घरजग्गा किनबेचः बेलवारी र इनरुवालाई पछाडि पार्दै बाँके मालपोत बन्यो पहिलो

367B408218B985F-icon.png
2794views
1554146AF6B2634-C12AB068D8B5DB1-Nepalgunj1.jpg

काठमाडौं । धेरै घरजग्गा किनबेच गराउनेमा अग्रस्थानमा रहँदै आएका सुनसरीको इनरुवा र मोरङको बेलवारी मालपोत कार्यालयलाई बाँकेको नेपालगञ्‍जस्थित मालपोत कार्यालयले पछाडि पारेको छ ।

मंसिरमा पश्चिम क्षेत्रको बाँके जिल्लामा १३ सय ८२ घरजग्गा किनबेच भएका छन् । जबकी पूर्वका इनरुवामा १२ सय ३३ र बेलवारी मालपोत कार्यालयबाट एक हजार २४ घरजगा किनबेच भएका छन् ।  

यो जिल्लागत नभएर मालपोतगत कारोबार हो । यदि सुनसरीमा रहेका दुईवटा मालपोत र मोरङमा रहेका तीनवटा मालपोत कार्यालयको कारोबार तथ्यांक जोड्ने हो यिनै जिल्ला अगाडि आउँछन् । सबैभन्दा अग्रस्थानमा काठमाडौं आउँछ । 

मंसिरमा काठमाडौंका ६ वटा मालपोतबाट कुल १९ सय आठ घरजग्गा किनबेच भएका छन् । यस्तै, सुनसरी जिल्लामा कुल १६ सय १८ र मोरङ जिल्लामा कुल १८ सय २० घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

अघिल्लो महिना सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने धनुषाको जनकपुर मालपोत कार्यालयको मंसिरको तथ्यांक शून्य छ । झापाका भद्रपुर र दमक मालपोतबाट १२ सय ७१ घरजग्गा किनबे भएका छन् । 

मंसिरमा चितवन जिल्लामा रहेका चारवटा मालपोत कार्यालयबाट १२ सय ७२ घरजग्गा किनबेच भएका छन् । रुपन्देहीका बुटवल र भैरहवा मालपोतबाट १३ सय ३४ घरजग्गा किनबेच भएको देखिन्छ । दाङ जिल्लाका तीनवटा मालपोतबाट १६ सय ६१ घरजग्गा किनबेच भएका छन् । धनगढीका दुईवटा मालपोतबाट एक हजार ७६ घरजग्गा किनबेच भएका छन् ।

सुनसरी, मोरङ, झापा, धनुषा, बाँके, धनगढी लगायत जिल्लामा रहेका मालपोत कार्यालय लामो समयदेखि धेरै घरजग्गाको लिखत पारित गराउनेमा अग्रस्थानमा रहँदै आएका छन् । घरजग्गाका परम्परागत हटस्पट मानिनले काठमाडौं उपत्यका, पोखरा, रुपन्देही, चितवन पछाडि पर्न थालेका छन् ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?