के तपाइँलाई थाहा छ ? घरजग्गा व्यवसायमा विदेशी लगानी गर्न पाइँदैन नि !

367B408218B985F-icon.png
1346views
864C7C7203E5A48-Kathmandu-valley.jpg

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) भित्र्याएर रोजगारी वृद्धिसँगै आर्थिक समृद्धि हासिल गर्ने जहिल्यै बहस चलिरहन्छ । 

सरकारले विदेशी लगानीकर्ताहरु आकर्षित गर्ने गरी दर्जनौं क्षेत्रमा विदेशी लगानी खुला गरेको छ । तर, कतिपय यस्ता क्षेत्रहरु पनि छन्, जहाज विदेशी लगानी गर्न पाइँदैन । अर्थात्, ती क्षेत्रमा विदेशी लगानी खुला गरिएको छैन ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (२) सँग सम्बन्धित अनुसूचीमा विदेशी लगानी गर्न नपाइने क्षेत्रहरु उल्लेख गरिएको छ ।

घरजग्गा खरिद बिक्री व्यवसायमा पनि विदेशी लगानी गर्न पाइँदैन । तर, निर्माण उद्योगमा भने विदेशी लगानी खुला गरिएको छ ।

नेपालमा स्वदेशी लगानीकर्ताले मात्र घरजग्गा व्यवसाय गर्न पाउँछन् । विदेशी नागरिकले नेपालमा आफ्नो नाममा घरजग्गा खरिद गरेर बस्न पनि नपाउने व्यवस्था छ ।

तर, सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत एक सयभन्दा बढी युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकले खरिद गर्न पाउने नीति अंगिकार गरेको छ । अझै प्रभावकारी कार्यान्वयनका लागि कानूनी व्यवस्था भने भइसकेको छैन । 

नेपालमा लामो समयदेखि विभिन्न पेशा व्यवसाय सञ्‍चालन गरी बसिरहेका विदेशीहरु तथा नेपालमा अपार्टमेण्ट खरिद गरी बस्‍न चाहने विदेशीहरुलाई अपार्टमेन्ट बिक्री गर्दा ठूलो परिमाणमा विदेशी मुद्रा भित्रिन गई वैदेशिक व्यापार घाटा कम गर्ने कार्यमा महत्वपूर्ण योगदान पुग्‍ने भन्दै नेपाल जग्गा तथा आवास विकास महासंघले भूमि व्यवस्था मन्त्री र शहरी विकास मन्त्रीलाई भेटेर विदेशीले नेपालमा अर्पाटमेन्ट खरिद गर्न पाउने व्यवस्थालाई  प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ । 

विदेशी लगानी खुला नगरिएका क्षेत्रहरु कुन-कुन हुन् ?

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (२) सँग सम्बन्धित अनुसूचीमा उल्लिखित देहायबमोजिमका उद्योग वा व्यवसायहरुमा विदेशी लगानी खुला गरिएको छैनः

• पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्धव्यवसाय र कृषिका प्राथमिक उत्पादनका अन्य क्षेत्र

• लघु तथा घरेलु उद्यम

• व्यक्तिगत सेवा व्यवसाय (जस्तैः कपाल काट्ने, सिलाई, ड्राइभिङ्ग आदि)

• हातहतियार, खरखजाना, गोलीगठ्ठा, बारुद वा बिस्फोटक पदार्थ तथा न्यूक्लियर बायोलोजिकल तथा केमिकल (एन.बि.सी.) उत्पादन गर्ने उद्योग, आणविक शक्ति (एटोमिक इनर्जी), विकिरणजन्य सामग्री (रेडियोएक्टिभ म्याटेरियल्स) उत्पादन गर्ने उद्योग

• घरजग्गा खरीद बिक्री व्यवसाय (निर्माण उद्योग बाहेक), खुद्रा व्यापार, आन्तरिक कुरियर सेवा, स्थानीय क्याटरिङ्ग सेवा, मनिचेञ्‍चर, रेमिटेन्स सेवा

• पर्यटनमा संलग्न ट्राभल एजेन्सी, पथ प्रदर्शक, ट्रेकिङ्ग तथा पर्वतारोहण पथ प्रदर्शक, होमस्टे लगायतका ग्रामिण पर्यटन

• आमसञ्‍चारका माध्यमहरु (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार) को व्यवसाय, राष्ट्र भाषाको चलचित्र व्यवसाय

• व्यवस्थापन, लेखा, इन्जिनियरिङ, कानूनी परामर्श सेवा र भाषा तालिम, संगीत तालिम, कम्प्यूटर तालिम

• एकाउन्न प्रतिशतभन्दा बढी विदेशी लगानी हुने परामर्श सेवाहरु

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?