काठमाडौं महानगरभित्रको जमिन गैरकृषि क्षेत्रमा वर्गीकरण, खुल्यो कित्ताकाट

बुधबारको बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भूउपयोग कार्यान्वयन समितिबाट कृषि योग्य जमिन नभएको सिफारिसका आधारमा निर्णय हुन प्रस्ताव पेस गरेका थिए । 

367B408218B985F-icon.png
13912views
3BA4FBB46828451-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेको सबै जमिनलाई गैरकृषि भूमिमा बर्गिकरण गरेको छ । भूउपयोग परिषद् गठन गरेर अध्ययन गर्दा काठमाडौं महानगरभित्र कृषियोग्य जमिन नभेटिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

बुधबार महानगरका मेयर बालेन्द्र शाहको अध्यक्षतामा बसेको भूउपयोग कार्यान्वयन समितिको बैठकले जग्गाको वर्गिकरण गरेको हो । भूउपयोग कार्यान्वयन समितिको सिफारिसको आधारमा महानगरले जग्गाको वर्गिकरण गरेको प्रवक्ता मानन्धरको भनाई छ ।

‘काठमाडौंमा कषियोग्य जमिन भेटिएन, सबै जग्गा गैरकृषि भूमिमा बर्गिकरण गर्ने निर्णय भएको छ’ प्रवक्ता मानन्धरले भने, ‘अब महानगरपालिकाले मालपोत कार्यालयलाई आफ्नो क्षेत्रमा पर्ने जग्गाको कित्ताकाटका लागि सिफारिस गर्नेछ ।’

बुधबारको बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भूउपयोग कार्यान्वयन समितिबाट कृषि योग्य जमिन नभएको सिफारिसका आधारमा निर्णय हुन प्रस्ताव पेस गरेका थिए । 

‘काठमाडौं महानगरपालिका क्षेत्रको जमिन गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण भएको छ’ बैठकपछि मेयर शाहले भने, ‘बैठकको निर्णयपछि यसअघि रोक्का भएको जमिनको कित्ताकाट र अंशबण्डा फुक्का भएको छ ।’

महानगरपालिकाले २ कात्तिकमा वडाध्यक्षको संयोजकत्वमा वडासचिव सदस्य सचिव रहने गरी भूउपयोग कार्यान्वयन उपसमिति गठन गरेको थियो । सोही समितिको सिफारिसको आधारमा महानगरपालिकाको बैठकले जग्गाको वर्गीकरण गरेको हो । 

अब काठमाडौं महानगरभित्र जग्गाका कित्ताकाट खुलेको बताइएको छ । महानगरले गैरकृषि भूमिको सिफारिस दिने वित्तिकै सहजै कित्ताकाट हुनेछ ।

सरकारले २३ जेठ २०७९ मा भूउपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गरेपछि देशैभर कित्ताकाट ठप्प छ । भूमि मन्त्रालयले २७ जेठमा कृषि र गैरकृषि भनी वर्गीकरण नगरेको जग्गा कित्ताकाट नगर्न मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले जग्गाको वर्गीकरण गर्न स्थानीय तहमा रहेका स्थानीय भूउपयोग परिषदलाई अख्तियारी दिएको छ । तर, स्थानीय तहहरुले समयमै जग्गाको वर्गीकरण गर्न नसक्दा देशैभर कित्ताकाट ठप्प भएको छ ।

४ आनाभन्दा कम क्षेत्रफल कित्ताकाट नहुने 

सरकारले काठमाडौं उपत्यकाभित्र आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई ४ आना १.४१९ दाम (१३० बर्गमिटर) भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न रोकेको छ । यस्तै, पाँच सय वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाईभन्दा लम्बाई चार गुणाभन्दा बढी हुनुपर्ने व्यवस्था गरिएको छ ।

कृषि क्षेत्रको रुपमा तोकिएको जग्गालाई काठमाडौं उपत्यकामा १५ आना, २ पैसा, ३.६ दाम (पाँच सय बर्गमिटर) भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न रोकिएको छ ।

यस्तै, तराई र भित्री मधेशको हकमा एक रोपनी ५ आना ३.६ दामभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने नियमावलीमा व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरभित्र आवासिय क्षेत्रमा कित्ताकाट गर्न पनि ४ आना १ दाम जग्गा अनिवार्य हुनुपर्ने छ । अहिलेसम्म साढे दुई आना जग्गा पनि कित्ताकाट हुँदै आइरहेको थियो । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?