महालेखाले औंल्यायो– बहुतले अपार्टमेन्ट परियोजनका आठ गम्भिर कमजोरीहरु

रियलस्टेट डेभलपरहरुले बहुतले भवन, अपार्टमेन्ट तथा सामूहिक अवासहरुको निर्माण कार्य सम्झौता बमोजिम नगरेको पनि भेटिएको छ ।

367B408218B985F-icon.png
562views
DC8E7594E149F29-apartment.JPG

काठमाडौं । महालेखापरिक्षकको कार्यालयले संयुक्त तथा बहुतले आवास अपार्टमेन्ट परियोजनाका गम्भिर प्रकृतिका आठ विकृती औंल्याएको छ ।

अपार्टमेन्ट परियोजनाहरुको अनुगमन, उजुरी तथा गुनासोका आधारमा विभिन्‍न कमिकमजोरी र विकृतिहरु फेला पारेको महालेखाले आफ्नो ५९औं प्रतिवेदनमा लेखेको छ । कतिपय अपार्टमेन्ट निर्माणकर्ताले बुकिङकर्तासँग रकम उठाएपछि अपार्टमेन्ट नै निर्माण नगर्नेसम्म लापरबाही र ठगिसम्म गर्ने गरेको भेटिएका छ ।

महालेखाका अनुसार, रियलस्टेट डेभलपरहरुले बहुतले भवन, अपार्टमेन्ट तथा सामूहिक अवासहरुको निर्माण कार्य सम्झौता बमोजिम नगरेको पनि भेटिएको छ । कतिपय व्यवसायीले महानगरबाट निर्माण सम्पन्‍न प्रमाणपत्र लिएर पुनः रद्द गरेको पनि भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अपार्टमेन्ट खरिदकर्तालाई जग्गा धनीपुर्जा उपलब्ध नगराएको, कवुल गरेका दिनैपर्ने सुविधाहरु उपलब्ध नगराएको गुनासोहरु पनि आइरहेको महालेखाले जनाएको छ ।

अपार्टमेन्ट निर्माण गर्दा प्लानिङ परर्मिट अनुसार काम नगरेको, खरिदकर्ताबाट रकम उठाई निर्माण कार्य नै प्रारम्भ नगरेको, कतिपय निर्माणाधीन अपार्टमेन्टहरुको नाम नै परिवर्तन गरी होटेल र बैंक सञ्‍चालन गरेको पनि भेटिएको छ ।

आवास कम्पनीले अर्काको नाममा रहेको जग्गा बुकिङ गरी रकम उठाएको लगायत उजुरी र गुनासो पनि महालेखापरिक्षकको कार्यालयमा आएका छन् । महालेखाले उल्लेखित गुनासोहरु सम्बोधन गरी प्रचलित कानूनको पालना गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

भिभान्ता होटल (झम्सिखेल), सिल्भरसिटीको द एड्रेस लाउन्ज बार (कालिकास्थान), एल्लो हाउस होटल (सानेपा), होटल अकामा (धुम्बाराही), होटल आयात प्लेस (ताहाचल), सुन्धाराको अपार्टमेन्टमा पाँचतारे होटलको तयारी, होटल क्राउन इम्पेरियल (रविभवन), न्यौपाने टावर्स (भक्तपुर) सुरुमा अपार्टमेन्ट परियोजना निर्माण गर्ने भनेर ठडिएका भवन हुन् । 
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?