका थिए भने ०७९ असारमा ४७ हजार घरजग्गा किनबेच थिए ।

असारमा राजश्‍व संकलन गत महिना जेठको तुलनामा बढे पनि अघिल्लो आवको असारको तुलनामा घटेको छ । यो जेठमा ३ अर्ब ७५ करोड राजश्व उठेको थियो भने अघिल्लो आवको असारमा ६ अर्ब ११ करोड राजश्‍व उठेको थियो । 

असार महिनामा देशभरका १२६ मालपोतबाट कुल १ लाख १९ हजार सेवा प्रवाह भएका छन् ।

असारमा सबैभन्दा धेरै घरजग्गा किबनेच सुनसरीको इनरुवामा भएका छन् । इनरुवा मालपोत कार्यालयमा एक महिनामा २६ सय ६० घरजग्गा किनबेच भएका हुन् ।

यस्तै, मोरङको बेलवारी मालपोत कार्यालयबाट मा २२ सय ७२, जनकपुरमा २ हजार ५२, बाँकेमा १९४६, भक्तपुरमा १९१०, ललितपुरमा १८ सय ४७, झापको भद्रपुरमा १५ सय ४२, पर्सामा १५ सय ३२, काठमाडौंको कलंकीमा १४ सय ९१, मोरङको विराटगरमा १२ सय ३७ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ ।

यस्तै, रुपन्देहीको बुटवल मालपोतबाट १२ सय २५, बाराको कलैयामा ११ सय ८६, मकवानपुरमा ११ सय ३५, महोत्तरीको जलेश्‍वरमा ११ सय २९, काभ्रेमा एक जहरा ७२, दाङको घोराहीमा १ हजार ५६, झापाको दमकमा १ हजार ११ घरजग्गा किनबेच भएका छन् । 

असारमा संकलन भएको कुल राजश्‍वमध्ये २ अर्ब ६१ करोड रुपैयाँ रजिष्ट्रेसन दस्तुर र १ अर्ब ५८ करोड रुपैयाँ पुँजीगत लाभकरवापत संकलन भएको छ । यस्तै, सेवा शुल्क करवापत ३० करोड रुपैयाँ संकलन भएको छ । 

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति

D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं महानगरमा उठ्यो ११ महिनामा सवा ८ अर्ब राजश्‍व, लक्ष्यको ७९ प्रतिशतमात्रै