नेपालमा साढे ७५ लाख घरमध्ये पौने पाँच लाख खाली ! किन खाली हुँदैछन् ?

कतिपय गाउँमा बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवा-सुविधा नहुनु रहेको छ । हुने खानेहरु शहरतिर पस्न थालेका छन् भने अरु गाउँमै विकास भइरहेका बजारतिर बस्न थालेका छन् ।

367B408218B985F-icon.png
1183views
B7A993722987471-226EB566D28EBE6-dandakharka-gaun.jpg

काठमाडौं । आधुनिक सेवा सुविधाहरु खोज्दै शहर–बजारतिर बसाई सराइँका कारण गाउँघरमा घर खाली हुने क्रम बढेको छ । 

नेपालमा रहेको कुल घर–भवनलगायत संरचनामध्ये ६.३ प्रतिशत घर खाली रहेको राष्ट्रिय जनगणना, २०७८ को नतिजाले देखाएको छ । 

०७८ मंसिरसम्म देशभर कुल ७५ हजार ५२ लाख ६६ घर–भवन संरचना रहेका छन्, जसमध्ये चार लाख ७२ हजार ५१६ घरहरु खाली रहेका हुन् । 

राष्ट्रिय जनगणनाअनुसार कुल संरचनामध्ये आवासको लागि प्रयोग भइरहेका घर ७१.७ प्रतिशत, गोठ–धन्सार–मतान १०.१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (भान्सा घर आदि) ५.९ प्रतिशत, व्यापार ३.१ प्रतिशत, शैक्षिक १.१ प्रतिशत, उद्योग-कलकारखाना ०.४ प्रतिशत, संस्थागत तथा सरकारी ०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन् ।

देशभर बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७  रहेको राष्ट्रिज जनगणनाको नतिजाले देखाएको छ । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन् ।

एउटा परिवारमा अक्सर बसोबास गर्ने सदस्य औषतमा ४.३७ जना रहेको छ । भौगोलिक क्षेत्रअनुसार २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य बसोबास गर्छन् । 

औसत परिवार सदस्य संख्या मधेश प्रदेशमा सबैभन्दा बढी (५.२९ जना) र गण्डकी प्रदेशमा सबैभन्दा कम (३.७२ जना) रहेको जनगणनाले देखाएको छ । दोलखा र गोरखामा परिवारको सबैभन्दा सानो आकार (प्रतिपरिवार औषत ३.४९ जना) रहेका छन् । कपिलवस्तु, पर्सा, बारा र रौतहटमा प्रतिपरिवार औसत सदस्य ५.९४ सम्म रहेका छन् । 

गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अंग्रेजी माध्यमको पठनपाठन, स्तरोन्‍नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको देखाउँछ । 

तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे बस्‍न छाडेका छन् । हरेकजस्तो घरका ढोकामा लगाइएका ताल्चा र भग्‍नावशेष रहेका घरहरुले अत्यास लाग्दो अवस्था जनाउँछ ।

कतिपय गाउँमा बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवा-सुविधा नहुनु रहेको छ । हुने खानेहरु शहरतिर पस्‍न थालेका छन् भने अरु गाउँमै विकास भइरहेका बजारतिर बस्न थालेका छन् ।

गाउँमा युवा भेट्टाउनै मुस्किल पर्न थालेको छ । गाउँका घरहरु जीर्ण बन्दै गएका छन् ।

 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?