प्रदेश १ मा गत वर्ष ७ हजार घर–भवनको नक्सा पास, सुनसरीमा सबैभन्दा धेरै

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले ०७७/७८ को तुलनामा ०७८/७९ मा घर–भवनको नक्सापास वृद्धिदर घटेको देखाएको छ ।

367B408218B985F-icon.png
1178views
F15729B99DC69F5-Province-1-Maps-final.jpg

घर तथा भवनको स्थाई नक्सा पास झापामा २३.६ प्रतिशतले बढ्दा ताप्लेजुङमा ८२.४ प्रतिशतले घट्यो ।

काठमाडौं । गत आर्थिक वर्षमा प्रदेश नम्बर १ मा ६ हजार ८६२ घर तथा भवनको स्थाई नक्सा पास भएको छ । यो संख्या अघिल्लो आव ०७७/७८ को तुलनामा १.५ प्रतिशतले वृद्धि हो ।  

जिल्लागत आधारमा झापा जिल्लामा घरको नक्सापास सबैभन्दा धेरै २३.६ प्रतिशतले बढेको छ भने ताप्लेजुङमा सबैभन्दा बढी ८२.४ प्रतिशतले घटेको छ । नक्सा पासको संख्या हेर्दा सबैभन्दा धेरै सुनसरीमा २१ सय ९० र ताप्लेजुङमा सबैभन्दा कम ६ वटा घर–भवनको नक्सा पास भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले ०७७/७८ को तुलनामा ०७८/७९ मा घर–भवनको नक्सापास वृद्धिदर घटेको देखाएको छ । गत वर्ष १.५ प्रतिशतले नक्सापास बढेको छ, जबकी अघिल्लो वर्ष ३.३ प्रतिशतले नक्सा पास बढेको थियो ।

निर्माण सामाग्रीको मूल्य वृद्धि, तरलता अभाव र चर्को ब्याजदरका कारण प्रदेश नम्बर १ मा घर तथा भवनको नक्सापास संख्या घटेको राष्ट्र बैंकले जनाएको छ ।

कुन जिल्लामा कति नक्सा पास ?

गत वर्ष ताप्लेजुङ, सोलुखुम्बु, भोजपुर, धनकुटा, तेह्रथुम, इलाम र मोरङमा घर–भवनको नक्सा पास घटेको छ । ताप्लेजुङमा ६ (–८२.४ प्रतिशत), सोलुखुम्बुमा २३ (–६१.७ प्रतिशत), भोजपुर १८ (–४७.१ प्रतिशत), धनकुटा ६४ (–४५.३ प्रतिशत), तेह्रथुम ८ (–२७.३ प्रतिशत), इलाम ७० (–७५.८ प्रतिशत) र मोरङमा १७ सय ९५(–३.८ प्रतिशत) नक्सा पास भएका छन् ।

यस्तै, संखुवासभा, ओखलढुंगा, खोटाङ, पाँचथर, झापा, सुनसरी र उदयपुरमा नक्सा पास बढेको रिपोर्टमा उल्लेख छ । संखुवासभामा ७४, ओखलढुंगामा ३५, खोटाङमा ३१, पाँचथरमा १२, झापामा २१ सय ४७, सुनसरीमा २१ सय ९० र उदयपुरमा ४८९ नक्सा पास भएका छन् ।

घरजग्गा रजिष्ट्रेसन १२.७ प्रतिशतले वृद्धि 

आव ०७७/७८ को तुलनामा आव ०७८/७९ मा घरजग्गा रजिष्ट्रेशन संख्या १२.७ प्रतिशतले बढेको छ । तर, घरजग्गा रजिष्ट्रेसन वापतको राजश्‍व भने ३७.४ प्रतिशतले घटेर ३ अर्ब ७६ करोड संकलन भएको छ ।

जबकी, अघिल्लो वर्ष ०७७/७८ को सोही अवधिमा घरजग्गा रजिष्ट्रेसन संख्या ३६.४ प्रतिशत र रजिष्ट्रेसन वापतको राजश्‍व ६८.८ प्रतिशतले बढेको थियो ।

समीक्षा वषृमा सरकारले भू–उपयोग नियमावली–२०७९ जारी गरी जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गर्नुपर्ने व्यवस्था लागू गरेपछि घरजग्गा किनबेच घटेको अध्ययनले देखाएको छ । 

यस्तै, बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्याले आर्थिक गतिविधिमा प्रभाव पार्दा समग्र मागमा कमी आई घरजग्गा कारोवारमा प्रभाव पर्नाले थैली राजश्‍व रकम समेत घटेको छ ।

तर, बैंक तथा वित्तीय संस्था र सहकारीहरुको दृष्टिबन्धक र ससीम कित्ताको कारोवार नियमित रुपमा भैरहेकाले रजिष्ट्रेशन संख्यामा वृद्धि भएको देखिएको छ ।

गत वर्ष प्रदेश १ मा कुल एक लाख ३१ हजार ९१५ घरजग्गाको रजिष्ट्रेसन पास भएको राष्ट्र बैंकले जनाएको छ । सो वर्ष ताप्लेजुङ, पाँचथर र इलाममा मात्र घरजग्गा किनबेच घटेको छ भने अरु जिल्लामा बढेको देखिन्छ ।

ताप्लेजुङमा ९५४, संखुवासभावमा दुई हजार ७८, सोलुखुम्बुमा ८८२, ओखलढुंगामा १४ सय ८०, खोटाङमा १३ सय ३६, भोजपुरमा १४ सय ३२, धनकुटामा २ हजार ७७, तेह्रथुममा ६६७, पाँचथरमा १२ सय ८३, इलाममा २८ सय ५६, झापामा ३३ हजार ९२९, मोरङमा ४३ हजार ६११, सुनसरीमा ३२ हजार ९५५ र उदपुरमा ६ हजार ७३५ घरजग्गाको रजिष्ट्रेसन पास भएको छ ।


 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?