रियलस्टेट गम्भिर संकटमा, घरजग्गा किन्‍ने ग्राहक ५३ प्रतिशतले घटे

रियलस्टेट कारोबार ठप्प भएपछि हाउजिङ, अपार्टमेन्ट, प्लटिङ, कमर्शियल भवन निर्माणमा थप नयाँ लगानीको योजना पनि रोकिएका छन् ।

367B408218B985F-icon.png
14790views
352A5E92CDA2C30-125801084_3656966920990706_3616030925233699753_n.jpg

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभाव, चर्को ब्याजदर, कर्जा प्रवाह र कित्ताकाटमा कडाई लगायत कारणले रियलस्टेट व्यवसाय चरम मन्दीमा गएको छ । पछिल्लो समय देशभरी घरजग्गा किनबेच दुई तिहाईले घटिसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

कोभिड महामारीकै बिचमा घरजग्गा कारोबारमा उछाल आएको थियो । कुनै महिना ८७ हजारभन्दा बढी घरजग्गा किनबेच भएका थिए । तर, गएको कात्तिक महिनामा करिव २९ हजारमात्रै घरजग्गा किनबेच भएको तथ्यांक छ । कोभिड मत्थर हुँदै गएसँगै बैंकमा तरलता संकट देखिन थालेपछि घरजग्गा कारोबर सुस्ताउन थालेको हो ।

देशको अर्थतन्त्रमा संकट आउँदा सबैभन्दा धेरै रियलस्टेट व्यवसाय प्रभावित भएको नेपाल उद्योग परिसंघको अध्ययनले पनि देखाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रियलस्टेट क्षेत्रमा ५२.८ प्रतिशतले माग घटेको देखिएको छ । यो क्षेत्रको कारोबार रकम पनि ४० प्रतिशतले घटेको छ । 

पछिल्लो समय घरजग्गाको माग र कारोबार दुबै घटेको छ । तर, सँगसँगै रियलस्टेट व्यवसायको लागत भने बढेको देखिएको छ । यस क्षेत्रले लिएको कर्जाको ब्याजदर पनि १५.६ प्रतिशतले बढिसकेको छ ।

रियलस्टेट कारोबार ठप्प भएपछि हाउजिङ, अपार्टमेन्ट, प्लटिङ, कमर्शियल भवन निर्माणमा थप नयाँ लगानीको योजना पनि रोकिएका छन् । पहिलो त्रैमासमा रियलस्टेट क्षेत्रमा ४० प्रतिशत नयाँ लगानीका योजनाहरु रोकिएको अध्ययनले देखाएको छ ।

 निर्माणकै सिजनमा निर्माणजन्य सामाग्रीको माग पनि स्वात्तै घटेको छ । अहिले इञ्जिनियरिङ तथा कन्स्ट्रक्सन कम्पनीको काम ४३.४ प्रतिशत र कारोबार रकम ४३.७ प्रतिशतले घटेको छ । सरकारी तथा निजी तहबाट हुने विकास निर्माण कार्य ठप्प हुँदा सिमेन्ट, डन्डी, वायर, प्लास्टिकका सामाग्रीको माग र कारोबार पनि घटेको अध्ययन प्रतिवेदनमा उल्लेख  छ ।

अहिले बैंकले तरलता अभावका कारण ऋण लगानी गर्न सकिरहेका छैनन् । तरलता अभावकै कारण वाणिज्य बैंकहरुकै ब्याजदर बढेर १८ प्रतिशतसम्म पुगेको छ । जबकी, कोभिडपछि बैंकको ब्याजदर घटेर ७ प्रतिशतसम्म झरेको थियो । पछिल्लो एक/डेढ वर्षमा ब्याजदर दोब्बरभन्दा बढीले बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा घरजग्गामा प्रवाह हुने कर्जाको सिमा काठमाडौंमा फेयर मार्केट भ्यालूको ३० प्रतिशत कायम गरिएको छ । यसअघि बैंकले काठमाडौंमा घरजग्गामा ४० प्रतिशतसम्म कर्जा लगानी गर्दै आइरहेका थिए ।

दुई आर्थिक वर्षमा भएको घरजग्गा कारोबार

महिना

०७८/७९

०७९/८०

साउन

७५,४१७

३३,८३४

भदौ

७०,०९०

३४,७२०

अशोज

५९,२२७

२५,७८९

कात्तिक

५०,०८३

२७,९३९

भूमि विभागले भूउपयोग नियमावली २०७९ लागू गरेर कित्ताकाटमा कडाई गरेसँगै असारदेखि नै घरजग्गाको कारोबार ५० प्रतिशतभन्दा बढीले घटेको छ ।

स्थानीय तहले कृषि र गैरकृषि भूमि वर्गिकरण गरी सिफारिस दिएपछि मात्र कित्ताकाट गर्न पाइने व्यवस्था छ । तर, स्थानीय तहहरुले जग्गाको बर्गिकरण गर्न सकेका छैनन् । जसले गर्दा देशभरी नै कित्ताकाट हुन सकेको छैन् ।

चालु आवको पहिलो महिना साउनमा ३३ हजार ८३४ लिखत पारित भएका छन् । जबकी, गत वर्षको साउनमा ७५ हजार ४१७ लिखत पारित भएका थिए । यस्तै, गत भदौमा ७० हजार ९० घरजग्गाको लिखत पारित भएकोमा यस भदौमा ३४ हजार ७२० लिखतमात्र पारित भएको तथ्यांक छ ।

गत वर्षको अशोजमा ५९ हजार २२७ लिखत पारित भएकोमा यो वर्षको अशोजमा २५ हजार ७८९ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।

यसरी घरजग्गकाको कारोबार निरन्तर खस्किनुमा कित्ताकाटमा रोकावटसँगै तरलता अभाव र ब्याजदर वृद्धि पनि मुख्य कारण रहेको व्यवसायीको तर्क छ ।

राष्ट्र बैंकले व्यक्तिगत आवास कर्जाको सिमा बढाइ साढे दुई करोड पुर्यायो

कस्तो आयो मौद्रिक नीति ? (पूर्णपाठ)

अपि पावरले झम्सिखेलमा १० तलाको लक्जरी अपार्टमेन्ट बनाउने

गत आर्थिक वर्षमा काठमाडौं उपत्यकाभित्र घरजग्गा किनबेच घट्यो, राजश्व संकलन बढ्यो

एक वर्षमा तीन अर्ब ८५ करोडको सिमेन्ट निर्यात

एनएमबि बैंकमा ८.९२ प्रतिशत ब्याजदरमै घरकर्जा सुविधा

असारमा अपार्टमेन्ट किनबेच २४ महिनायताकै धेरै (चार्टसहित)

जेठ महिनाको तुलनामा असारमा कित्ताकाट पनि घट्यो

71DCB519601F218-unnamed (1).png

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

4AD97C431B6596F-Tea-state.jpg

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

7CA53A70C144E92-Property-Expo-2017.jpg

बिहीबारदेखि सुरु हुँदैछ घरजग्गा मेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने तय