फागुनमा घरजग्गा किनबेच घटे पनि जग्गाको कित्ताकाट बढ्यो

कार्तिकयता जग्गाको कित्ताकाट निरन्तर बढिरहेको देखिन्छ । सरकारले कित्ताकाटमा कडाई गरेपछि साउनमा अत्यन्तै कम १५ हजार ३०५ जग्गा कित्ताकाट भएको थियो । 

367B408218B985F-icon.png
1213views
59C4BB77D05CA8E-Plotting-ktm.jpg

काठमाडौं । फागुन महिनामा घरजग्गा किनबेच र राजश्‍व संकलन खुम्चिए पनि जग्गाको कित्ताकाट भने बढेको छ । स्थानीय तहहरुले धमाधम जग्गाको वर्गीकरण टुंग्याउन थालेपछि कित्ताकाट पनि बढ्न थालेको हो ।

फागुनमा देशभरी २७ हजार ३१ कित्ता जग्गा कित्ताकाट भई ६० हजार ३६१ कित्ता भएको छ । माघमा ५४ हजार ४७८ कित्ताकाट भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

कार्तिकयता जग्गाको कित्ताकाट निरन्तर बढिरहेको देखिन्छ । सरकारले कित्ताकाटमा कडाई गरेपछि साउनमा अत्यन्तै कम १५ हजार ३०५ जग्गा कित्ताकाट भएको थियो । 

भदौमा कित्ताकाट सामान्य बढेर २१ हजार ८७७ पुगेकोमा अशोजमा पुनः घटेर १९ हजार १७८ मा खुम्चिएको देखिन्छ । कित्ताकाट क्रमशः फुकुवा हुन थालेसँगै कार्तिकपछि देशभरी कित्ताकाट लयमा फर्किन थालेको शंकेत देखिएको छ ।

कार्तिकमा २२ हजार ५६५ कित्ताकाट भएकोमा मंसिरमा ३० हजार ७२८, पुसमा ४९ हजार ४७४, ५४ हजार ४७८ र फागुनमा ६० हजार ३६१ कित्ताकाट भएको विभागले जनाएको छ । 

भूमि व्यवस्था मन्त्रालयले भूउपयोग नियमावाली २०७९ जारी गरी कम्तिमा कृषि र गैरकृषि भनेर वर्गीकरण नगरेको जग्गा कित्ताकाट नगर्न निर्देशन दिएको थियो । २३ मंसिरभित्र सबै स्थानीय तहले कृषि र गैरकृषि भूमि वर्गीकरण गरिसक्नुपर्ने भएपनि अहिलेसम्म धेरै स्थानीय तहले वर्गीकरण गर्न सकेका छैनन् ।

तर, क्रमशः जग्गाको वर्गीकरण भइ कित्ताकाट खुलेपछि देशभरी कित्ताकाट बढ्न थालेको तथ्यांकले देखाउँछ । काठमाडौंका २१ वटै स्थानीय तहले जग्गाको वर्गीकरण टुंग्याइसकेको मालपोत कार्यालयलाई जानकारी गराएका छन् ।

वर्गीकरण टुंगिएको क्षेत्रहरुमा कित्ताकाट पनि सुरु भइसकेको छ, जसले गर्दा पछिल्ला महिनामा कित्ताकाटले रफ्तार लिइरहेको हो । 

यस वर्ष कित्ताकाट क्रमशः बढ्दै गइरहे पनि अघिल्ला वर्षको तुलनामा भने आधाभन्दा पनि कम हो ।

काठमाडौं उपत्यकामा साढे ८ हजार कित्ताकाट

घरजग्गा कारोबारको सबैभन्दा ठूलो केन्द्र काठमाडौं उपत्यकामा फागुन महिनामा ३ हजार ६४० जग्गा कित्ताकाट भई ८ हजार ५ सय ४४ कित्ता पुगेका छन् । फागुनमा ललितपुरमा २४ सय ६४, भक्तपुरमा २८ सय ४७, डिल्लीबजार मालपोतबाट १६३, चावाहिल मालपोतबाट ६१८, कलंकी मालपोतबाट १४ सय ३४, साँख मालपोतबाट ८०२, मनमैंजु मालपोतबाट १७३ र टोखा मालपोतबाट ४३ जग्गा कित्ताकाट भएका छन् ।

कार्तिकपछि निरन्तरण बढिरहेको घरजग्गा कारोबारमा फागुन महिनामा ब्रेक लागेको छ । माघमा ४१ हजारभन्दा बढी घरजग्गाको लिखत पारित भएकोमा फागुनमा ४० हजार ७३४ मात्रै घरजग्गाको लिखत पारित भएको छ ।

घरजग्गा किनबेच सुस्ताएपछि राजश्‍व संकलन पनि घटेको छ । फागुन महिनामा देशभरीका १२६ मालपोतबाट विभिन्‍न शिर्षकमा तीन अर्ब ५६ करोड ८० लाख रुपैयाँ राजश्‍व संकलन भएको छ । जबकी, माघमा देशभरीबाट तीन अर्ब ७७ करोड रुपैयाँ राजश्‍व संकलन भएको थियो ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?