ललितपुरको गोदावरीमा पनि खुल्यो कित्ताकाट, महानगर अन्तिम गृहकार्यमा

गोदावरी नगरभित्र पनि कृषियोग्य भूमि कमै भेटिएको छ । अधिकांश जग्गा आवासीय र खानी क्षेत्रमा वर्गीकरण भएको प्रवक्ता मिलन सिलवालले बताए ।

367B408218B985F-icon.png
6550views
D549A3E3DF550C7-Godawari-final.jpg

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका क्षेत्रमा जमिको वर्गीकरण भएको छ । आफ्नो नगरभित्र पर्ने जग्गा–जमिन १८ कात्तिकमा वर्गीकरण गरिसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताए ।

‘यस क्षेत्रमा कृषि र गैरकृषि भूमि वर्गिकरण गरी २२ कात्तिकमै मालपोत कार्यालयलाई पत्राचार गरिसकेका छौं’ उनले भने, ‘अब रोक्का रहेको कित्ताकाट र अंशबण्डा पनि फुकुवा भइसकेको छ ।’ 

गोदावरी नगरभित्र पनि कृषियोग्य भूमि कमै भेटिएको छ । अधिकांश जग्गा आवासीय र खानी क्षेत्रमा वर्गीकरण भएको प्रवक्ता सिलवालले बताए । ‘कृषियोग्य भूमि भनेर ७ र ९ नम्बर वडाका केही भागहरु परेका छन्, अरु जमिनलाई आवासीय र खानी क्षेत्रमा वर्गीकरण गरिएको छ’ उनले भने ।

ललितपुर महानगरमा अध्ययन हुँदै

ललितपुर महानगरपालिकाभित्र पर्ने जग्गाको पनि वर्गीकरण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।

ललितपुर महानगरका सम्पूर्ण वडाले आफ्नो क्षेत्रमा पर्ने जग्गा कृषि र गैरकृषि भनेर सिफारिस गरिसकेका छन् । वडाले गरेको सिफारिस स्थानीय भूउपयोग कार्यान्वयन उपसमितिले अध्ययन तथा छलफल गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

उपसमितिले कार्यापालिकामा सिफारिस गरेपछि बैठक बसेर जग्गाको वर्गीकरणबारे निर्णय हुने उनको भनाई छ । ‘कार्यापालिकाले निर्णय गर्नासाथ मालपोत कार्यालयलाई पत्राचार हुनेछ, त्यसपछि रोकिएको कित्ताकाट र अंशबण्डा फुकुवा हुनेछ’ उनले भने ।

महालक्ष्मीमा एउटा वडाको विरोध

यस्तै, ललितपुरकै महालक्ष्मी नगरपालिकामा भने विवादका कारण भूउपयोग वर्गीकरणको निर्णय कार्यान्वयन हुन सकेको छैन । 

नगरपालिकाले पहिल्यै आफ्नो क्षेत्रमा पर्ने जग्गा जमिन कृषि र गैरकृषिमा वर्गीकरण गरेको थियो ।

तर, वडा नम्बर ६ बाट वर्गीकरणबारे विरोध आएपछि निर्णय कार्यान्वयन नभई पेन्डिङमा रहेको नगरपालिकामा सूचना अधिकारी लवकुमार गुप्ताले बताए ।

विरोध भएको वडामा थप अध्ययन गरी विवाद सल्टाएर छिट्टै जग्गाको वर्गीकरण गरी मालपोत कार्यालयमा सिफारिस गरिने उनले बताए ।

Photo: Annapurna Post

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?