घरजग्गामा लगानी नगर्न सहकारी विभागको निर्देशन

कर्जा लगानी गर्दा दीर्घकालिन स्रोत पनि सुनिश्चितता र ऋण असुली प्रकृयालाई प्राथमिकता दिएर कार्ययोजना बनाई लागू गर्नुपर्नेछ ।

367B408218B985F-icon.png
1679views
DD8A4545F92F056-Sahakari-Final.jpg

काठमाडौं । सहकारी संस्थाहरुमा आर्थिक हिनामिन हुन थालेपछि सहकारी विभागले कडाई गर्न थालेको छ । विभागले घरजग्गालगायत स्थिर सम्पत्तीमा कर्जा लगानी नगर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।

अब लामो अवधिको क्षेत्रमा समेत सहकारी संस्थाहरुले कर्जा प्रवाह गर्न पाउने छैनन् । तत्काल प्रतिफल हुने स–साना व्यवसायहरुमा लगानी गर्न विभागले सहकारी संस्थाहरुलाई निर्देशन दिएको हो ।

यस्तै, कर्जा लगानी गर्दा दीर्घकालिन स्रोत पनि सुनिश्चितता र ऋण असुली प्रकृयालाई प्राथमिकता दिएर कार्ययोजना बनाई लागू गर्नुपर्नेछ ।

कर्जा प्रवाह गर्दा संस्थाको सञ्‍चालक समितिको बैठकको निर्णयबाट मात्रै गर्नुपर्ने, यदि एकल निर्णय गरेको अवस्थामा जिम्मेवारी र जवाफदेहिता स्वयं निर्णयकर्ताको नै हुनुपर्ने विभागको निर्देशन छ ।

पछिल्लो समय सहकारी संस्थाहरुले आफ्नो उद्देश्य विपरित विभिन्‍न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । जसले गर्दा बचतकर्ताको साँवासमेत डुब्‍न सक्ने अवस्था सिर्जना भएको छ ।

घरजग्गामा वाणिज्य, विकास र फाइनान्स कम्पनीले मात्र ऋण लगानी गर्न पाउने व्यवस्था छ । तर, नेपालमा घरजग्गा क्षेत्रमा सहकारी संस्थाहरुबाट पनि ऋण प्रवाह भइरहेको छ । खासगरी, प्रणालीभन्दा बाहिर भएको रकम सहकारीमार्फत घरजग्गामा लगानी हुँदै आइरहेको वित्तीय क्षेत्रका जानकार बताउँछन् ।

घाटामा रहेका सहकारीलाई सेयर लाभांश वितरण नगर्न, कर्मचारीलाई बोनस नदिन, सञ्‍चालकहरूको सुविधा कटौती गर्न, प्रशासनिक खर्च घटाउन, घाटामा चलेका शाखा वा सेवा केन्द्रहरू बन्द गर्न पनि विभागले निर्देशन दिएको छ ।

सहकारी संघहरुले पनि बैंकहरुले जस्तै मासिक रूपमा वित्तीय विवरण सार्वजनिक रूपमा सूचना निकाली जानकारी गराउनुपर्ने भएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?