के ठूलो विलासी घर खोज्दै हुनुहुन्छ ? यी हुन् बिक्रीमा राखिएका १० महंगा घर

एक/डेढ रोपनी क्षेत्रफलमा बनेका घरहरु बिक्रीमा राखिएका छन्, जसको मूल्य १० लाखभन्दा बढी रहेको छ ।

367B408218B985F-icon.png
8529views
0EF94BA8002F79A-home-final.jpg

काठमाडौं । के तपाईं ठूलो क्षेत्रफलमा बनेको विलासी घर खोजिरहनुभएको छ । यदि छ भने हामी तपाईंलाई काठमाडौं उपत्यकामा बिक्रीमा राखिएका केही विलासी घरहरुका बारेमा जानकारी गराउन गइरहेका छौं । 

एक/डेढ रोपनी क्षेत्रफलमा बनेका घरहरु बिक्रीमा राखिएका छन्, जसको मूल्य १० लाखभन्दा बढी रहेको छ ।

धापासी टोखामा तीन रोपनी क्षेत्रफलमा बनेको साढे दुई तल्ले बंग्लो बिक्रीमा छ । ६ बेडरुम रहेको यस आवासिय भिल्लाको बिक्री मूल्य २५ करोड रहेको छ ।

महाराजगञ्‍जमा २० फिट बाटो भएको ठाउँमा १४ आना जग्गामा बनेको घर बिक्रीमा राखिएको छ । साढे तीन तलाको आकर्षक घरको मूल्य १२ करोड तोकिएको छ । पूर्वी मोहोडा भएको सो घरमा पाँच बेडरुम रहेका छन् ।

पासिकोटमा २० आना जग्गामा बनेको साढे दुई तल्ले घर बिक्रीमा रहेको छ । उत्तर–पश्चिम मोहडा फर्किएको घरमा चारवटा बेडरुम रहेका छन् । १४ फिटको बाटोमा रहेको घरको बिक्री मूल्य १० करोड राखिएको छ ।

 

धापासी हाईटमा २० फिट बाटोमा १४ आना जग्गामा बनेको साढे तीन तले भिल्ला बिक्रीमा छ । दक्षिण–पूर्वी मोहडाको यस पाँच बेडरुमको क्लासिक भिल्लाको मूल्य १३ करोड ५० लाख रहेको छ । 

महाराजगञ्‍जमा २० फिट बाटो भएको १३ आना जग्गामा बनेको साढे दुई तल्ले आवासीय भिल्ला बिक्रीमा छ । दक्षिण–पूर्वी मोहडा फर्किएको घरमा चार बेडरुम रहेका छन् । नियोक्लासिक शैलीमा बनेको भिल्लाको बिक्री मूल्य १९ करोड तोकिएको छ ।

रातोपुलमा १ रोपनी क्षेत्रफलमा बनेको पश्‍चिम मोहडाको चार तल्ले घर बिक्रीमा राखिएको छ । फ्ल्याट सिस्टमको यस आवासिय घरको बिक्री मूल्य १३ करोड ७५ लाख रहेको छ ।

बुढानिलकण्ठमा एक रोपनी क्षेत्रफलमा बनेको दुई तले बंग्लो बिक्रीमा छ । सो आवासिय घरको बिक्री मूल्य १८ करोड रहेको छ ।

धुम्बाराहीमा १७ आना जग्गामा बनेको साढे दुई तल्लाको आकर्षक आवासीय बंग्लो बिक्रीमा छ । यस बंग्लोको मूल्य १४ करोड राखिएको छ ।

महाराजगञ्‍जमा ११ आना जग्गामा बनेको दुई तल्ले बंग्लो बिक्रीमा राखिएको छ । आवासिय तथा व्यवसायिक दुबै प्रयोजनको लागि उपयुक्त यस चार बेडरुम हलको बंग्लोको बिक्री मूल्य १० करोड ४५ लाख रहेको छ ।

बुढानिलकण्ठमा २२ आना क्षेत्रफलमा रहेको ६ बेडरुम हलको डुप्लेक्स घर बिक्रीमा छ । यस सुविधा सम्पन्‍न आवासिय बंगलोको बिक्री मूल्य १२ करोड ५० लाख रहेको छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?